काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए ।
काठमाडौं— चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । वन–जंगल संरक्षण तथा सम्बर्द्धन, दलित भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार सुनिश्चित गर्न, अवैध उत्खनन रोक्न, सिर्सिया नदीको प्रदूषण र अतिक्रमण नियन्त्रण गर्न, साथै ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन बन्द गरी अवैध क्रसर उद्योगहरू बन्द गरिनुपर्ने लगायतका माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।सिंहदरबारको ढोका कसको लागि खुल्छ? राष्ट्रको समस्या कहिले देख्दैन सरकार? भन्ने प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । सहभागीहरूले सरकारको ध्यान वातावरणीय समस्यातर्फ आकर्षित गराएका छन्।
काठमाडौं— जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।नयाँ शैक्षिकसत्र २०८३ का लागि चैत २४ गतेसम्म नेपालगञ्ज कार्यालयबाट चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनालले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित १० वटा जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन् ।ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् ।त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् । संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः एक योद्धा’मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो ।विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो । यतिबेला काठमाडौंका विभिन्न स्थानमा चलचित्रको धमाधम छायांकन भइरहेको छ र झरना–सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन् ।गत चैत्र ९ गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको छा
रामेछाप । रोशी खोलाको कटानको कारण ऐतिहासिक धार्मिक तीर्थस्थल सिन्धुलीको अदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिर जोखिममा परेको छ ।मन्दिरको दुवै तर्फ खोलाले कटान गरेर मन्दिर क्षेत्रलाई टापु बनाएको छ । गएको वर्ष र यस वर्षको वर्षामा रोशीमा आएको बाढीले मन्दिर क्षेत्रमा ठुलो क्षति पुरयाएको छ । बाढी मन्दिरमा पसेर मन्दिर क्षेत्र नै डुबाएको थियो । मन्दिर परिसरमा रहेका बटुक तथा शिक्षकहरू २ दिनसम्म मन्दिरमा नै थुनिएका थिए ।बाढीले मन्दिरको वारिपट्टि रहेका घर टहराहरू बगाएर बगर बनाएको छ । घरहरू भएको ठाउँमा अहिले रोशीखोलो बगेको छ । खोलाले कटान गरेको क्षेत्रमा तटबन्धको काम नहुँदा कुनै पनि बेला मन्दिर बगाउने जोखिम ब
काठमाडौं— त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पनि शनिबार र आइतबार बिदा हुने भएको छ ।बिहीबार अस्पतालले एक सूचना प्रकाशित गर्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै टिचिङमा पनि हप्ताको दुई दिन बिदा हुने जानकारी दिएको हो ।एक सूचना प्रकाशित गर्दै टिचिङ अस्पताल प्रशासनले अबदेखि शनिबार र आइतबार दुई दिन बिदा हुने जनाएको छ ।शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । अस्पतालका अनुसार ओपीडी र शल्यक्रिया सेवा भने अरु दिन पनि सञ्चालन हुनेछ ।
काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले वर्तमान सरकारले अब निजी क्षेत्रका सुझावलाई कार्यान्वयनतर्फ लैजानेमा आफूहरू आशावादी रहेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित प्रि बजेट छलफल कार्यक्रममा बोल्दै उनले विगतजस्तो निजी क्षेत्रका सुझावहरू थन्किने अवस्था अब नरहने विश्वास व्यक्त गरे ।उनले भने,‘अहिलेको परिवर्तनको समयमा हामीले पनि अब नयाँ परिवेशमा सोच्नुपर्छ । र हामीले दिएको सुझाव पहिले जस्तो थन्केर बस्दैनन् । आफ्नो सुझावहरुलाई सरकारले अगाडि बढाउँछ भन्ने लागेको छ । किनकी अर्थतन्त्र बढेन भने जुन सरकार पनि टिकाउ हुँदैन भनेर यो दुई दशकमा देखिसक्यौं । नागरिकको अप
रौतहट— गए रातिको भारी वर्षासँगै आएको बाढीले सर्लाहीको हरिजनस्थित चापिनी खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहान साढे ३ बजेदेखि रोकिएको यातायात बिहान साढे ८ बजेपछि सुचारु भएको हो ।पूर्वपश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गर्ने क्रममा हरिवनको तीन घरे र बासा टोलको बिचमा पर्ने चापिनी खोलामा नयाँ पुल निर्माण भइरहेको छ ।पूरानो पुल मर्मत र नयाँ पुल निर्माणका लागि सवारी साधन आवतजावत गर्न वैकल्पिक बाटोका रूपमा डाइभर्सन बनाइएको थियो ।तर, राति परेको मुसलधारे वर्षाका कारण खोलामा बहाव बढ्दा उक्त अस्थायी डाइभर्सन पूर्ण रूपमा बगाएपछि राजमार्ग ठप्प भएको
काठमाडौं— बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । उनिहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन् ।चैत २५ मा साँझ उनीहरूमाथि चक्कु प्रहार भएको थियो । दुईपक्षको बिचमा विवाद हुँदा चक्कु प्रहार भएको थियो । दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो ।घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.