बिर्तामोड / नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरूलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो ।
राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ । मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोध क्षमता कम भएका, क्यान्सर पीडित, अंग प्रत्यारोपण गरेका, एचआइभी पीडित लगायतलाई बुस्टर खोप लगाइने छ ।
यस्तै, चिनियाँ खोप भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरूलाई पनि बुस्टर खोप लगाइने छ । लक्षित व्यक्तिहरूले पहिले खोप लगाएको कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन सक्ने पनि मन्त्रालयले जनाएको छ ।