समाज

    Showing 3,191-3,200 of 11,162 items.
  • सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    काठमाडौं— नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी मिडियामा प्रकाशन–प्रसारण गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत नेपाल प्रेस युनियनका सबै प्रदेश, जिल्ला शाखाहरू तथा प्रतिष्ठान शाखाहरूलाई सरकारी विज्ञापन रोक्दा निजी मिडियामा पर्ने असरका बारेमा अन्तरक्रिया कार्यक्रम ७ दिनभित्र आयोजना गरी प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिइएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हालै जारी गरेको निर्देशनअनुसार सबै प्रकारका सरकारी विज्ञापन, सूचना तथा सार्वजनिक खरिदसम्बन्धी जानकारी

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 463 पटक पढिएको
  • मकवानपुरमा प्रहरीको ‘अपरेसन ड्रप’: अबैध क्रियाकलापमा संलग्न ४० भन्दा बढी व्यक्ति पक्राउ

    हेटौँडा— मकवानपुर जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ अन्तर्गत दुई दिनमै ४० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्री तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले विभिन्न अवैध क्रियाकलापमा संलग्न तथा ठगी धन्दामा सक्रिय व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।एसपी खत्रीले मकवानपुर जिल्लामा बढ्दै गएका अवाञ्छित गतिविधि, ठगी तथा सामाजिक असुरक्षालाई नियन्त्रणमा लिन अभियानलाई कडाइका साथ अघि बढाइएको जानकारी दिए ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 525 पटक पढिएको
  • गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने भएका छन् । गृहमन्त्री गुरुङ आज आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने भएका हुन् ।वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् । निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविकस्थिति अध्ययन गर्ने छन् ।बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित नि

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 485 पटक पढिएको
  • हेटेक्स इंग्लिश बोर्डिङ स्कूलः उद्योगसँगै हराएको एउटा शैक्षिक पहिचान

    हेटौँडा— मकवानपुरको शैक्षिक इतिहासमा एक समय उज्यालो अक्षरले लेखिएको नाम हो हेटेक्स इंग्लिश बोर्डिङ स्कूल । हेटौँडा कपडा उद्योगको पहलमा स्थापना गरिएको यो विद्यालय केवल शिक्षण संस्था मात्र नभई अनुशासन, गुणस्तर र आशाको प्रतीकका रूपमा चिनिन्थ्यो । तर उद्योग बन्द भएसँगै विद्यालय पनि इतिहासमा सीमित हुन पुगेको छ ।वि.सं. २०३०–२०४० को दशकतिर स्थापना भएको यस विद्यालयले उद्योगमा कार्यरत करिब एक हजारभन्दा बढी कर्मचारीका छोराछोरीलाई लक्षित गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको थियो । अंग्रेजी माध्यममा सञ्चालन हुने विद्यालयमा सयौँ विद्यार्थी अध्ययनरत थिए भने कपी, किताब लगायत शैक्षिक सामग्री उद्योगकै व्यव

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 512 पटक पढिएको
  • बाजुरामा एसइईका उत्तर पुस्तिका परीक्षा केन्द्रमै धमाधम परीक्षण गरिँदै

    बाजुरा— बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षण कार्य परीक्षा केन्द्रमै धमाधम जाँच्ने कार्य चलेको छ । नेपालको शैक्षिक इतिहासमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको गतिलाई सुधार गर्ने उद्देश्यले ल्याइएको नयाँ व्यवस्था बाजुरामा समेत सफलतापूर्वक कार्यान्वयनमा आएको हो ।‘माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन,व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका, २०८२’ लागू भएसँगै यस वर्षदेखि उत्तर पुस्तिका जाँच्नका लागि अन्य जिल्ला वा केन्द्रमा पठाउनुपर्ने झन्झटको अन्त्य समेत भएको छ ।बाजुराका १७ वटै परीक्षा केन्द्रमा परीक्षा सम्पन्न विषयको परीक्षण कार्य भइरहेको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 488 पटक पढिएको
  • रामेछापको तेक्वान्दो रंगशाला अलपत्र

    रामेछाप— रामेछापको खाँडादेवी गाउँपालिका–७ गाल्पामा निर्माण सुरु गरिएको राष्ट्रिय स्तरको तेक्वान्दो रंगशालाको निर्माणकार्य अलपत्र परेको छ ।राष्ट्रिय तेक्वान्दो आइटिएफ एकेडेमी सहित निर्माण गर्न लागिएको रंगशालाको निर्माणकार्य अलपत्र परेको हो । खाँडादेखि गाउँपालिकाको गाल्पा बजार नजिकै १ करोड ११ लाख रुपैँयाको लागतमा एकेडेमी भवन निर्माण भएको छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा सो भवन निर्माण भएको हो ।भवनमा चेन्जिङ रुम, बाथरुम, अफिस रुम सहित इनडोर गेमको हल रहेको छ । रामेछापको खाँडादेवी, दोरम्बा शैलुङ र सुनापाती गाउँपालिले प्रदेश सरकार र केन्द्र सरकारलाई गाल्पामा राष्ट्रि

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 432 पटक पढिएको
  • गाजामा राष्ट्रसंघीय कर्मचारीको मृत्युपछि स्वास्थ्य उद्धार कार्य स्थगित, १७०० भन्दा बढी स्वास्थ्यकर्मी मारिएको दाबी

    काठमाडौं— विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गजा क्षेत्रबाट गरिँदै आएको बिरामीहरूको स्वास्थ्य उद्धार कार्य तत्कालका लागि स्थगित गरेको छ । संयुक्त राष्ट्र संघको यस एजेन्सीका लागि कार्यरत एक कर्मचारीको घटनामा मृत्यु भएपछि यो निर्णय लिइएको हो ।विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक विज्ञप्ति जारी गर्दै आफ्ना सहकर्मीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । उक्त घटना हुँदा संगठनका अन्य दुई कर्मचारी पनि घटनास्थलमा भए तापनि उनीहरूलाई कुनै चोटपटक नलागेको उनले बताएका छन् । टेड्रोसले भने, ‘यस घटनापछि गाजाबाट राफाह नाका हुँदै इजिप्टतर्फ गरिने बिरामीको उद्धार कार्य अर्को सूचना

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 511 पटक पढिएको
  • लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेन्डामा जोड

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा भएको उक्त बैठक सोमबार सिंहदरबारमा बसेको थियो ।छलफलमा चालु आर्थिक वर्ष २०८२ र ८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक विषयहरूमा व्यापक बहस भएको थियो । सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा योजनाहरू प्रस्तुत गरेका थिए ।छलफलमा अधिकांश सासदहरुले कपिलवस्तु केन्द्रित विकास प्रस्ताव गरेका थिए । कपिलवस्तु–२ का सांसद विक्रम थापाले ऐतिहास

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 461 पटक पढिएको
  • महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न विविधसहित २७ वटा विषयमा छलफल

    काठमाडौं— काठमाडौं महानगरपालिकाको ४८औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । सोमबार काठमाडौं प्लाजाको सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा विविधसहित २७ वटा प्रस्ताव कार्यसूचीमा थिए । बैठकको प्रारम्भ गर्दै कार्यवाहक प्रमुख डंगोलले सहरी विकास र विकास व्यवस्थापनका मुद्दामा नेपाल सरकार र काठमाडौं महानगरपालिकाका बिच समन्वय र सहकार्यमा सहज परिस्थिति निर्माण भएको बताइन् । पूर्व मेयर बालेन्द्र शाह (बालेन) नेपाल सरकारको प्रधानमन्त्री सहरी विकास र व्यवस्थापनमा विज्ञका रूपमा महानगरका काम गरेका सस्मित पोखरेल शिक्षामन्त्री र सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री ह

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 451 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।बैठक बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको हो ।बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 430 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.