काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताएका छन् ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले संसद्को मर्यादा कायम गर्न नसकेको आरोप लगाए । उनले लामो समयदेखि प्रधानमन्त्रीलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन आग्रह गर्दै आएको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउन पुनः अनुरोध गरे । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने उनले बताए ।उनले भने,‘ हामीले लामो समयदेखि प्रधानमन्त्रीज्यूलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन भनी नै रहेका छौँ । तर
भक्तपुर / प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।समितिले बिहीबार जारी गरेको अपिलमा कर्मचारीहरूको हकहित, सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद् व्यवस्थापनसमक्ष ९ बुँदे मागपत्र पेश गरिएको उल्लेख गर्दै २०७७ सालदेखि विभिन्न चरणमा आन्दोलन तथा वार्ताका प्रयास भए पनि हालसम्म कुनै ठोस सम्बोधन नभएको जनाएको छ । समितिका अनुसार यसअघि दिइएको २४ घण्टे अल्टिमेटमको अवधि समाप्त हुँदा पनि व्यवस्थापन पक्षबाट मागप्रति सकारात
काठमाडौं / नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन् ।सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् । उनले नेपालको विविधताभित्रको एकता राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै कुनै पनि बहानामा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास संविधान, लोकतान्त्रिक मूल्य र नेपाली समाजको आत्मामाथिको आक्रमण भएको बताइन् ।नागरिकको ज्यान जाने गर
काठमाडौं / प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध गरेका छन् । बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध उठेर विरोध गरेका हुन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरे । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
काठमाडौं / प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री शाहले आज बिहान साढे ११ बजे बैठक बोलाएका हुन् । बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल हुने छ । नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषद्मा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । सभामुख आर्यालले बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
काठमाडौं / समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पिडितले बचत फिर्ता पाएका हुन् । हालसम्म शिव शिखर सहकारीका करिब १४०० जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमब
विराटनगर / विराटनगर विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा काठमाडौं पठाउन लागिएको स्पोट्र्स जुत्ताभित्र लुकाइएको ब्राउन सुगर बरामद भएको छ । घटनामा संलग्न आरोपमा एक युवक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराती विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको कार्गो सामान विमानस्थलको प्रस्थान केन्द्रमा एक्स–रे मेसिनबाट जाँच गर्दा शंकास्पद वस्तु देखिएको थियो ।त्यसपछि जुत्ता खोलेर जाँच गर्दा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ दशमलव ४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहर
रौतहट / रौतहटको गढीमाई नगरपालिका वडा नं.७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो । साउन १३ गते बुधबार राति अन्दाजी ९ बजेको समयमा पौडेल रौतहट निर्वाचन क्षेत्र नं. ४ का जनताका गुनासाहरू सुनिरहेका थिए । सोही क्रममा केही अपरिचित व्यक्तिहरू उक्त स्थानमा आइपुगेका थिए ।उनीहरूले ‘मधेस मुक्ति अभियान जिन्दावाद
काठमाडौं / अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखनको रोकथाम, पीडितको संरक्षण तथा दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा जनचेतना फैलाउने र विश्वव्यापी प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई ३० मा यो दिवस मनाइन्छ। पछिल्लो समय मानव बेचबिखनको स्वरूप र आयाम विस्तार हुँदै गएसँगै यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । वैदेशिक रोजगारी, शिक्षा, विवाह तथा आकर्षक रोजगारीको प्रलोभन देखाई हुने बेचबिखनका घटना बढ्दै गएकाले यसविरुद्ध प्रभावकारी कानुनी कार्यान्वयन, जनचेतना र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.