एजेन्सी / भारतमा एकैदिन एक लाख भन्दा बढि मानिसमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख १७ हजार १ सयमा कोभिड १९ संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो । 

यसअघि बिहीबार ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए। भारतको महाराष्ट्रमा ३६ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। पश्चिम बंगाल र दिल्लीमा पनि नयाँ सङ्क्रमितको संख्या १५ हजारभन्दा धेरै रहेको छ। 

OM Sai Pathibhara Hospital

भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ३०२ जनाको मृत्यु भएको छ। भारतमा पछिल्लो एक साताभित्र कोरोना सङ्क्रमणले भयावह रूप लिएको हो। 

अत्यधिक मात्रामा कोरोनाका संक्रमित फैलिएसँगै त्यसको नकारात्मक असर स्वास्थ्य प्रणालीमा नै देखिन सक्ने डब्लूएचओले बताएको छ।