झापा / आज देशभर थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ९ हजार सात सयको  पीसीआर र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २९ हजार २७७ जना पुगेको छ। कुल संक्रमित मध्ये ५ हजार ५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ। 

उक्त अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ।