काठमाडौं— प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको संस्थाको कार्यालय सिलबन्दी गरिएको छ ।इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको हो । विशेष गरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्त विपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको प्राप्त गुनासोका आधारमा कारबाही अघि बढाइएको हो । अनुगमनका क्रममा उक्त संस्थाले प्रचलित कानुन र सर्तहरू
सिराहा— लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट लागू औषध (गाँजा जस्तो देखिने पदार्थ)बोकेको गाडीसहित तीनजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार साँझ ४ः३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिराहाको संयुक्त टोलीले उक्त कारबाही गरेको हो । श्याम कुमारी साहको घर अगाडि पार्किङ गरिएको बा.२१.च ५८६६ नम्बरको योद्धा पिकअप गाडी शंकास्पद देखिएपछि खानतलासी गर्दा पछाडिको भागमा नास्पातीका क्रेटहरूभित्र लुकाइएको सेतो प्लाष्टिकका बोरामा लागू औषध फेला परेको थियो ।बरामद सामग्रीमा गाँजा जस्तो देखिन
धनगढी— चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै आएका डा। गोविन्द केसीले आज (बिहीबार)देखि धनगढीबाट फेरी सत्याग्रह बस्ने घोषण गरेका छन् । स्वास्थ्य क्षेत्र सुधारका लागि ७ बुँदे माग राख्दै केसीले धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । केसीले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताएका छन् ।सुरुमा ५ बुँदे माग रहेको बताए पनि सीमा क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा सघ्चमलन गर्नुपर्ने र जेनजी आन्दोलनको छानबिन गरी द्वोसीलाई कारबाही गर्नुपर्ने दुई वटा बुँदा थप गरेको केसी
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ २१ पैसा र बिक्रीदर १५४ रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८८ पैसा र बिक्रीदर १७६ रुपियाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ १९ पैसा र बिक्रीदर २०७ रुपियाँ ०० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ८६ पैसा र बिक्रीदर १०८ रुपियाँ २८ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडियन ड
काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ, तराई भूभागमा मूख्यतया सफा रहेको छ । कोशी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थान तथा मधेश प्रदेशको थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोश
काठमाडौं / विवाहित महिलामुखी सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल २०२६ को आवेदन खुला गरिएको छ ।बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक रिबन इन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो । आयोजकका अनुसार आवेदन खल्ती मार्फत वा रिबन इन्टरटेनमेन्टको वेबसाइटमा रहेको फारममार्फत भर्न सकिनेछ ।पत्रकार सम्मेलनमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यस वर्ष प्रतियोगितामा नयाँ शीर्षक ‘मिसेस् नेपाल कस्मो’ थपिएको जानकारी दिए ।उनले भने, ‘यसको अडिसन साउन २३ गते छ भने ग्रान्ड फिनाले कात्तिक १४ गते हुनेछ । यो वर्षबाट हामीलेएउटा नयाँ टाइटल थपेका छौं, त्यो हो मिसेस् नेपाल कस्मो ।
काठमाडौं / सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेशराज कुँवरलाई नियुक्त गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । यस्तो छन् बैठका मुख्य निर्णयहरुः१. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने ।२.
काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिएकी छन् ।बबरमहलस्थित औषधि लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँगै मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायत मन्त्रालयका उच्च अधिकारीहरूको टोली पनि अनुगमनमा सहभागी भएका थिए ।अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले मन्त्री यादवलाई दैनिक अत्यावश्यक औषधि उत्पादन भइरहेका विभिन्न उत्पादन कक्षको अवलोकन गराएका थिए ।हाल लिमिटेडले २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको जानकारी दिँदै उनले उत्पादन गर
काठमाडौं / संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जातीय विभेद, छुवाछूत, हिंसा तथा सामाजिक अन्यायविरुद्ध सशक्त आवाज उठाउन अभियान स्थापना गरेको बताएका छन् । अभियानका संयोजक विनोद पहाडीले नेपालको संविधानले जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराध माने पनि व्यवहारमा दलित समुदायमाथि हुने विभेद र अन्याय अझै कायम रहेकोप्रति दुःख व्यक्त गरे । उनले संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै नयाँ अभियान चलाएको बताए । दलितका मुद्धामा दलहरु, मानवअधिकार र संवैधानीक निकायहरु पनि
जनकपुर / नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने दाबी गरेका छन् ।नेपाली कम्युनिष्ट पार्टी, मधेश प्रदेशद्वारा बुधबार जनकपुरधाममा आयोजित ‘एकता बैठक तथा प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश विकास, राजनीतिक तथा सामाजिक हिसाबले चुनौतीपूर्ण भए पनि पार्टी र राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले मधेशमा पार्टीलाई थप संगठित र सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै मधेशमा राम्रो पार्टी बनाउन नसकिए देश र कम्युनिष्ट
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.