समाज

    Showing 981-990 of 6,643 items.
  • बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘११औँ नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा नेपाल फर्निचर एक्स्पो २०२५’ आज देखि सुरु

    काठमाडौं— मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘११औँ नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा नेपाल फर्निचर एक्स्पो २०२५’ आज देखि सुरु भएको छ ।काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको उक्त प्रदर्शनी पौष ६ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूसँग सम्बन्धित स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टलहरू रहेका छन् ।फर्निचर, प्लाइउड तथा काठ औजार उत्पादक

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 413 पटक पढिएको
  • एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरीबृत्तलाई १० थान ‘ब्यारिकेड’ हस्तान्तरण गरेको छ ।संघका अध्यक्ष डा.बद्री केसीले शुक्रवार दरबारमार्गमा आयोजित एक कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन् ।गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी वृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा अध्यक्ष डा।केसीले आन्दोलनका क्रममा भएको क्षतिलाई पूर्ण रूपमा पूर्ति गर्न नसके पनि केही हदसम्म सहयोग होस् भन्ने हेतुले ‘ब्यारिकेड’ प्रदान गरिएको उल्लेख गरे ।उनले भने, ‘भदौ २३ र २४ गतेको जुन अकल्पनीय घटना थियो । त्यो घटनापछि दे

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 364 पटक पढिएको
  • ई–सिगरेट चुरोटजत्तिकै हानिकारक, क्यान्सर हुने जोखिमः यस्तो छ यसको खतरनाक स्वास्थ्य असर

    काठमाडौं—  पछिल्लो समय नेपालमा अधिकांश युवा पुस्ताले भेप अर्थात ई–सिगरेट अत्यधिक रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । भेपलाई चुरोटको विकल्पका रूपमा लिनका साथै सोख र फेसनका रूपमा पनि पिउँने गरेका छन् । तर धेरैजसो भेप पनि चुरोटजत्तिकै हानिकारक हुन्छ भन्ने विषयमा अनविज्ञ रहेको पाइएको छ ।क्यान्सर विशेषज्ञ समीम अख्तरका अुनसार भेपले पनि हाम्रो स्वास्थ्यलाई चुरोटले जति नै असर गर्ने गर्दछ । उनले भेपले फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल रहेको बताए ।उनले भने, ‘हामीले जुन हिसाबले भनिरहेका छौँ, यसले हानी गर्दैन अथवा चुरोटभन्दा कम हानी गर्छ । यो सब गलत चिज हो । भेपले तपाईको फोक

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 371 पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका हुन् ।१३ औं किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदै छ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिष्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 385 पटक पढिएको
  • पोखरामा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

    कास्की— पोखरामा एक वृद्धाको हत्या गरेको आरोपमा उनका नाति पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बेगनास गाउँकी ७२ वर्षीया दालकुमारी परियारको कुटपिटबाट मृत्यु भएको घटनामा उनका २१ वर्षीय नाति आशिष परियारलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।प्रहरीका अनुसार आशिषले कुटपिट गर्दा घटनास्थलमै दालकुमारीको मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि सीआरभी अमरसिंहबाट खटिएको प्रहरी टोलीले उनलाई पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोकबाट पक्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 381 पटक पढिएको
  • काठमाडौं महानगरको अन्तिम लेखापरीक्षण सुरु

    काठमाडौं— काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षण सुरु भएको छ । महालेखापरीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरेको नेतृत्वमा खटिएको टोलीले लेखापरीक्षण सुरु गरेको हो ।लेखापरीक्षण अघि भएको बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले विवरण, आधार, प्रमाण तथा कारण समयमै उपलब्ध नगराउँदा बेरुजु बढ्ने जोखिम रहने उल्लेख गर्दै सबै विभागीय प्रमुखलाई स्पष्ट जानकारी र आवश्यक कागजात तत्काल उपलब्ध गराउन निर्देशन दिएको थियो ।त्यस्तै प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले महानगरपालिकाको संगठन संरचना, दरबन्दी, सेवा विस्तारसँग सम्बन्धित जनशक्ति व्यवस्थापन, जारी

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 371 पटक पढिएको
  • निर्धारित मितिमै चुनाव हुनुपर्छः शेखर कोइराला

    काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।“संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो”-कोइरालाले भने-“हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।”सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई थियो । “दलका केही नेतालाई काठमाडौ बाहिर जान दिईएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरु बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ? कोइरालाले प्रश्न गरे ।आफ्नो निर्वाचन क्षेत्र मोरङ- ६ अन्तर

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 372 पटक पढिएको
  • केकी अधिकारीले ‘झिंगेदाउ २’को सेटमै सप्राइज केक काट्दै मनाइन् जन्मदिन

    काठमाडौं— अभिनेत्री केकी अधिकारीले बिहीबार ‘झिंगेदाउ २’को छायांकन सेटमै आफ्नो जन्मदिन मनाएकी छन्। यस वर्षको जन्मदिन ‘झिंगेदाउ २’को टिमले छायांकन सेटमै सप्राइजको रूपमा मनाएको हो।ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ २’को छायांकन हाल काभ्रेको पनौती क्षेत्रमा भइरहेको छ, जसमा केकी शीर्ष भूमिकामा छिन्।सेटमा कलाकार महेश त्रिपाठी र आँचल शर्माले केकीको आँखा छोपेर सप्राइज केक काटेका थिए। जन्मदिनको अवसरमा चलचित्र पत्रकारहरूको पनि उपस्थिती रहेको थियो।केकीले आफ्नै होमप्रोडक्सनमा निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ सुपरहिट भएपछि सन् २०२६ भित्रै अर्को चलचित्रको तयारी गरिरहेकी छिन्। पछिल्लो समय प्रदर्श

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 397 पटक पढिएको
  • विमान नउडेपछि काठमाडौं एयरपोर्टमा कुर्दै रवि लामिछाने

    भैरहवा— पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा आउने तयारीमा रहे पनि विमान उड्न नसक्दा काठमाडौंमै रोकिएका छन् ।थुनामुक्त प्रक्रिया पूरा गर्नका लागि उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेकाले उडान तथा अवतरण अवरुद्ध हुँदा उनी भैरहवा जान सकेका छैनन्।रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । आदेश ढिलो आएको र आवश्

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 383 पटक पढिएको
  • रुपन्देही अदालतबाटै रिहा हुनेछन् रवि

    काठमाडौं— रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाटै रिहा हुने भएका छन्।नक्खु कारागारले अदालतमा पत्र पठाइसकेको छ। अब त्यहाँ उच्च अदालतको आदेशअनुसारका सर्तमा कागज गराएर लामिछानेलाई रिहा गरिने अदालत स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।रुपन्देहीकै बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएको थियो।त्यसको कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 380 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा