झापा  / अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएका अवस्थामा चिसो र शीतलहरकै कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका –५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका –४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् ।

OM Sai Pathibhara Hospital

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिएका छन ।

यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताइन ।