समाज

    Showing 531-540 of 11,160 items.
  • स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल, दोषीमाथि कारबाही प्रक्रिया जारी

    काठमाडौं / चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुव्र्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 149 पटक पढिएको
  • नेप्सेको सीईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

    काठमाडौं / अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।मन्त्रालयद्वारा गठित सिफारिस समितिले आज मंगलबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट १५ दिनभित्र आवेदन माग गरेको हो ।सूचनाअनुसार इच्छुक उम्मेदवारले आगामी साउन २६ गतेसम्म कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आफ्नो आवेदन दर्ता गराउन सक्नेछन् ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 194 पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२४५ जनालाई कारबाह

    काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ५६, यन्त्रिक कारबाहीमा ३०, रातोबत्तीमा ४२ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ५४, हर्न निषेधमा २८, लेन क्रसमा १९, अवस्था ठिक नभएको ४२, एकतर्फीमा ४२ र अन्यमा ९३२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 181 पटक पढिएको
  • आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

    काठमाडौं / काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमको प्राथमिकता निर्धारण गरेर शतप्रतिशत कार्यान्वयनको सुनिश्चित गर्न निर्देशन दिएकी छन् । सोमबार सहरी योजना आयोग, विभाग, आयोजना, सचिवालय र कार्यक्रमका प्रमुखहरूसँगको बैठकमा उनले यस्तो निर्देशन दिएकी हुन् । उनले योजना अनुगमन तथा मूल्याङ्कन एकाइले उपलब्ध गराएको ढाँचामा एक हप्ताभित्र वार्षिक कार्य योजना बनाएर पेस गर्न, प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुख बिच सूचक सहितको कार्य सम्पादन सम्झौतालाई साउनभित्रै सम्पन्न गर्न, सार्वजनिक खरिद प्रक्रियामा लैजानु पर्ने योजनालाई

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 213 पटक पढिएको
  • ‘हरेक विषयको आफ्नै इतिहास हुन्छ, इतिहास सबैसँग जोडिएको छ’

    काठमाडौं / सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीहरूसँग नेपालको इतिहाससम्बन्धी विषयमा छलफल गरिएको छ ।छलफलका क्रममा केन्द्रीय इतिहास विभागका पूर्वविभागीय प्रमुख राजकुमार पोखरेलले इतिहास प्रत्येक विषयसँग अभिन्न रूपमा जोडिएको विषय भएको बताए । उनले इतिहास विभागमा सांस्कृतिक इतिहास, कूटनीतिक इतिहासलगायत १८–१९ वटा विषयमा अध्ययन–अध्यापन भइरहेको जानकारी दिए ।उनले भने,‘इतिहास एउटा व्यापक विषय हो । केन्द्रीय इतिहास विभागमा १८–१९ वटा विभिन्न विधामा इतिहासको अध्ययन–अध्यापन हुँदै आएको छ । विभागमा सांस्कृतिक इतिहास कल्

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 229 पटक पढिएको
  • खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

    काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने तयारी गरेकी छन् ।लामो समयदेखि विभिन्न कारणले अघि बढ्न नसकेको उक्त विधेयक सरकारको १०० दिने कार्यसूचीअनुसार सम्पन्न गरिएको महत्वपूर्ण कामका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको उक्त विधेयकले खानी तथा खनिज पदार्थको खोज, उत्खनन, संरक्षण, उपयोग, अनुमति तथा नियमनसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल संशोधन र एकीकृत गर्ने उद्देश्य राखेको छ ।वर्षौं

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 195 पटक पढिएको
  • कार्गो दिवस साउन १३ गते: ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

     काठमाडौं / नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन नेफाले ३२ औँ कार्गो दिवस २०२६ आगामी साउन १३ गते जुलाई २९ काठमाडौंस्थित द सोल्टी काठमाडौंमा आयोजना गर्ने भएको छ । ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुने नेफाले जनाएको छ ।सोमबार आयोजित पत्रकार सम्मेलनमा नेफाका वरिष्ठ उपाध्यक्ष तथा ३२औँ कार्गो दिवसका संयोजक नरेशकुमार अग्रवालले कार्गो दिवस नेपालमा लजिस्टिक्स तथा फ्रेट फरवार्डिङ क्षेत्रका सरोकारवालाबीच संवाद, सहकार्य र नीति सुधारका लागि महत्वपूर्ण मञ्चका रूपमा स्थापित भइ

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 300 पटक पढिएको
  • बल्खुमा हरियाली अभियान, १,१५० बिरुवा रोपियो

    काठमाडौं / उपत्यकाको सहरी वातावरणलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यका साथ बल्खु खोला करिडोर जिरो प्वाइन्टदेखि प्रहरी चौकीसम्म क्षेत्रमा वृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।रोटरी क्लब अफ कीर्तिपुरको संयोजन एवं कीर्तिपुर नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा रोटरी क्लब अफ नेपाल मण्डल, रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ काठमाडौँ सर्कल, रोटरी क्लब अफ ठिमी र रोटरी क्लब अफ बागलुङको संयुक्त सहभागिता रहेको थियो ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले वर्ष २०२६–२७ का लागि सञ्चालन गरेको ‘१,००,००० वृक्षारोपण अभियान’ र जुलाई २

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 220 पटक पढिएको
  • मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट

    काठमाडौं / अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले सन् २०२६ का लागि विश्वका ५० उत्कृष्ट विलासी होटलहरूको सूची सार्वजनिक गरेको छ ।यस वर्षको सूचीमा नेपालको हिमाली जिल्ला मुस्ताङमा अवस्थित ‘शिन्तामणि मुस्ताङ’ विश्वकै उत्कृष्ट होटल बन्दै पहिलो स्थान ओगट्न सफल भएको छ । विश्वभरका प्रसिद्ध र ऐतिहासिक होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै मुस्ताङको यो रिसोर्टले विश्वको सर्वोच्च विलासी गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको हो । कालीगण्डकी नदीको तटमा अवस्थित यस रिसोर्टको परिकल्पना प्रख्यात ‘म्याक्सिमलिस्ट’ डिजाइनर बिल बेन्स्लीले गरेका हुन् ।परम्परागत बा

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 241 पटक पढिएको
  • देवानगञ्ज घटनाबारे शान्ति, सद्भाव र निष्पक्ष छानबिनको माग

    काठमाठौं / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह तथा पार्टीका नेता वीरेन्द्र केएमले आज सोमबार गृहमन्त्री सुधन गुरुङलाई भेटघाट गरी छलफल गरेका छन् । उनिहरुले भेटघाटको क्रममा घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको बताए । उनीहरुले घटनाप्रति सरकारको विशेष ध्यानाकर्षण गराइएका हुन् । दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्ने र पीडितले न्

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 230 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.