काठमाडौं / एमालेका प्रमुख सचेतक एन बहादुर महरले बझाङमा चट्याङका कारण पशुधनमा ठूलो क्षति भएको बताएका छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले बझाङ जिल्लाको सुर्मा गाउँपालिका–२ मा असार २२ गते राति परेको चट्याङबाट रणबहादुर बोहोरा र लालचन्द्र बोहोराका करिब १०० वटा भेडा मरेको थप करिब ५० वटा घाइते भएको बताएका हुन् । उनले किसानलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।उनले भने, ‘मेरो गृह जिल्ला बझाङको सुर्म गाउपालिका वडा नम्वर २ मा २२ गते राति ठुलो चट्याङ परेर रण बहादुर बोहोरा र लाल चन्द्र बोहोराको करिब १०० ओटा भोडा मरे र ५० वटा जति घाइते भएका छन् ।’ उनले उक्त घटनाबाट
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता दिपकराज बोहराले महाकाली सिँचाइ आयोजनाको काम अघि बढाउन भारतसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बोहराले कञ्चनपुरमा रहेको महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भए पनि भारतसँगको कूटनीतिक पहल अभावमा महाकाली नदीको पानी प्रयोग हुन नसकेको बताए ।उनले भने, ‘महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना बनेको छ । जुन मेरो निर्वाचन क्षेत्र कञ्चनपुरमा पर्छ । यो आयोजना शारदा ब्यारेज हुँदै महाकाली नदीको पानी दुवै देशले प्रयोग गर्ने भनिएको छ । तर भारतसँग कूटनीतिक पहल नहुँदा यहाँ प
काठमाडौं / नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले नेपालको इतिहासमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा ठूलो संख्यामा नागरिकले ज्यान गुमाएको उल्लेख गर्दै अहिले सडक दुर्घटनाका कारण त्यसभन्दा बढी नागरिकको मृत्यु भएको बताए । उनले भने, ‘नेपालको इतिहासमा सबै भन्दा धेरै नागरिकको ज्यान गएको समय १० वषिय सशस्त्र आदोन्दको समय थियो । त्यो भन्दा धेरै नागरीको ज्यान सडक दुर्घटनामा गएको छ । धेरै सडक दुर्घटना हुने सडक मध्य कर्णाली राज मार्ग एक हो ।’ उनले दे
काठमाडौं / नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले उखु किसानलाई सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् ।बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहले बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरस्थित राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्रालिले किसानबाट खरिद गरेको उखुको रकम भुक्तानी गरिसकेको भए पनि सरकारले दिने अनुदान रकम अझै उपलब्ध नगराएको बताए ।उनले भने, ‘बर्दियाको राजापुर नगरपालिका वडा–५ बदालपुरमा २०८० साल भदौ २५ गते उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंमा दर्ता भएको राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्राइभेट लिमिटेडले २०८२ साल पुस २२ गतेदेखि चैत १
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दलित समुदायको हकअधिकार संरक्षण, बालअधिकार, सुकुमबासी समस्या, संक्रमणकालीन न्याय तथा मानव अधिकार प्रवद्र्धनका विषयमा आयोगले सम्बन्धित निकायसँग सहकार्य गर्दै काम गरिरहेको बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकारको वर्तमान अवस्था, समस्या तथा प्रवद्र्धनमा आयोगको भूमिकाबारे छलफलका क्रममा अध्यक्ष मगरले आयोग दलित समुदायका अधिकारप्रति संवेदनशील रहेको बताए ।उनले भने, ‘ दलित समुदायका हकअधिकार संरक्षणमा राष्ट्रिय मानव अधिकार आयोग सधैं संवेदनशील छ । दलितसँग सम्बन्धित उजुरी आएमा आवश्यक अनुसन्धान र
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले लोकतन्त्रमा नियम सबैले समान रूपमा पालना गर्नुपर्ने बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियम पालना गर्ने विषयमा विभेद भए लोकतन्त्र अराजकतामा जाने चेतावनी दिए। उनले सदन पनि बिस्तारै अराजकतातर्फ उन्मुख हुन थालेको महसुस भएको बताए। सभामुखले संविधान र नियमावलीअनुसार प्रधानमन्त्री, मन्त्री तथा सरकारी पदाधिकारीहरूलाई नियमित रूपमा संसद्मा उपस्थित गराउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।उनले भने,‘लोकतन्त्रमा नियम मान्नुपर्छ। एक थरीले मात्रै नियम मान्ने र अर्को थरीले नमान्ने अवस्था आयो भने त्यसले अराजकता निम्त्
काठमाडौं / नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले संसद्मा उठेका विषयमा जवाफ दिनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा व्यक्त गरेको धारणा प्रति प्रतिपक्षी दलहरूले असहमति जनाउँदै आएको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई संसद्मा बोलाएर जवाफ दिन माग गरे।‘यो सदन जनताले पठाएका प्रतिनिधिहरूको हो। नियमावलीमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री आएर जवाफ दिनुपर्ने हुन्छ,’ उनले भने। सांसद राईले गाउँघरमा देखिएका समस्या
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ः३० बजे बस्दैछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ निष्कासन गर्ने भएको छ ।बैंकको मौद्रिक व्यवस्थापन विभागले १ वर्ष अवधिको लागि उक्त ऋणपत्र बोलकबोल मार्फत जारी गर्न लागेको हो ।बैंकद्वारा प्रकाशित सूचना अनुसार, यस ऋणपत्रको बोलकबोल असार २४ गते मध्याह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।सहभागी हुन चाहने संस्थाहरुले न्यूनतम ५ करोड र अधिकतम ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब
काठमाडौं । पूर्वाधार विकास समितिका सचिव उदयकुमार भण्डारीले देशमा पानीको अभावभन्दा व्यवस्थापनको कमजोरीका कारण नागरिकले खानेपानीको समस्या भोग्नुपरेको बताएका छन् ।आज बसेको समितिको बैठकमा बोल्दै सचिव भण्डारीले खानेपानी आयोजनाहरू वर्षौंसम्म अधुरै रहने गरेका कारण जनताले समयमै सेवा नपाएको बताए । उनले आफ्नै गाउँको उदाहरण प्रस्तुत गर्दै पाँचवटै वडामा खानेपानी आयोजना सञ्चालनमा रहेपनि अधिकांश योजना अधुरै रहेको बताए । उनले १० वर्षअघि खानेपानी योजना आउने आशामा स्थानीय जनता उत्साहित भए पनि दशक बितिसक्दा पनि खानेपानी नपाएको बताए । उनले भने, ‘हाम्रो देशमा पानीको कमी छैन व्यवस्थाको कमी छ । आफ्ना गाउँमा पा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.