समाज

    Showing 3,171-3,180 of 11,162 items.
  • ऐतिहासिक सिम्रौनगढको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन सांसद धिमालको आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश धिमालले ऐतिहासिक सिम्रौनगढको संरक्षण र प्रवद्र्धनमा सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सिम्रौनगढलाई मिथिला सभ्यता र तिरहुत क्षेत्रको हजारौं वर्ष पूरानो राजधानी तथा नेपालको मध्यकालीन इतिहासको महत्वपूर्ण धरोहरका रूपमा रहेको बताएका हुन् ।उनले यस क्षेत्रलाई व्यवस्थित रूपमा संरक्षण गरी पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।उनले विशेष रूपमा २०६७ सालमा सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्धाधुन्ध रूपमा पोखरी खन्ने कार्यले सिम्रौनगढको करिब ८० प्रतिशत ऐतिहासिक सम्पदा नष्ट भएको

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 206 पटक पढिएको
  • सांसद आकृतिको प्रश्न : विद्यालय पोसाकमै प्रदर्शनमा उत्रिएका युवामाथि गोली प्रहार गर्ने आदेश कुन राष्ट्रको कानुनले दिन्छ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद आकृति अवस्थीले हालैको जेनजी आन्दोलनसँग सम्बन्धित हिंसात्मक घटनाबारे गम्भीर प्रश्न उठाएकी छन् ।आज प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै विद्यालय पोसाकमै कुशासन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि टाउकोमा गोली प्रहार गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ भन्दै प्रश्न गरेकी छन् ।‘विद्यालय पोसाकमा कुशासन र भ्रष्टाचार विरुद्ध प्रदसनमा रहेका भईबहिनीहरु माथि टाउकोमा ताकी ताकी गोली हान्नी हत्या  गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ,’ भन्दै उनले प्रश्न गरेकी छन् ।उनले नेपालको संविधान र वि

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 212 पटक पढिएको
  • यस्ता छन्, मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णयहरु

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ।बैठकको निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले अन्य निर्णयहरू पनि सार्वजनिक गरेकी छन् ।बैठकले जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्र ललितपुर महानगरपालिका वडा नं ३ पुलचोकबाट गोदावरी नगरपालिका ३ मा स्थानान्तरण गर्ने निर्णय, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सरकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूको राजिनामा स्वीकृत गर्ने, र भौतिक पूर्वाधा

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 202 पटक पढिएको
  • प्रतिनिधिसभाबाट तीनवटा विधेयक टेबुल

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा तीनवटा विधेयक टेबुल गरिएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गरेका हुन् । अब अर्को बैठक बुधबार १ बजे बस्नेछ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 222 पटक पढिएको
  • नवनियुक्त उपाध्यक्ष भण्डारीले लिइन् शपथ

    काठमाडौं । राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले शपथ ग्रहण गरेकी छिन् ।मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेकी हुन् ।एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन् ।सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।सपथग्रहण लगत्तै उनले आजै सिंहदरबार पुगेर पदवहाली गर्नेछिन् ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 207 पटक पढिएको
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त

    काठमाडौं— राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।सरकारको आर्थिक तथा विकास नीति निर्माणमा महत्वपूर्ण भूमिका रहने आयोगमा डा. भट्टको नियुक्तिलाई अर्थतन्त्र र योजनागत सुधारका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 540 पटक पढिएको
  • किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

    काठमाडौं— नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । विसं २०६२ सालमा बैंकिङ सेवामा प्रवेश गरेका पण्डितलाई अर्थ मन्त्रालयको प्रस्तावमा उक्त जिम्मेवारी दिइएको हो ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 504 पटक पढिएको
  • महोत्तरीमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु, ३ जना घाईते

    जनकपुर— महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।दुबै मोटरसाईकलमा तीन/तीन जना सवार रहेको थियो । मोटरसाईकल एक आपसमा ठोक्किएपछि मोटरसाईकलमा आगो लागेको थियो । दुर्घटनास्थलमा मृत्यु भएको तीनै जनाको शव जलेको छ । मृतक र घाईतेहरुको पहिचान अहिलेसम्म खुल्न सकेको छैन् ।दुर्घटनास्थलमा फेला परेको सामानहरुका मृतकको शरीरमा रहेको कपडा हेर्दा मृत्यु हुने तीनै विद्यार्थी रहेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरीले जनाएको छ

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 512 पटक पढिएको
  • नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पौडेलले दिए राजीनामा

    काठमाडौं— नेपाल पुनर्बीमा कम्पनीमा सञ्चालक किरण पौडेलले राजीनामा दिएका छन् । कम्पनीको स्वतन्त्र सञ्चालक रहेका पौडेलले पदबाट राजीनामा दिएका हुन् ।उनले चैत २० गते पदबाट राजीनामा दिएको कम्पनीका अर्का एक सञ्चालकले पुष्टि गरेका छन् । ती सञ्चालकका अनुसार पौडेलले आफ्नो व्यक्तिगत र व्यवसायिक कार्यव्यस्तता कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनीको राजीनामा कम्पनीको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 477 पटक पढिएको
  • इन्धन महँगिएपछि सचिव र सहसचिवको सुविधा कटौती

    काठमाडौं— पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएपछि अर्थ मन्त्रालयले उच्च तहका पदाधिकारीहरूको इन्धन सुविधामा कटौती गर्ने निर्णय गरेको छ।मन्त्रालयका अनुसार अब सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीहरूले मासिक ७० लिटर इन्धन मात्र पाउनेछन् भने सहसचिवहरूका लागि यो सीमा ५० लिटर कायम गरिएको छ। यसअघि सचिवहरूले १२५ लिटर र सहसचिवहरूले १०० लिटर इन्धन सुविधा पाउँदै आएका थिए।त्यसैगरी, केन्द्रीय कार्यालयअन्तर्गत सञ्चालनमा रहेका सवारी साधनहरूमा समेत इन्धन आपूर्ति घटाइएको मन्त्रालयले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्ति अस्थिरताको प्रभावलाई मध्यनजर गर्दै सार्वजनिक खर

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 490 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.