समाज

    Showing 411-420 of 11,160 items.
  • सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ: सचिव देवकोटा

    काठमाडौं / शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल भएको छ । छलफलको क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटाले सरकारी स्वास्थ्य संस्थाको सेवा गुणस्तरीय बनाउन सके निजी क्षेत्रसँगको सहकार्य क्रमशः घटाउँदै लैजाने नीति अपनाइएको बताएका छन् । सचिव देवकोटाले सरकारी अस्पतालले प्रभावकारी सेवा दिन सके हाल सेवामा रहेका करिब सात प्रतिशत जनसङ्ख्यालाई पनि सहज रूपमा सेवा उपलब्ध गराउन सकिने बताए ।उनले भने, ‘सरकारीको सेवा राम्रो बनायौँ भने त्यो सात

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 179 पटक पढिएको
  • निर्माण सम्पन्न आधारभूत अस्पतालको सञ्चालन अवस्थाबारे विवरण माग्दै तोसिमा कार्की

    काठमाडौं / प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले निर्माण सम्पन्न भएका आधारभूत अस्पतालमध्ये कति अस्पताल सरकारले तोकेको मापदण्डअनुसार पूर्ण रूपमा सञ्चालनमा छन् भन्ने विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विद्यमान अवस्था, चुनौती र भावी कार्ययोजनाबारे छलफलका क्रममा उनले निर्माण सम्पन्न भएको तथ्यांक मात्र पर्याप्त नहुने बताइन्। उनले सरकारले देशभर ५ र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिए पनि हालसम्म करिब १७ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको जानकारी दिँदै निर्माण सकिएका अस्पतालहर

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 201 पटक पढिएको
  • सुस्त निर्माणले तीनकुनेको वागमती पुल क्षेत्रमा आवतजावत अस्तव्यस्त

    काठमाडौं / काठमाडौंको तीनकुनेस्थित वागमती पुलसँगै निर्माणाधीन सहायक पुलको वाल पुनःनिर्माण कार्य सुस्त गतिमा अघि बढ्दा त्यस क्षेत्रको आवतजावत प्रभावित भएको छ। लामो समयदेखि निर्माण कार्य जारी रहँदा स्थानीयवासी, पैदलयात्री र सवारी चालकले दैनिक सास्ती खेपिरहेका छन्। निर्माण सामग्री र उपकरणका कारण फुटपाथ आंशिक रूपमा अवरुद्ध भएपछि पैदलयात्रीहरू सडकबाटै हिँड्न बाध्य छन्। व्यस्त सडकमा सवारीसाधनको चाप उच्च हुने भएकाले दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ।स्थानीय व्यवसायी र सर्वसाधारणले निर्माण कार्य निर्धारित समयमै सम्पन्न नहुँदा दैनिक आवागमनमा समस्या बढेको गुनासो गरेका छन्। उनीहरूले निर्मा

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 263 पटक पढिएको
  • भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने

    काठमाडौं / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ ।मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैँ भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।गठित समितिले फारम सरलीकरण सम्बन्धी प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्नेछ । मन्त्रालयका अनुसार भूमि प्

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 208 पटक पढिएको
  • मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा उत्साह

    मुगु / मुगु र हुम्लालाई जोड्ने कर्णाली नदीमाथि बेलीब्रिज निर्माण हुने भएको छ । सोरु गाउँपालिका–१० र ११ अन्तर्गत पर्ने दोमुख–सिनेखर्क क्षेत्रमा तत्कालका लागि बेलीब्रिज निर्माण प्रक्रिया अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ । लामो समयदेखि निर्माण अलपत्र रहेको दोमुख मोटरेबल पुलको विकल्पका रूपमा बेलीब्रिज जडान गर्न लागिएको हो । सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको पहलमा बेलीब्रिज निर्माणका लागि आवश्यक संरचना निर्माण, जडान तथा ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्ने प्रतिबद्धतासहित सडक विभाग चाकुपाट, ललितपुरमा प्रस्ताव पेश गरिएको थियो ।सोही पहलपछि हुम्लाको खार्पुनाथ गाउँपालिका क्षेत्रम

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 221 पटक पढिएको
  • बाढीले फेरि डुबायो हुलाकी राजमार्ग, स्थायी समाधानको माग चर्कियो

    रौतहट /निरन्तरको वर्षासँगै लाल बकैया खोलामा आएको बाढीले रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पुनः डुबानमा परेको छ। सडक जलमग्न भएपछि स्थानीयवासीले वर्षेनि दोहोरिने समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेका छन्।राजपुर नगरपालिका अन्तर्गत फतुवा पुलको पश्चिमतर्फ रहेको सडक खण्डमा खोलाको पानी कम्मरसम्म पुगेपछि आवतजावत प्रभावित भएको छ। सडकमाथिबाट तीव्र बहावसहित पानी बगिरहेकाले यात्रा जोखिमपूर्ण बनेको छ। हुलाकी राजमार्ग तराई–मधेसको प्रमुख सडक सञ्जालमध्ये एक हो। यही मार्गबाट दैनिक रूपमा सयौँ सवारीसाधन र यात्रु ओहोरदोहोर गर्ने भए पनि वर्षायाम सुरु भएसँगै यो खण्ड नियमित रूपमा

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 815 पटक पढिएको
  • धनसारमा ट्याङ्कर दुर्घटनाले आगलागी, अनुसन्धानका लागि चालक नियन्त्रणमा

    रौतहट / रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी भएको छ । बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर बिहान अन्दाजी ५ः३० बजे दुर्घटनामा परेको हो । सडकमा अचानक निस्किएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई ट्यांकर सडकको दाहिनेतर्फ पल्टिएको थियो । पल्टिएलगत्तै ट्यांकरमा अचानक भीषण आगलागी भएको प्रहरीले जनाएको छ ।घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक डिएसपी सत्य नारायण थापाको कमाण्डमा १० जना र जिल्ला ट्राफिक प्रहरी कार्या

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 271 पटक पढिएको
  • कानुन उल्लंघन गरे होटल–रेष्टुरेन्टलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी

    काठमाडौं / जिल्ला प्रशासन कार्यालय काठमाडौंले धुम्रपानसम्बन्धी कानुनी व्यवस्था पालना नगर्ने होटल तथा रेष्टुरेन्टमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।बुधबार सूचना जारी गर्दै प्रशासनले उपत्यकाभित्र सञ्चालित सबै होटल तथा रेष्टुरेन्टलाई सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को पूर्ण पालना गर्न निर्देशन दिएको हो। प्रशासनका अनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनुपर्नेछ। साथै, धुम्रपानका लागि छुट्याइएको स्थान चारैतिरबाट बन्द हुने तथा त्यसबाट निस्कने धुवाँ अन्य व्यक्तिसम्म नपुग्ने गरी व्यवस्थापन गर्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।कार्यालयल

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 132 पटक पढिएको
  • प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरले गर्‍यो बिदाइ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि सेवा निवृत्त भएका थिए । गुरागाईँले २०८१ भाद्र २७ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पद बहाली गरेका थिए । उमेरका कारण आजदेखि उनी अनिवार्य अवकाशमा जाएका हुन् । महानगरपालिकाले आज उनीलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्यहरू, विभागीय प्रमुखहरू, महाशाखा प्रमुखहरू सहभागी भएका थिए । बिदाइ कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले कर्मचारी, जनप्रतिनिधि र स

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 378 पटक पढिएको
  • शिक्षा मन्त्रालयको जोड: परिणाम देखिने गरी काम गर्नुपर्छ

    काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षमा परिणाम देखिने गरी कार्यसम्पादन गर्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जोड दिएको छ।मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२ र ८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठकमा मन्त्रालयको समग्र कार्य प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै अब स्पष्ट उपलब्धि देखिने गरी काम गर्नुपर्नेमा जोड दिइएको हो। बैठकमा मन्त्रालय र मातहतका निकायले आर्थिक वर्षभरि गरेका कार्य, विकास आयोजनाको प्रगति, बजेट खर्च, सेवा प्रवाह, गुनासो व्यवस्थापन तथा सुशासनका विषयमा समीक्षा गरिएको थियो। कार्यान्

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 232 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.