बिर्तामोड / आज देशभर थप  ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ५९८ पीसीआर र २ हजार ६२१ जनाको एन्टीजेन परीक्षणका क्रममा ८६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ९६ हजार ६१८ पुगेको छ। कुल संक्रमितमध्ये १७ हजार ६४२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ हजार १२३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ।

OM Sai Pathibhara Hospital

उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ। 

हाल १६ हजार ३७१ जना होम आइसोलेसन र १ हजार २७१ जना संस्थागत आइसोलेसनमा छन्। २३९ जना क्वारेन्टाइन, ३५० जना आइसीयू र ११२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।