काठमाडौं / वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा।गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने भएका छन् । आज बिहीबार दिउँसो ३ बजेबाट धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट डा। केसीले सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै केसीले सात बुँदे माग राख्दै सत्याग्रह बस्ने घोषण गरेका छन् । उनले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताएका हुन् ।
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन् ।बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन् ।उनले भने, ‘नेपालमा गणतन्त्र भएपछि विकसित भएका थुपै सकारात्मक कुराहरू माथि अत्यन्तै नकारात्मक ढङ्गले झुटप्रचारको प्रहार गरिएको छ । भौतिक पूर्वाधारको क्षेत्रमा भएको अभूतपूर्व विकासला
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नयाँ पुस्तालाई सही संस्कार र संस्कृति दिनुपर्नेमा जोड दिएका छन् ।४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले ‘जेनजी आन्दोलन’ नयाँ पुस्तालाई कस्तो संस्कार र संस्कृति दिइरहेका छौँ भन्ने कुराको उदाहरण बनेको टिप्पणी गरे ।उनले भने, ‘कस्तो संस्कार, कस्तो संस्कृति हामीले नयाँ पुस्तालाई दिइरहेका छौँ भन्ने कुराको एउटा उदाहरण बन्न पुगेको छ जेनजी आन्दोलन । यस्तो आन्दोलनको निम्ति अगुवाइ गर्ने, आह्वान गर्ने व्यक्ति तथा परिवर्तनका संवाहकहरूले कहिल्यै पनि राज्यका सम्पत्तिमा विध्वंस मच्चाउने वा गौरवशाली व
काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श एजुकेसन कन्सल्टेन्सी क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ ।सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । मन्त्रालयका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा चुनौती, गुणस्तरीय शैक्षिक परामर्श सेवाको प्रवद्र्धन, नी
बैंकक / संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड पुगेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीको सम्मानमा गैरआवासीय नेपाली संघ एनआरएनए थाइल्याण्ड र पियानो एल्इको संयुक्त आयोजनामा ‘मिट एण्ड ग्रीट’, कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली रहनुभएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनए थाइल्याण्ड, थाइ नेपाली संघ, मगर गुरुङ संघ, तामाङ संघ, नेवारी संघ, किराँत संघ लगायत थाइल्याण्डस्थित विभिन्न नेपाली संघ–संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवी तथा न
काठमाडौं / नेपालले विद्युत् व्यापारमा पहिलो पटक उल्लेखनीय व्यापार बचत हासिल गर्दै ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यात तथ्यांकअनुसार भारत र बंगलादेशसँगको विद्युत् व्यापारबाट नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत नेट ट्रेड सरप्लस गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ३१३ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/०८२ मा विद्युत् व्यापारबाट नेपालको खुद बचत चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।तथ्यांकअनुसार समीक्षा वर्ष २०८२/०८३ मा नेपालले भारत तथा बंगलाद
काठमाडौं / नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाको ‘रिभाइज्ड कमर्सियल अपरेसन डेट’ आरसीओडी थप्ने प्रक्रियालाई पहिलो पटक स्पष्ट मापदण्डमा आधारित बनाएको छ ।अब आयोजनाको भौतिक प्रगति, पीपीएअन्तर्गतका दायित्व पूरा गरेको अवस्था तथा आरसीओडीको स्थितिका आधारमा चार समूहमा वर्गीकरण गरी फरक–फरक व्यवस्था लागू गरिने भएको छ । यसअघि असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ३२० निर्माणाधीन जलविद्युत् आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढाइएको छ । ऊर्जा, जलस
काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र तथा संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि विभिन्न चुनौती देखिएको बताएका छन् ।बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले सही क्रान्तिकारी कार्यदिशाका आधारमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, रूपान्तरण र एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र र संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि विभिन्न प्रकारका चुनौतीहरू देखापरिरहेका छन् । यस्तो परिस्थितिमा राष्ट्रको स्वाधीनता, राष्ट्रिय
काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ । परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो । महासंघ सचिवालयमा बुधबार आयोजित कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वस्तुगत परिषद्ले निजी क्षेत्रका साझा आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे । उनले उद्योग तथा व्यवसायसँग सम्बन्धित नीतिगत सुधार, लगानी प्रवद्र्धन, उत्पादन र निर्यात विस्तार तथा निजी क्षेत्रका समस्या समाधानका लागि परिषद्ले सक्रिय र परिण
काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४५८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५२, यान्त्रिक कारवाहीमा ३५, रातोबत्तीमा ५६ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४८, हर्न निषेधमा ४४, लेन क्रसमा ९१, अवस्था ठिक नभएको ५० र एकतर्फीमा ४० जना र अन्यमा ९४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.