विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

८५५ जनाको पीसीआर परीक्षण गर्दा १४८ र १८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६, सुनसरीमा २०, इलाममा ५, उदयपुरमा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६५ महिला र १५५ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।