समाज

    Showing 71-80 of 11,160 items.
  • बाढीपछि कोरला नाकातर्फ १०८ कन्टेनर

    मुस्ताङ / रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ । रसुवामा गएको बाढीपछि मात्रै १०८ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ गएको सशस्त्र प्रहरी मुस्ताङका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार मुख्य उत्तरी नाकाहरू प्रभावित भएपछि चीनबाट सामान बोकेका कन्टेनरहरू काठमाडौं हुँदै चिनको लिची कोरला जाने क्रम बढेको हो । पछिल्लो समय कोरला नाकामा मालवाहक सवारीसाधनको चापसमेत बढ्दै गएको छ । बढ्दो व्यापारिक चापलाई ध्यानमा राख्दै सरकार तथा जनप्रतिनिधिले कोरला नाकाको सडक तथा पूर्व

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 139 पटक पढिएको
  • सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

    काठमाडौं । संसद्को कार्यसूची र आगामी गतिविधिबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सुरु भएको छ।बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समसामयिक विषय तथा संसद्को कार्यतालिकामाथि छलफल भइरहेको छ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 44 पटक पढिएको
  • भोटेकोशी बाढी: ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

    काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।प्राधिकरणले सार्वजनिक गरेको बिहान ९ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन् । चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फेला परे

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 146 पटक पढिएको
  • बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

    ताप्लेजुङ / पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । समितिले सोमबार रसुवा,भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख कोषमा जम्म गर्ने निर्णय गरेको हो । साथै समितिले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका आर्थिक सहायता सम्बन्धी कार्यविधि बनाई लागू गर्ने निर्णयसमेत गरेको जनाएको छ । त्यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 150 पटक पढिएको
  • बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग

    काठमाडौं / भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा अन्य जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल तथा त्यहाँ कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेका छन् । अस्पताल व्यवस्थापन तथा कर्मचारीहरूले संयुक्त रूपमा उक्त रकम उपलब्ध गराउँदै प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरेका हुन् । गत बुधबार आएको अकल्पनीय बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोका

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 147 पटक पढिएको
  • बाढीमा ज्यान गुमाएका भारतीयको शव पहिचानमा डीएनए मिलान गरिने

    काठमाडौं / नेपालस्थित भारतीय दूतावासले रसुवाको विनाशकारी बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाइने प्रक्रिया सार्वजनिक गरेको छ। दूतावासले मृतकका आफन्तलाई नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध तस्बिर र विवरणबाट शव पहिचान गर्न तथा आवश्यक परे डीएनए प्रोफाइल वा रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ। दूतावासका अनुसार पहिचान भएका शव भारत पठाउन स्थानीय निकायसँग समन्वय गरिनेछ भने पहिचान हुन नसकेका वा अस्थायी रूपमा गाडिएका शवको डीएनए नमुना नेपाल सरकारले संकलन गरी प्रथम तहका आफन्तसँग मिलान गर्ने व्यवस्था गरिएको छ।रसुवाको बाढीमा हालसम्म ९३९ जनाको मृत्यु, ३ हजार ९२५ जना बेपत्ता र ११ हज

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 211 पटक पढिएको
  • विपद् व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र गठनको पहल

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। भोटेकोशीको विनाशकारी बाढीपछि पारित १० बुँदे साझा सङ्कल्पअनुसार विपद् व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउने, पुनर्निर्माण, जलवायु अनुकूलन, नीतिगत सुधार तथा सरकारी कामको अनुगमनका लागि संयन्त्र गठन गर्ने तयारी गरिएको रास्वपाले जनाएको छ।सोही सहमतिलाई कार्यान्वयनमा लैजान र सम्बन्धित राजनीतिक दलबीच साझा धारणा बनाउन बैठक आयोजना गरिएको हो। रास्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 151 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं / राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न १: १५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 107 पटक पढिएको
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समानान्तर ग्रुपको ६३ लाखभन्दा बढी सहयोग

    काठमाडौं / समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना कार्यका लागि ६३ लाख ३७ हजार ३ सय ७८ रुपैयाँ सहयोग गरेका छन् ।समानान्तर निर्माण सेवा प्रालिका तर्फबाट ५१ लाख ५१ हजार ५ सय १५ रुपैयाँ तथा समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा पाँच दिनको तलबबाट ११ लाख ८५ हजार ८ सय ६३ रुपैयाँ संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । कम्पनीले  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रमार्फत

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • 223 पटक पढिएको
  • सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओली

    काठमाडौं / नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ ।सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टीका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १० र १० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण गरेका हुन् । रकम बुझ्दै अध्यक्ष ओलीले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए । उनले राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष राहत पुग्न नसकेको भन्दै छिटोछरितो रूपमा पीडितसम्म राहत पुर्याउनुपर्नेमा जोड दिए । ओलीले भने, ‘केन्द्र सरकारको कोषमा पैसा जम्मा भएको छ, राहत जम्मा भ

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • 300 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.