समाज

    Showing ३,०११-३,०२० of ११,१६२ items.
  • ३८० कलाकारको अभिनय रहेको ‘साहु बा’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । वेभसिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार भएको यो सिरिजको निर्माण पक्षले आइतबार रिलिज गरेको ट्रेलरले दर्शकमाझ कौतुहलता र उत्साह जगाउने देखिन्छ ।सार्वजनिक १ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरले सिरिजको कथावस्तु ‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला) मा केन्द्रित रहेको प्रष्ट पार्छ ।यो सिरिजको मुख्य पात्र विजु पार्की रहेको ट्रेलरको सुरुवात र बीचमा देखाइएको सेतो कागजको जहाजले दर्शकमा कौतुहलता जगाउँछ ।यो कुनै पात्रको बाल्यकालको स्मृति वा कसैलाई दिइने बदलाको संकेत हुन सक्छ । रगतले लतपतिएका हातमा त्यो जहाज हुनुले यो सिरिजमा भावनात्मक बदलाक

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २३६ पटक पढिएको
  • बिस्का जात्राको आज चौथो दिन

    काठमाडौं । भक्तपुरमा लाग्ने बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाईँदैछ ।भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्का जात्राको चौथो दिन आज महालक्ष्मी स्थानमा लिङ्गो ठड्याईंदैछ ।हजारौं जात्रालुको सहभागितामा लिङ्गो उभ्याउने गरिन्छ । नववर्षको आगमनसँगै जात्राले स्थानीय थप उत्साह जगाएको छ ।नाग र नागिनीको प्रतिकको रूपमा लिइने लिङ्गो उठाउन हजारौँ स्थानीयवासी सहभागी हुने गर्दछन् । लिङ्गो उठाएपछि स्थानीयबासीले लिङ्गोको माथि डोरीको माध्यमबाट चढेर टुप्पामा गएर फूलपाती ल्याउने गर्दछन् । यसरी फूलपाती ल्याउँदा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १९७ पटक पढिएको
  • वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ

    रौतहट । पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।मृत्यु हुनेमा पर्साको कालिका माई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास चौरसिया रहेका छन् । उनी नेपाल प्रहरीका बहालवाला कर्मचारी (प्रहरी जवान) हुन् ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगन्ज–९ मुरलीस्थित फिरोजा मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।घटनास्थलमा चौर सियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको र अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा फेला पारिएक

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २३१ पटक पढिएको
  • सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध

    काठमाडौं । सरकारले सरकारी विज्ञापन र सूचनाहरू सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्र दिने निर्णय गरेपछि निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरूले देशव्यापी रूपमा सांकेतिक विरोध प्रदर्शन गरेका छन् । चैत ३० गते प्रकाशित दर्जनौँ राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकाहरूले आफ्नो पहिलो पृष्ठमा समाचारको सट्टा ठूलो ‘प्रश्नवाचक चिह्न’ (?) छापेर सरकारको कदमप्रति कडा असन्तुष्टि जनाएका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत १८ मा एक परिपत्र जारी गर्दै सबै सार्वजनिक निकायका सूचनाहरू गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्र दिन निर्देशन दिएको थियो । यस निर्णयले निजी मिडियालाई आ

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १८८ पटक पढिएको
  • करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं— धादिङबाट करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २८६ किलो ४०० ग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका-५ बस्ने १९ वर्षीय होम बहादुर विक रहेका छन् ।इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ५९३ पटक पढिएको
  • प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

    रामेछाप— नेपाल पत्रकार महासंघ सरकारको प्रेस माथि अंकुश लगाउने निर्णय विरुद्ध आन्दोलनमा उत्रिने भएको छ ।नेपाल पत्रकार महासंघको आइतबार हेटौँडामा सम्पन्न चौथो पूर्ण बैठकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मुद्दामा महासंघ एक भएर अघि बढ्ने निर्णय गरेको महासंघकी अध्यक्ष निर्मला शर्माले जानकारी दिइन् ।शर्माले लोकतन्त्रको लागि लड्दै आएका सञ्चार माध्यम माथि सरकारले आर्थिक नाकाबन्दी लगाएको बताइन् । उनले जन निर्वाचित सरकारलाई नेपाल पत्रकार महासंघले सरकारलाई स्वागत गरेको बताउँदै उनले सरकारलाई अभिव्यक्ति स्वतन्त्रता माथि कुनै पनि अंकुश लगाउन नदिन सचेत बनाउने स्पष्ट पारिन् ।बैठकले लोकतन्त्र, स्व

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ४१६ पटक पढिएको
  • एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं— एपोलो हाइड्रो पावरले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २६ गतेदेखि सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ सार्वजनिक गरेको हो ।उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले सि आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन् ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले सम्हालेको छ । आईपीओमा आवेदन दिने समय आज बैंकिङ समयभित्र मात्र रहने भएकाले समयमै आवेदन दिन

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ४८५ पटक पढिएको
  • बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित

    काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) विजयी भएको छ ।आइतबार राति भएको खेलमा आरसीबीले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।आरसिबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए ।आरसीबीका लागि फिल सल्टले ३६ बलमा ७८ रन बनाए । त्यस्तै, रजत पाटीदारले २० बलमा ५३ रन तथा विराट कोहलीले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।२४१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो ।यो जितसँगै आर

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ४४८ पटक पढिएको
  • नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन

    सुनसरी— अन्तर्राष्ट्रिय आमन्त्रण नवौँ भरौल गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । वराहक्षेत्र नगरपालिका–कालाबंजरमा आयोजित प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको छ ।सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले पथरी–११ फुटबल क्लब, मोरङलाई ३–२ गोलको प्रतिस्पर्धात्मक नतिजामा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले उच्च स्तरको प्रदर्शन गरेका थिए, जसले दर्शकहरूलाई अन्तिम समयसम्म उत्साहित बनाएको थियो ।प्रतियोगिताको सफल आयोजनामा योगदान पु¥याउने आयोजक समिति, विभिन्न सहयोगी संस्था, प्रायोजक तथा व्यवस्थापन टोलीप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ५११ पटक पढिएको
  • प्रधानमन्त्रीविरुद्ध गालीगलौजः पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

    काठमाडौं— गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पक्राउ परेका युवालाई हालका लागि परिवारको जिम्मा लगाइएको जानकारी दिएको छ ।सरकारले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने दोहोरÞ्याउँदै आफ्ना विचार व्यक्त गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ । साथै, समाजमा अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता गतिविधि प्रचलित क

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ४३६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.