काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २०९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ९६, राइड सेयरिङमा ५०, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४३, हर्न निषेधमा ५६, लेन क्रसमा २१, अवस्था ठिक नभएको ४३, एकतर्फीमा २५ अन्यमा ७२४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर
काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल र बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको छ ।आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र
काठमाडौं— नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सातै प्रदेशमा सरकार गठन तथा सहकार्य गर्ने विषयमा सहमति भएको छ।शनिबार भएको सहमतिअनुसार पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्या समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुई दल सहमतिमा पुगेका हुन्।सहमति पत्रमा भनिएको छ, ‘पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्यालाई समाधान गर्दै जनताको चाहनाअनुरूप राजनीतिक स्थिरता, स
धनगढी— धनगढीमा सत्याग्रह गरिरहेका डा.गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । संयोजक अग्रवाल सहित सरकारका तीनै जना प्रतिनिधि डा। केसीलाई भेट्न धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसियु कक्षामा पुगेका छन् ।सरकारले खटाएको वार्ताटोलीले डा. केसीसँग अनौपचारिक छलफल गरेपनि औपचारिक वार्ता भने नभएको डा. गोविन्द केसीका स्वास्थ्य सहयोगि डा. अमृत जैसीले बताए ।‘केसीसँग भेटेर सरकारी टोली फिर्ताभइसकेको छ,’ जैसीले भने, ‘शनिबार अनौपचारिक
काठमाडौं— नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसीसी) ले प्रदान गर्ने ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवाड्र्स–२०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त सम्मान ग्रहण गरेका हुन् ।बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगका कारण यो उपलब्धि हासिल भएको जनाएको छ । यस सम्मानले बैंकिङ सेवा, नवप्रवर्तन र ग्राहकमुखी सेवाको गुणस्तर अझ सुदृढ बनाउन थप प्रेरणा मिल्ने बैंकको विश्वास छ ।बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्
मुगु— मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाका अनुसार बिहान करिब ४ः०० बजे पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल व्यवसाय सञ्चालन गर्दै बसिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्प निवासी ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो।घटनामा जगनाथ र सृजनालाई सामान्य चोट लागेको छ । उनीहरू आफैं उपचारका लागि पुलु स्वास्थ
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्।शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नरबहादुर कर्मचार्य जीवनभर वर्ग, विचार र क्रान्तिप्रति इमानदार, निष्ठावान र सरल व्यक्तित्वका रूपमा स्थापित भएको बताए।उनले आफू जनयुद्धको तयारीका क्रममा करिब छ वर्ष कर्मचार्यको संरक्षणमा बसेको स्मरण गर्दै जनयुद्धको तयारीका विषयमा नियमित छलफल हुने गरेको बताए।उनले भने, ‘मैंले जनय
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहार र दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिमा मिति साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा सांसद पौडेलमाथि गरिएको कालो मसी प्रहार तथा दुव्र्यवहारको घटनाको घोर भत्र्सना गरिएको छ।रास्वपाले लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध गर्ने अधिकार सुरक्षित भए पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुव्र्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य
काठमाडौं— बुद्ध एयरले नयाँ सिरिजको एटीआर–७२–६०० जहाज थपेको छ । कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो । आवश्यक कागजी प्रक्रिया पूरा भएपछि जहाजलाई आगामी महिनादेखि व्यावसायिक उडानमा ल्याइने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार नयाँ जहाजमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ । कम इन्धन खपत गर्ने भएकाले यो जहाज वातावरणमैत्री हुनुका साथै अघिल्लो सिरिजको तुलनामा कम ध्वनि प्रदूषण गर्ने दाबी गरिएको छ ।जहाजमा आवश्यक नेभिगेसन कार्यसम्पादन–विशेष स्वीकृती आवश्यक (आरएनपी–एआर) एप्रोच प्रणाली जडान गरिएको छ, जसको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.