काठमाडौं— संघीय संसदअन्तर्गतका चार समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।यस्तै, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्नेछ ।अर्थ समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट भएका मुख्य–मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगतिको अवस्थाबारे छलफल हुने कार्यसूची रहे
काठमाडौं— स्वतन्त्र चालक फाउण्डेशनले पाथाओ राइडर गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। फाउण्डेशनले घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पीडित परिवार तथा वार्ता टोलीबीच भएको ९ बुँदे सहमतिलाई सकारात्मक रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ।फाउण्डेशनले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, उनको परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।घटनाको निष्पक्ष छानबिनका लागि गठन गरिने उच्चस्तरीय स्वतन्त्र छानबिन स
काठमाडौं— नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।नेपाली साहित्यका प्रथम कविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको भगवान् रामको जीवनमा आधारित महाकाव्य ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक उपहार दिएका थिए । उनले नेपाली भाषामा सरल र सहज शैलीमा प्रस्तुत गरेको रामायण आज पनि नेपाली जनजीवनमा उत्तिकै लोकप्रिय छ । नेपालीका घरघरमा धार्मिक तथा सांस्कृतिक अवसरमा रामायण सस्वर लय हालेर पाठ गर्ने परम्परा अझै कायम छ ।विसं १८७१ अ
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १० पैसा र बिक्रीदर २०४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ
काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको छ।जसको कारण कोशी गण्डकी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।यस्तै,कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
काठमाडौं / अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको ट्युमरको शल्यक्रिया गरिएको हो । हाल उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । गिरीका अनुसार चलचित्रको छायांकन सुटिङ चलिरहेका बेला निरौलालाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो ।त्यसपछि टोली केही समय अन्योलमा परेको र चिकित्सकको स
जनकपुर / मधेश प्रदेश सभामा बजेट पुनर्लेखन लगायतका मागहरु राख्दै विपक्षी दलहरुले निरन्तर अवरोध गरे पछि समस्या सामाधान गर्नका निम्ति सर्वदलीय कार्यदल गठन गरिएको छ ।आज बसेको बैठकमा सभामुख राम अशिष यादवले सर्वदलीय कार्यदल गठन गरिएको जानकारी गराएका छन् । सात जना सांसदहरु रहेको यस कार्यदलमा जसपा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, सांसद सन्जय कुमार यादव, सांसद बिमला अन्सारी, सांसद सरिता कुमारी ठाकुर र सांसद जंगीलाल राय रहेका छन्। कार्यदलले आफ्नो कार्यविधि आफै बनाउने सभामुखले जानकारी दिए । कार्यदलले आजकै दिनदेखि काम गर्ने जनाइएको छ भने भोली सोमबार विहान कार्
टोरन्टो / सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसले २५ वर्षीय गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको परिस्थितिबारे स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन गर्न नेपाल सरकारसँग माग गरेको छ।सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार दलित समुदायका युवा गणेश नेपालीको बिहीबार दिउँसो काठमाडौंस्थित एक सरकारी कार्यालय बाहिर आफ्नै शरीरमा आगो लगाएका कारण मृत्यु भएको थियो। उनी राहदानी बनाउन सम्बन्धित कार्यालय पुगेका बेला कार्यालय परिसरमा मोटरसाइकल निषेधित स्थानमा पार्क गरेको आरोपमा महानगरीय प्रहरीका कर्मचारीहरूले रु। १० हजार जरिवाना गरेपछि विवाद भएको बताइएको छ।सञ्चारमाध्यमका अनुसार उ
काठमाडौं / राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ ।प्रसाईँले झापाबाट काठमाडौं आएलगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए । तर विमानस्थलमा अवतरण गरेलगत्तै काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले आफ्नै सवारीसाधनमार्फत उनलाई भक्तपुरस्थित निवास पु¥याएर
काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि सबै निकायसँग समन्वय गरेर तयारी अघि बढाएको जनाएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले आइतबार प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मनसुन अवधिमा हुन सक्ने विपद् व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय गरी तयारीको अवस्था अद्यावधिक गरिएको जानकारी दिए ।उनका अनुसार असार ४ गते मन्त्रीको संयोजकत्वमा बसेको बैठकले दिएको निर्देशनअनुसार प्राधिकरणले सम्बन्धित सबै निकायसँग समन्वय गर्दै कामको प्रगति विवरण
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.