झापा / अत्यधिक चिसो र शीतलहरका कारण सिराहामा बुधबार साँझ एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका –१ निवासी ६५ वर्षीया पल्टी सदाको रहेकी छिन ।

OM Sai Pathibhara Hospital

घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर –१ का वडाध्यक्ष राजाराम कामतीले बताए ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।


चिसोका कारण निमोनिया, कोल्डडायरीया , दम, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्याका  बिरामी बढ्न थालेका छन् ।

ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।