समाज

    Showing 3,241-3,250 of 10,029 items.
  • महान्यायाधिवक्ताविरुद्ध भिडियो बनाएको आरोपमा पक्राउ परेका युवराज सफल रिहा

    काठमाडौं— महान्यायाधिवक्ताको बारेमा जथाभावी भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा पक्राउ परेका युवराज सफल बुधबार बेलुका हाजिर जमानीमा रिहा भएका छन्।प्रहरीले उनीमाथि अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि सफललाई हाजिर जमानीमा रिहा गरिएको सम्बन्धित निकायले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 481 पटक पढिएको
  • मौसममा सुधारसँगै हवाई उडान सुचारु

    काठमाडौं— आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण प्रभावित बनेको आन्तरिक उडान अहिले सुचारु भएको छ। काठमाडौंलगायत देशका विभिन्न विमानस्थलमा मौसम खराब हुँदा उडान र अवतरण रोकिएको थियो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार बिहान विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान हुन सकेको थिएन। तर, अहिले दिउँसोबाट मौसममा सुधार आएपछि भरतपुर, तुम्लिङटार र नेपालगञ्जबाहेक अन्य सबै विमानस्थलमा उडान सुचारु भएको उनले जानकारी दिए।कुहिरो हटेसँगै विमानस्थलहरूमा यात्रुको चाप बढ्न थालेको छ र तालिका अनुसारका उडानहरू सुचारु गर्ने प्रयास भइरहे

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 514 पटक पढिएको
  • भक्तपुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

    भक्तपुर— भक्तपुरको कमलविनायक बसपार्क नजिकै टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ  ।  दुर्घटनामा भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको मृत्यु भएको हो ।कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२०प.११६८ नम्बरको स्कुटरसँग ठोक्किएपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क. ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।दुर्घटनामा गम्भीर घाइते भएका बिमलको भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 513 पटक पढिएको
  • कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक सुन्नुपर्छः उपसभापति शर्मा

    काठमाडौं— नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले नागरिकको आवाज गम्भीरतापूर्वक सुन्नुपर्ने आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।नेपाली कांग्रेस रामेछापका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले विहीबार आयोजना गरेको बृहत चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उनले विकासका धेरै काममा कांग्रेसको भूमिका रहेको दाबी गरे ।शर्माले विगतको अवस्थासँग तुलना गर्दै भने, ‘तपाइँ हामीले गम्भीररुपमा नागरिकको कुरा सुन्नुछ । रापेछापका हरेक विकासका काममा कांग्रेस जोडिएको छ । तपाईहरु कयौं हुनुहुन्छ जसले सदरमुकाम वा काठमाडौं आएर कजेल पढ्नुभयो तर अहिले तपाईका छोरी वा छोरा गाउँमै प्लस टु पढ्न पाउनु भएको छ । त्यस

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 472 पटक पढिएको
  • फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौंः यौनिक अल्पसङ्ख्यक

    काठमाडौं— लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई जनगणनाका रूपमा लिएको बताएका छन्। उनीहरूले यस निर्वाचनलाई आफ्नो वास्तविक सङ्ख्यात्मक उपस्थिति देखाउने अवसरका रूपमा लिएका छन्।लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ता तथा संविधानसभा सदस्य सुनिल बाबु पन्तले शक्ति देखाउने बेला आएको बताए। २०६४ सालको ऐतिहासिक संविधानसभामा निर्वाचित भएर संसद् पुगेका पन्तपछि, दोस्रो पटक संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक प्रतिनिधि पु¥याउने अभियानमा उनी स्वयं अग्रसर देखिएका छन्।तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) नेतृत्वको समावेशी समाजवादी पार्टीको यो चुनावी अभ

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 497 पटक पढिएको
  • पूर्वराजदूत कार्कीलाई जिताउन संखुवासभामा गठन गरियो १००१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति

    संखुवासभा— आगामी फाल्गुण २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभाले जिल्लाभर चुनावी अभियान सञ्चालन गर्ने तयारी तीव्र पारेको छ ।पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईको संयोजकत्वमा जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।१० स्थानीय तह रहेको संखुवासभामा एमालेले ठूला पालिकामा ५०१ सदस्यीय र साना पालिकामा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको अध्यक्ष राईले जानकारी दिए ।यी कमिटीमार्फत प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा अर्जुनकुमार कार्कीलाई जिताउन वडा, टोल र ब

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 464 पटक पढिएको
  • जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २८७ जनाले लिए सेवा

    काठमाडौं— जनस्वास्थ्य कार्यालय ललितपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ८७ जनाले सेवा लिएका छन् ।महाँकाल गाउँपालिका–६, ठूलादुर्लूङ्गको कपिरामस्थित बागमती आधारभूत विद्यालयमा जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा आयोजना गरिएको एकीकृत प्रजनन् रुग्णता जाँच तथा व्यवस्थापन र भ्यासेक्टी सहितको शिविरको सेवाको विवरण सार्वजनिक गर्दै कार्यालयले १३४ महिला र १५३ पुरुष गरी २८७ जनाले सेवा लिएको जानकारी दिएको हो ।विवरण अनुसार भ्यासेक्टोमी ३, आरएच मोरबिडीटी सम्बन्धी सेवा ७०, एचपिभी डीएनए ४२, स्तन क्यान्सर परीक्षण ३८, युटीआई सम्बन्धी सेवा ३, पीआइडी १०,अल्ट्रासाउन्ड ५० ,महिनावारी सम्बन्धी ५ जनाले स

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 465 पटक पढिएको
  • नेपाली कांग्रेस रामेछापले सोमबारदेखि घरदैलो अभियान थाल्ने

    रामेछाप— नेपाली कांग्रेस रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोमबारदेखि घरदैलो अभियान सुरु गर्ने भएको छ । पार्टीले माघ १९ गतेबाट सुरु हुने प्रचारका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्न लागेको जनाएको छ ।त्यसको लागि नेताहरूलाई जिम्मेवारी दिन कांग्रेस शनिबार पूर्ण बैठक आह्वान गरिसकेको छ। बैठकमा जिल्लाका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई उपस्थित हुन पत्रमार्फत जानकारी गराइएको छ ।पार्टीका प्रचारप्रसार संयोजक हिमाल ढुङ्गेलका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते पार्टीका पूर्व सभापति रामचन्द्र खड्काको उम्मेदवारी दर्ता भएपछि चुनावी रण

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 450 पटक पढिएको
  • स्वास्थ्यमा समास्या देखिएपछि माधव नेपाल अस्पताल भर्ना

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समास्या देखिएपछि नेपाललाई अस्पताल भर्ना गरिएको हो ।चिसोका कारण नेपाललाई रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।जटिल समस्या नभए पनि चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ ।माधव नेपाल रौतहट १ बाट नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् ।

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 495 पटक पढिएको
  • नालापानी युद्धका वीर सुवेदार दयाराम खड्काको योगदानबारे संसदीय समितिमा छलफल

    काठमाडौं— सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नालापानी युद्धका वीर सुवेदार दयाराम खड्काको योगदानबारे छलफल भएको छ । बैठकमा इतिहासविद् श्रीरामप्रसाद उपाध्यायले पाठ्यक्रममा सुवेदार दयाराम खड्काको योगदान समेटिनुपर्ने आवश्यकता औँल्याएका छन् ।उपाध्यायले सुवेदार दयाराम खड्काको नाममा वृत्तचित्र निर्माण गर्नुपर्ने साथै नेपाल टेलिभिजन, रेडियो तथा विभिन्न पत्रपत्रिकामार्फत राष्ट्रिय विभूति दयाराम खड्काबारे वार्ता र लेख प्रकाशित गर्नुपर्नेमा जोड दिएका छन् ।उनले राष्ट्रिय विभूति दयाराम खड्काको नाममा छात्रवृत्ति स्थापना गर्न शिक्षा मन्त्रालयले विश्वविद्यालयहरूलाई पत्राचार गर्नुपर्ने तथा जन

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 454 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.