स्वास्थ्य

    Showing 1,271-1,280 of 2,445 items.
  • चिकित्सकहरूको पारिश्रमिक नदिएको भन्दै अस्पताल बन्द

    झापा / विराटनगरमा रहेको सञ्जीवनी  हस्पिटल एण्ड आइ भि एफ सेन्टर प्रालिमा चिकित्सकहरूको पारिश्रमिक नदिए पछि एक साता  हस्पिटल बन्द गरिएको छ । सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई काम नगर्न चिकित्सक संघले आग्रह गरेको छ ।  हस्पिटलमा कार्यरत पाँच जना डाक्टरले तीन वर्षदेखि तलब पाएका छैनन् भने ९ जना चिकित्सक र स्वास्थ्यकर्मीहरूले गत भदौदेखि तलब नपाएको गुनासो गरेका छन् । एक जना चिकित्सकले १० लाखदेखि ७० लाख रुपैयाँसम्म सञ्जीवनी हस्पिटलबाट पारिश्रमिक पाउनुपर्ने छ । हस्पिटलले चिकित्सकको मात्र २ करोड रुपैयाँ तलब दिन बाँकी रहेको चिकित्सकहरूको भनाइ छ ।चार जना चिकित्सकसहित १२ जनाक

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 208 पटक पढिएको
  • भारतमा कोरोनाका दैनिक नयाँ संक्रमित एक लाख बढि

     एजेन्सी / भारतमा एकैदिन एक लाख भन्दा बढि मानिसमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख १७ हजार १ सयमा कोभिड १९ संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यसअघि बिहीबार ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए। भारतको महाराष्ट्रमा ३६ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। पश्चिम बंगाल र दिल्लीमा पनि नयाँ सङ्क्रमितको संख्या १५ हजारभन्दा धेरै रहेको छ। भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ३०२ जनाको मृत्यु भएको छ। भारतमा पछिल्लो एक साताभित्र कोरोना सङ्क्रमणले भयावह रूप लिएको हो। अत्यधिक मात्रामा कोरोनाका संक्रमित फ

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 128 पटक पढिएको
  • भारतमा सक्रिय कोरोना सङ्क्रमितको संख्या दुई लाख नाघ्यो

    एजेन्सी / भारतमा कोरोना संक्रमित तीब्र रूपमा बढिरहेको छ। पछिल्लो ८१ दिनपछि पुनः भारतमा सक्रिय संक्रमित संख्या २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ नयाँ संक्रमित थपिएका छन्। महाराष्ट्र, पश्चिम बंगाल र नयाँ दिल्लीमा कोरोना सङ्क्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा महाराष्ट्रमा २६ हजार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ८ जनाको ज्यान गएको छ।मुम्बईमा  मात्र १५ हजार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १२१८ जनालाई अस्पताल भर्ना गर्नुपरेको छ भने ८० जनालाई अक्सिजन आवश्यक परेको मुम्बई राज्य सरक

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 160 पटक पढिएको
  • अत्यधिक चिसो र शीतलहरका कारण एक वृद्धाको मृत्यु

    झापा / अत्यधिक चिसो र शीतलहरका कारण सिराहामा बुधबार साँझ एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका –१ निवासी ६५ वर्षीया पल्टी सदाको रहेकी छिन ।घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर –१ का वडाध्यक्ष राजाराम कामतीले बताए ।अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।चिसोका कारण निमोनिया, कोल्डडायरीया , दम, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्याका  बिरामी बढ्न थालेका छन् ।ग्रामीण क्षेत्रका वि

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 251 पटक पढिएको
  • चिसो बढेसँगै तराइका अस्पतालमा बिरामी वृद्धि

    रूपन्देही / तराइमा शीतलहर र चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या वृद्धि हुन थालेको छ । भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामीहरू बढ्न थालेका छन् । चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा. मनोहर जोशीले बताएका हुन् । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकी लगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ रहेको छ ।रूपन्देहीका विभिन्न स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ । चिसोका कारण सब

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 160 पटक पढिएको
  • अत्याधिक चिसोका कारण दुई जनाको मृत्यु

    झापा  / अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएका अवस्थामा चिसो र शीतलहरकै कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका –५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका –४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् ।यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिएका छन ।यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताइन । 

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 177 पटक पढिएको
  • आजदेखि कोरोना विरुद्ध बुस्टर डोज

    बिर्तामोड / नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरूलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो ।राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ । मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोध क्षमता कम भएका, क्यान्सर पीडित, अंग प्रत्यारोपण गरेका, एचआइभी पीडित लगायतलाई बुस्टर खोप लगाइने छ ।यस्तै, चिनियाँ खोप भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरूलाई पनि बुस्टर खोप लगाइने छ । लक्षित व्यक्तिहरूले पहिले खोप लगाएको कार्डसहित नजिकैको स्वास

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 200 पटक पढिएको
  • दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना

    एजेन्सी / भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमा कोरोना संक्रमण देखिएको छ । उनले मंगलबार आफैं ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् । अहिले केजरीवाल घरमै आइसोलेसन बसेका छन् ।केजरीवालले ट्वीट गर्दै भनेका छन्, ‘मलाई कोरोना संक्रमण भएको छ, लक्षणहरू हल्का छन् । मैले अहिले घरमै आइसोलेसन गरेको छु । पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आएका सबैले आफूलाई आइसोलेसनमा राखेर कोरोना परीक्षण गराउनुहोस् ।’देशमा कोरोना सङ्क्रमितको संख्या लगातार बढिरहेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४०९९ नयाँ मामिलाहरू रिपोर्ट गरिएको छ र संक्रमण दर ६.४६ प्रतिशत पुगेको छ ।

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 195 पटक पढिएको
  • आर्या न्युरोमा बिरामीले पाए नयाँ जीवन

    झापा । पछिल्लो समय बिरामीका आफन्तहरूले अस्पताल र चिकित्सकहरूको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाउने गरेको जनगुनासो आउने गरेको छ ।तर, यस्तो पनि अस्पताल छ, जहाँ बिरामीका आफन्तले माया मरिसकेकोलाई पुनः जीवन दिएका छन् । पछिल्लो एक महिना दिनको अन्तरमा विराटनगर – ३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालले दुईजना बिरामीको जटिल प्रकारको सफल उपचार गरेर जीवन बचाउन सफल भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका – ९ का ६० वर्षिय तेज नारयण चौधरीको टाउकोको ‘लक्ड – इन – सिनड्रम’ अर्थात स्वाचालित मांसपेशीको पूर्ण पक्षघात भएको जटिल प्रकारको सफल उपचार गरेर विरामीले नयाँ जीवन पाएका हुन् ।  प्रेस

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 183 पटक पढिएको
  • कोरोना अपडेट : आज देशभर थप ३२६ जनामा संक्रमण पुष्टि

    झापा / आज देशभर थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार सात सयको  पीसीआर र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २९ हजार २७७ जना पुगेको छ। कुल संक्रमित मध्ये ५ हजार ५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ। उक्त अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ।

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 221 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.