समाज

    Showing 821-830 of 4,858 items.
  • बालिका हत्याको आरोपमा एक जना पक्राउ

    बर्दिया— बर्दियामा बालिका हत्याको अरोपमा एक युवा पक्राउ परेका छन् । गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका वडा नं ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरेको हो ।पक्राउ परेका समिर तिरुवाले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्विकारेको र अरु थप अनुसन्धान गर्दा समेत प्रमाणहरू भेटिएको बताए ।उनका अनुसार आरोपी तिरुवा गेरुवा र राजापुरका विभिन्न सुन पसलम

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 347 पटक पढिएको
  • बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले गरे तालाबन्दी

    बाजुरा— बाजुराको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा तालाबन्दी गरिएको छ । बुधबार बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टीका युवाहरुले तालाबन्दी गरेका हुन् ।युवाहरुले यहाँका स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै तालाबन्दी गरेका छन्।कोल्टीमा विद्युत र खानेपानीको समस्या जटिल रहेको छ । गुणस्तरिय विद्युत सेवा नहुँदा यहाँका स्थानीय अँध्यारोमा बस्न बाध्य छन्। कहिलेकाहीँ कोल्टी बजार मैनबतीको साहारामा चलिरहेको हुन्छ । त्यस्तै गुणस्तरीय खानेपानी सेवा नहुँदा स्थानीयले समस्या भोग्द

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 398 पटक पढिएको
  • धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

    जनकपुर— धनुषाका एसपी नरहरी रेग्मीको राजिनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासीहरु धर्नामा बसेका छन् ।बुधबार जनकपुरधामको जनक चोकमा रुपेठाका स्थानीय हिन्दू समुदायका महिला तथा पुरुषहरु धर्नामा बसेका छन् । उनीहरुले धनुषाको एसपी राजिनामा दे, हिन्दूहरुलाई रिहा गर, हिन्दूहरुलाई फसाउन पाईदैन लगायत लेखिएको प्लेकार्ड हातमा बोकेर विरोध जनाएका छन् ।केही दिन अघि, दुर्गा भगवतीको मुर्ती विसर्जनको क्रममा रुपेठामा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो । सोही बेला मुस्लिम समुदायले मुर्ती विसर्जन गर्न गएकाहरु माथि सिसाको बोतल र ढुंगा मुढाले प्रहार गरेका थिए । सो पछि आक्रोसित

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 405 पटक पढिएको
  • बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने

    विराटनगर— कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ । त्यस्तै परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नको लागि सङ्घ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 419 पटक पढिएको
  • ४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

    काठमाडौं—  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दै २५५९.५९ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन् ।अघिल्लो कारोबार दिन मंगलवार ५८.५५ अंकले घटेको बजार २६०४.९६ विन्दुमा बन्द भएको थियो । यसदिन नेप्से घटेपनि कारोबार रकम भने बढेर ५ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । अघिल्लो दिन भने ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।मूल्य वृद्धिमा सांग्रिला डेभलपमेन्ट बैंकको डिबेञ्चर २०८७ (७.०९ प्रतिशत), एनआईएमबी डिबेञ्चर २०९० (६ प्रतिशत) र आत्मनिर्भर लघुवित्त (६ प्रतिशत) ले  अगाडि छन् ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 406 पटक पढिएको
  • बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते, कोल्टी अस्पतालमा उपचार हुँदै

    बाजुरा— बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बुधबार दिउँसो बाजुराको जगन्नाथ गाउँपालिका वडा.नम्बर १ गेडेखोलास्थित कर्णाली करिडोरमा दुर्घनामा परेको हो । ग्यारेजमा जिप मर्मत गरि सडकमा ल्याएर चेकजाँच गर्ने क्रममा जिप एक्कासी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देववहादुर चौतरीले बताए ।उनका अनुसार स्वामिकार्तिक खापरगाउँपालिका वडा नम्बर दुई बस्ने अन्दाजी २६ बर्षका दिल बहादुर बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२३२ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको बताएका छन्।जिप सडकबाट करिब ७५ मिटर तल खसेको हो । दुर्घटनामा परि दुई जना घ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 408 पटक पढिएको
  • जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

    काठमाडौं— चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन् ।उनले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका क्रममा सहीद भएका परिवारका एक–एक जना सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेका हुन् ।एक्समा उनले लेखेका छन,‘आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ । यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।’आन्दोलनका क्रममा कम्पनीका निजी निवास, कार्यालय, शोरूम र कार

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 399 पटक पढिएको
  • अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

    डोटी— जिल्लाको शिखर नगरपालिका–२ मा घाँस काट्न गएकी महिलाको अरिएक अरिङ्गालले टोकर मृत्यु भएको छ । मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । दुई साताअघि घाँस काट्न गएकी उनलाई अरिङ्गालले टाउको, घाँटी र हातमा टोकेपछि गम्भीर घाइते भएकी थिइन्।सुस्त मानसिक अवस्था भएकी पार्कीको चोटबारे परिवारलाई ढिला थाहा भएको बताइएको छ। असोज १८ गते मात्र आमा मुनुली विकले छोरीको अवस्था गम्भीर देखेपछि उनलाई उपचारका लागि राजपुरस्थित महाकाली मेडिकल लगेकी थिइन्। तर, रक्तअभावका कारण सोही दिन उनलाई जिल्ला अस्पताल डोटीमा भर्ना गरियो।पार्कीको शरीरमा अत्यधिक रगतको कमी हुनुका साथै मिर्गौलामा समस्

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 409 पटक पढिएको
  • कैलालीमा भान्साकोठाबाट पेस्तोलसहित एक युवक पक्राउ

    धनगढी— कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलारबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा २३ वर्षीय आकाश शाहीलाई मंगलबार नियन्त्रणमा लिएको हो। प्रहरीले शाहीको घरमा छापा मार्दा भान्साकोठाभित्र लुकाइ राखिएको टाइप–५४ नम्बर ५५०१०२३४ को चाईनिज पेस्तोल एक थान र सोहीको म्यागजिन एक थानसहित उनलाई इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका शाहीमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 458 पटक पढिएको
  • टेकु दोभानमा युवतीको शव फेला

    काठमाडौं—  काठमाडौं महानगरपालिका–१२ टेकुस्थित टेकु दोभानमा एक युवतीको शव फेला परेको छ ।काभ्रे स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।घटनाको प्रकृति र कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 415 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा