बिर्तामोड / आज देशभर थप ६७९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ९२० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ७  हजार ७० जनाको पिअिसार परीक्षण गर्दा ५७४ र तीन हजार ८५० जनाको एन्टीजेन परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

आज देशभर एक हजार ४०५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार २७० संक्रमित छन् भने  ३३७ जना आइसियुमा र १०४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २५२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २६ हजार ४१९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।