काठमाडौं / ‘नेपाल ज्येष्ठ नागरिक स्वाथ्य केन्द्र’द्वारा ज्येष्ठ कलाकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा रहेको स्वास्थ्य केन्द्रबाट मंगलबार ‘नेपाल चलचित्र कलाकार संघ’ संग सहकार्य गर्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रले कलाकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । चलचित्र क्षेत्रका ६० वर्षभन्दा माथिका ज्येष्ठ सदस्यहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुँदैछ । नेपाल जेरियाट्रिक्स सेन्टर र नेपाल चलचित्र कलाकार संघको संयुक्त पहलमा यो स्वास्थ्य सेवा प्रदान गर्न लागिएको हो । नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रको अ
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन् ।भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे । साथै, उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सांसदहरूले सुदूरपश्चिमका समस्या, राजनीतिक अवस्था र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
काठमाडौं / काठमाडौं महानगर प्रहरी बलले बजारमा उपलब्ध ग्याँस र वितरण प्रणालीको सहजताका लागि काम थालेको छ । लामो समयसम्म ग्याँस नपाएको, पहुँच हुनेले मात्र ग्याँस पाएको, विद्यार्थीहरुमा ग्याँसका पहुँच नभएको जस्ता गुनासा आउन थालेपछि ग्याँस डिपोमा भएको ग्याँस वितरण व्यवस्थापनका लागि प्रहरी बल सक्रिय भएको हो । ‘बजारमा उपलब्ध भएको ग्याँसलाई सन्तुलित वितरण मिलाउन हाम्रो भूमिका हुनेछ । डिपोहरुको अवस्था हेर्न पुगेका प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने, ‘डिपोमा उपलब्ध ग्याँस वितरणमा सबैको पहुँच बढाउन हामी सहजीकरण गर्छौँ । सिलिण्डरको म्याद सकिने मिति, ग्याँसको त
काठमाडौं / सरकारी र निजी शिक्षण अस्पतालमा कार्यरत एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकबीच स्टाइपेन्डमा रहेको असमानता अन्त्यको माग गर्दै सञ्चालन भइरहेको ‘एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियान’ थप सशक्त बनेको छ । माग सम्बोधन नभएको भन्दै अभियानका संयोजक डिल्ली हरिजन मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसनमा बसेका छन् । हरिजनले बिहान १०ः२५ बजेदेखि अनसन सुरु गरेको जानकारी दिँदै सरकारको गैरजिम्मेवारीका कारण आफू यस्तो कठोर कदम चाल्न बाध्य भएको बताए । उनका अनुसार सरकारी शिक्षण अस्पतालमा इन्टर्न चिकित्सकले स्वास्थ्य सेवा आठौँ तहका अधिकृतको ५० प्रतिशत बराबर निर्वाह भत्ता प
हेटौँडा / मकवानपुरमा दैनिकजसो सवारी दुर्घटनाका घटना भइरहेका बेला सडक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि नियमित रूपमा कडाइ थालेको छ । दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम गर्ने तथा चालकलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउन दैनिकजसो विभिन्न स्थानमा सवारी जाँच अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार पछिल्लो समय ओभरलोड सवारी सञ्चालन, आवश्यक स्टिकरबिनै अटो सञ्चालन, सवारी चलाउने क्रममा धूम्रपान गर्ने, ट्राफिक नियमको बेवास्ता गर्ने लगायतक
काठमाडौं / गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न भएको ३३÷११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ । लामो समयदेखि स्थानीय अवरोध तथा ‘राइट अफ वे’ सम्बन्धी समस्याका कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली थप गुणस्तरीय, भरपर्दो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । एसियाली विकास बैंक एडीबी र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना सञ्चालन भएको हो । आयोजनाअन्तर्गत डोटी,
बाजुरा / बाजुरामा विषालु जङ्गली च्याउ खाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको जङ्गली च्याउ खाएर मृत्यु भएको हो । सोमबार दिउँसो जङ्गलमा उम्रिएको च्याउ खाँदा उनी बिरामी परेका थिए । थापाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिए । विषालु च्याउ खाई बिरामी भएर अस्पतालमा उपचारका क्रममा राति ११ बजेर ४० मिनेटमा चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन् । साथै जङ्गली च्याउ खाएर मृतक थापाकी श्रीमती अन्दाजी ५० बर्षीया नाम्सरी थापा गम्
काठमाडौं / महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ ।छलफलमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले डिपफेक, ब्ल्याकमेलिङ, साइबर स्क्यामिङ तथा यौन दुरुपयोगसँगै डिजिटल वित्तीय ठगीका घटना बढ्दै गएको बताइन् । उनले यस्ता अपराधले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सुरक्षा, गोपनीयता र आत्मसम्मानमा गम्भीर असर परेको उल्लेख गरिन् ।उनले भनिन्,‘ डिपफेक, ब्ल्याकमेलिङ, साइबर स्क्यामिङ लगायत यौन दुरुपयोग तथा डिजिटल वित्तीय ठगीजस्ता अपराधहरू ब
काठमाडौं / नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो । सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए । पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ३२.७३ प्रतिशत हो । जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ ।जुलाई २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको जुलाईमा आएको ६ हजार ८९० को तुलनामा
गोलबजार सिरहा / जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ ।सोमबार चोहर्वा हाटबजार सञ्चालनमा आएको छ भने पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधनको आवागमन नियमित भएको छ । बजारका अधिकांश पसल खुलेका छन् र सर्वसाधारणको चहलपहल पनि बढेको देखिएको छ । सोमबारका अवसरमा शिवालयहरूमा सोमबारे पूजाआजा गर्ने भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ ।केही दिनअघि सिरहासहित तराईका विभिन्न क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनाव, झडप तथा त्यसपछि विकसित असुरक्षा अवस्थालाई नियन्त्रणमा लिन प्रशासनले गोलबजारसहित प्रभावित क्षेत्रमा कफ्र्यु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.