काठमाडौं— राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि एआई सीप व्यावसायिक क्षमता अभिवृद्धि कार्यशाला’ आजदेखि काठमाडौंमा सुरु भएको छ।दुईदिने कार्यशाला साउन ९ र १० गते बिहान ७ः०० बजेदेखि १२ः०० बजेसम्म काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलमा सञ्चालन भइरहेको छ। कार्यशालाको प्रायोजन पनि स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलले गरेको छ।कार्यशालामा आईटी विशेषज्ञ अजय शर्माले प्रशिक्षकका रूपमा सहजीकरण गरिरहेका छन्। कार्यशालामा फोटो पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग, अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाचार तस्बिरको क
काठमाडौं— काठमाडौं महानगरपालिकाले बागमती नगर जग्गा एकीकरण आयोजनालाई सम्पन्न भएका काम, तिनको प्रभाव तथा बाँकी दायित्वसम्बन्धी लाभ–लागत र प्रभाव प्रतिवेदन ४५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ।कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको आयोजना व्यवस्थापन उपसमितिको ३३औँ बैठकले अधुरा पूर्वाधार र सेवा प्रवाहका कारण स्थानीयवासीले समस्या भोगिरहेको निष्कर्ष निकाल्दै तथ्यमा आधारित प्रतिवेदन तयार गरी बाँकी काम शीघ्र सम्पन्न गर्ने निर्णय गरेको हो।बैठकमा डंगोलले आयोजना पटक–पटक म्याद थप्नेभन्दा बाँकी काम सम्पन्न गरेर जग्गा सम्बन्धित धनीलाई फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले प
काठमाडौं— स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ।कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार ३ गते प्रकाशित सूचनाअनुसार तोकिएको अवधिभित्र प्राप्त आवेदनहरूको छानबिन गर्दा निर्देशिकामा उल्लेखित योग्यता तथा मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत भएको जनाएको हो।समितिले स्वीकृत भएका उम्मेदवारहरूमा डा. राजेन्द्रकुमार पोखरेल, सुभाष कोइराला, बुद्ध काजी श्रेष्ठ, गंगा प्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अध
काठमाडौं— भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो। विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालित नेपाल सहायता परियोजना, सिभिल अस्पतालको स्तरोन्नति, उक्त अस्पतालमा क्यान्सर उपचारका लागि कार–टी सेल प्रयोगशाला स्थापना तथा भूमि प्रशासनको डिजिटल रूपान्तरणलगायतका सहकार्यका विषयमा विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ।साथै, राजदूत झाङ माओमिङले मन्त्रालयले पहिलो १०० दिनमा गरेका कार्यप
काठमाडौं— काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ बराबरका अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण गरेको छ। महानगरवासी तथा विपन्न र बेवारिसे बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउने उद्देश्यले ११५ प्रकारका इम्प्लान्ट सेन्टरलाई उपलब्ध गराइएको हो।कार्यवाहक प्रमुख सुनिता डंगोलले सामग्री हस्तान्तरण गर्दै आर्थिक अभावका कारण उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइन्। उपलब्ध सामग्रीबाट करिब ३०० बिरामीले निःशुल्क उपचार पाउने अनुमान गरिएको छ।ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले महानगरको सहयोगबाट सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सामग्
काठमाडौं— नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट) सम्बन्धी व्यवस्था संशोधन गर्दै राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने निर्णय गरेको छ।शुक्रबार जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५औँ संशोधनअनुसार अब नेपाली नागरिकलाई वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण यकिन गर्नुपर्नेछ।राष्ट्र बैंकले २०८३ असोज मसान्तभित्र सबै वालेट प्रयोगकर्ताबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी स्वघोषणा लिन र राष्ट्रिय परिचयपत्र लिइसकेका प्रयोगकर्ताले सोही अवधिभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ।विदेशमा रहेका न
काठमाडौं— प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। आजकै दिनदेखि घर–घरमा तुलसीको बिरुवा तुलसीको मठमा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु हुन्छ।सनातन वैदिक परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज मठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक मान्यता छ।धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने विश्वास रहे
काठमाडौं— नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा तोकिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपै
काठमाडौं— देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानकै आसपास रहेकाले मौसममा यसको प्रभाव देखिएको हो।हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।यस्तै,आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी क्
धनगढी / स्वास्थ्य क्षेत्रको सुधारका लागि सात बुँदे माग राखेर सत्याग्र थालेका डा. गोविन्द केसीलाई सकस परेको छ । धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह बसेका केसीलाई मन्दिर व्यवस्थापन समितिले ठाउँ छाड्न पत्र पठाएपछि केसी अफ्ठयारोमा परेका हुन् । मन्दिर व्यवस्थापन समितिको पत्र पछि अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनका सहयोगी डा।अमृत जैसीले बताए । ‘डा. केसीले व्यवस्थापन समितिको अनुमति लगेरै सत्याग्र सुरू गरेका हुन्, यसअघि पनि यही स्थानमा बसेर केसीले दुईपटक सत्याग्रह सुरू गर्नुभएकै हो,’ जैसीले भने, तर अहिले धर्मशाला छाड्न भन्दै पत्र आएको छ, यो राम्रो त हैन,
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.