समाज

    Showing 3,011-3,020 of 10,007 items.
  • जेनजी प्रदर्शनः सिंहदरबारमा आगजनी गर्ने एक जना पक्राउ

    काठमाडौं— प्रहरीले गत भदौ २४ गत जेनजी युवाहरूको प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको बताउने र आगजनी गर्न उक्साएको अभियोगमा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतम रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।पक्राउ परेका गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा बिहीबार पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताए।

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 209 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले लिइन मतपत्र छपाइको प्रगतिबारे जानकारी

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छिन् ।प्रधानमन्त्री कार्कीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएकी हुन् ।गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारी पनि साथमा रहेका थिए ।

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 256 पटक पढिएको
  • सिंगो देशले पाएको दुखको अगाडि मेरो पीडा केही पनि होइनः रवि लामिछाने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सभापति रवि लामिछानेले सिंगो देशले पाएको दुखको अगाडि आफ्नो पीडा केही पनि नभएको बताएका छन् । बिहीबार चितवन पुगेका उनले देशले पाएको दुख आफ्नो भन्दा धेरै ठूलो भएको भन्दै आजबाट देशको पीडा र त्यसलाई समाधान गर्नको लागि काम गर्ने बताए ।उनले भने, ‘सिंगो देशले पाएको दुखको अगाडि मेरो कुनै हिसाब छैन । सिंगो देशले दुख पाएको छ । आजबाट कहिले काँही धेरै पीडा भएर कराएछु भने सुनिदिनुहोला नत्र भने आजबाट म मेरो पीडाको कुरा गर्दिन्, देशको पीडाको कुरा गर्छु, त्यसलाई समाधान गर्नको लागि हामी कसरी जानुपर्छ त्यसको लागि जानेछौँ । म कुनै राजनीतिक दल वा अरु नेतालाई गाली गर्

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 248 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनका लागि ७२ लाखभन्दा बढी मतपत्र छपाइ

    काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मतपत्र छपाइ तीव्र रूपमा अगाडि बढेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा भइरहेको छ ।आयोगका अनुसार मिति २०८२ पुष २२ गतेदेखि सुरु गरिएको नमुना मतपत्र छपाइ अन्तर्गत १० लाख ९८ हजार २०० थान नमुना मतपत्र छपाइ सम्पन्न भई विभिन्न जिल्लामा पठाइसकिएको छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र छपाइ मिति २०८२ पुष २६ गतेबाट सुरु भई माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २ करोड ८ लाख ३० हज

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 441 पटक पढिएको
  • डिजिटल रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धता अनिवार्य

    काठमाडौं— आगामी फागुन २१ गते हुने चुनावको घोषणापत्रमा डिजिटल एजेन्डाको विषयमा छलफल भएको छ ।बिहीबार पुलचोकस्थित द प्लाजामा आयोजना गरेको ‘डिजिटल लिडरशिप डायलग’ कार्यक्रममा आइसिटी फाउन्डेसन नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै डिजिटल नेतृत्व र नीतिमा छलफल गरेको हो ।कार्यक्रममा फोकस ग्रुप डिस्कसन, किनोट प्रस्तुति तथा प्यानल छलफलमार्फत नीति निर्माता, राजनीतिक नेता, आईटी विज्ञ तथा सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो ।फोकस ग्रुप छलफललाई छ वटा समूहमा विभाजन गरी डिजिटल सार्वजनिक पूर्वाधार, डिजिटल सीप तथा मानव संसाधन, डिजिटल गभर्नेन्स, डिजिटल अर्थतन्त्र, एआई तथा नेक्स्ट जेन प्रविधि, साइबर सुरक्षा तथ

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 464 पटक पढिएको
  • इनास ग्लोबल समितिको सूचना तथा प्रचार–प्रसार (मिडिया)समितिको संयोजकमा पाण्डे नियुक्त

    काठमाडौं— अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास० ग्लोबल समितिले सन् २०२५–२०२७ कार्यकालका लागि सूचना तथा प्रचार–प्रसार (मिडिया) समितिको संयोजक पदमा दयाराम पाण्डेलाई नियुक्त गरेको छ ।गत जनवरी ११, २०२६ मा सम्पन्न इनास ग्लोबल समितिको बैठकको निर्णयअनुसार पाण्डेलाई ग्लोबल समिति अन्तर्गत रहने गरी उक्त जिम्मेवारी प्रदान गरिएको हो । इनासका महासचिव प्रकाश तिवारीद्वारा जारी औपचारिक पत्रमार्फत पाण्डेलाई नियुक्तिको जानकारी गराउँदै हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ ।नियुक्तिपत्रअनुसार संयोजक पाण्डेले समितिका सुपरिवेक्षकसँग आवश्यक सल्लाह तथा समन्वय गरी पत्र प्राप्त भएको १५ दिनभ

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 504 पटक पढिएको
  • रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, चालक फरार

    रौतहट— रौतहटको इशनाथ नगरपालिकामा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको उक्त दुर्घटनापछि ठक्कर दिने कारका चालक फरार भएका छन् ।प्रहरीका अनुसार ईशनाथ नगरपालिका वडा नम्बर ४, मठिया टोलस्थित मस्जिद नजिकै बाटोमा खेलिरहेकी ४ वर्षीया बालिका अल्फा खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो । स्थानीय मोहम्मद सगिरकी छोरी अल्फालाई ठक्कर दिएलगत्तै कार चालकले नै उपचारका लागि गौरस्थित सिटी अस्पताल पु¥याएका थिए ।तर, घाइते बालिकालाई अस्पतालमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सिटी अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरी टोलीले बालिकालाई थप उपचारका लागि

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 452 पटक पढिएको
  • यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ।यस्तै, युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ ११ पैसा र बिक्रीदर १७० रूपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८६ रूपैयाँ ३२ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रूपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ४३ पै

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 462 पटक पढिएको
  • आज २०८२ साल माघ २३ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ २३ गते शुक्रबार फागुन कृष्ण पक्षको पञ्चमी तिथि । मेषः विरोधी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । व्यवहार गर्दा साथीको पहिचान गर्नुपर्ने समय आएको छ । सञ्चित धन खर्च हुनेछ । हरेक काममा स्वास्थ्यले साथ दिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।वृषः दिन सहज छ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारमा थोरै बोल्नु उचित हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।मिथुनः बोल्दा सचेत बन्नुपर्ने समय छ । शास्त्रको अध्ययनमा बितेको समय सफल बन्नेछ । व्यापारमा सहकार्य गर्नु उचित हुनेछ । परिवारको साथ र

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 516 पटक पढिएको
  • विनोद विक स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार सिंह र रावल सम्मानित

    बाजुरा— प्रेस चौतारी नेपाल बाजुरा शाखाले स्थापना गरेको विनोद विक स्मृति पत्रकारीता पुरस्कारबाट दुई जना पत्रकार सम्मानित भएका छन् ।सम्मानित हुनेमा पत्रकार प्रकाश सिंह र सन्तोषी रावल रहेका छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले हरेक वर्ष प्रदान गर्दै आएको विनोद विक स्मृति पत्रकारिता पुरस्कार यो बर्ष पत्रकार सिंह र रावललाई प्रदान गरिएको प्रेश चौतारी नेपाल बाजुराका सचिव सुशील रोकायाले जानकारी दिए ।२८ औं स्थापना दिवसको अवसर पारेर उनीहरुलाई सम्मानित गरिएको सचिव रोकायाको भनाई छ । विहिवार बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई नगद ५ हजार ५ सय ५५ सहित सम्मानित गरिएको छ ।प्रे

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 321 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.