समाज

    Showing 2,991-3,000 of 11,162 items.
  • राष्ट्रपतिद्वारा नव वर्ष २०८३ को शुभकामना,एकता, सुशासन र राष्ट्रिय संकल्पमा जोड

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नव वर्ष २०८३ को अवसरमा शुभकामना दिँदै राष्ट्रिय एकता, सुशासन र समृद्धिका लागि साझा संकल्प आवश्यक रहेको बताएका छन् ।मंगलबार नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनले नयाँ वर्षलाई केवल उत्सवका रूपमा नभई विगतको समीक्षा र भविष्यका लागि मार्गनिर्देशन गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरे।राष्ट्रपतिले हालै सम्पन्न निर्वाचनमार्फत जनताले संघीय लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, सामाजिक न्याय र समृद्धिप्रतिको अपेक्षा प्रष्ट पारेको बताए । उनले जनताको यही चाहनालाई पूरा गर्न सबै राजनीतिक शक्ति र नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।देशलाई सही दिशामा अगाडि बढ

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 276 पटक पढिएको
  • स्वकीय सचिवको योग्यता निर्धारण गर्न सरकारलाई संसदको सिफारिस

    काठमाडौं— संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको बैठकले उक्त विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको हो।बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष माननीय लिला कुमारी भण्डारी, संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव, राष्ट्रिय सभाका सचिव तथा संघीय संसद सचिवालयका सचिव

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 332 पटक पढिएको
  • विद्यालयहरुप्रति मन्त्रालयको एक्सन: छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ ।मन्त्रालयले सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे/नगरेको सम्बन्धमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा उल्लेख भए अनुसार निजी लगानीका व

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 529 पटक पढिएको
  • राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

    रौतहट— पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश जारी गरेका छन् । मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले निषेध र प्रतिशोधको राजनीति त्यागेर देशलाई केन्द्रमा राखी अघि बढ्न सबै पक्षलाई आह्वान गरेका हुन्।पूर्वराजा शाहले देशमा विद्यमान असन्तुष्टि र मागहरूलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।‘जनचाहनालाई मनन गर्दै संवैधानिक समाधान खोज्न अब विलम्ब गर्नु हुँदैन’, उनले भनेका छन्,‘परस्परको राग, द्वेष र प्रतिशोधले राष्ट्रलाई हित गर्दैन ।’विगतका वर्षहरूमा भएका राजनीतिक र शासकीय फेरबदलप्रति टिप्पणी गर्दै उनले

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 518 पटक पढिएको
  • नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता

    मुगु— मुगुको सोरु गाउँपालिका–४ रावलवडाँडा निवासी धन बहादुर मल्लको छोरा अन्दाजी १० बर्षीय आकाश मल्लको हुम्ला कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन ।मल्लसहित चारजना साथीहरुसँग बाख्रा चराउन गएका आकाश मुगु र हुम्ला कर्णाली करिडोर जोड्ने पिपलमुडा भन्ने ठाँउमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन ।सोमबार दिउँसो करिब १२ बजेको समयमा बाख्रा छाडेर चारैजना नदीमा नुहाउन गएको बेला डुबेर बेपत्ता भएपछि साथीहरुले स्थानीयलाई खबर गरेका थिए । हाल बेपत्ताको शव खोजी भइरहेको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 370 पटक पढिएको
  • आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व

    मोरङ— किरात आठपहरिया समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व बैशाखे बिसु यस वर्ष पनि उर्लाबारी–९ इन्द्रेझोडामा परम्पराअनुसार विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित सम्पन्न भएको छ ।परम्परा, संस्कार र सामुदायिक एकतालाई जोड्ने यो पर्व बहुदिनसम्म मनाइने विशेषता बोकेको छ ।बिसु पर्वको सुरुवात भूमिपूजाबाट गरिन्छ । यसलाई प्रकृतिप्रति आस्था र सम्मानको प्रतिकका रूपमा लिने गरिन्छ । दोस्रो दिन मार्गाथान (पूजास्थल) को सरसफाइ तथा लिपपोत गरिन्छ, जसले पवित्रता र धार्मिक तयारीको संकेत गर्दछ । तेस्रो दिन मार्गाथानमै कुखुरा र सुँगुरको बलि चढाउने चलन रहिआएको छ, जसलाई देवीदेवताप्रति श्रद्धा अर्पण गर्ने विधिका रूपमा ल

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 502 पटक पढिएको
  • भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी

    काठमाडौं— भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सङ्घ–संस्थाका कार्यालयमा तालाबन्दी गरिएको छ। समाज कल्याण परिषद्अन्तर्गत रहेका ती कार्यालयहरूले वर्षौँदेखि भाडा नतिरेपछि सोमबार परिषद्ले कडाइका साथ कारबाही अघि बढाएको हो।परिषद्का अनुसार पटक–पटक सूचना जारी गर्दा पनि सम्बन्धित संस्थाहरूले भाडा बुझाउन बेवास्ता गरेपछि अन्ततः तालाबन्दी गर्नुपरेको हो। भाडा नतिर्ने संस्थाहरूमा विभिन्न गैरसरकारी संस्था तथा व्यवसायिक प्रयोजनका लागि सञ्चालन गरिएका कार्यालयहरू रहेका छन्।समाज कल्याण परिषद्ले लामो समयदेखि बाँकी भाडा असुलीका लागि पहल गर्दै आएको भए पनि अपेक्षित सहयोग नपाएपछि यस्तो कदम चालिएको जनाएको छ। परिषद

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 550 पटक पढिएको
  • सरकारको अदूरदर्शी निर्णयले केराको मूल्य ४०५ बढ्यो, दैनिक ५० लाख राजश्व घाटा

    काठमाडौं— सरकारको अदूरदर्शी निर्णयका कारण देशभर केराको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो निर्णयपछि बजारमा केराको भाउ करिब ४० प्रतिशतले बढेको व्यवसायीहरूले बताएका छन्। यसले उपभोक्तालाई प्रत्यक्ष मार परेको छ भने व्यापारिक क्षेत्र पनि प्रभावित भएको छ।केरा आयात तथा वितरणसँग सम्बन्धित नीतिमा गरिएको परिवर्तनलाई व्यवसायीहरूले असन्तुलित र अव्यवहारिक भन्दै आलोचना गरेका छन्।  नयाँ व्यवस्थाले आपूर्ति प्रणालीमा अवरोध सिर्जना गरेको छ, जसका कारण बजारमा केराको अभाव देखिएको  उनीहरू बताउँछन । स्वदेशमा उत्पादन भएको केराले मूल्य नपाउनु र विेदेशी केराले बजार पाउनुले किसानहरुमा निराशा छाएको व्यावस

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 599 पटक पढिएको
  • मन्त्रीहरुको सम्पत्ति छानबिन र आयस्रोत खुलाउन माग गर्दै अखिल क्रान्तिकारी सडकमा

    काठमाडौं— नेपाल सरकारका मन्त्रीहरूको हालै सार्वजनिक भएको सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।मन्त्रिपरिषद् सदस्यहरूको सम्पतीको वास्तविक स्रोत खुलाउन र अवैध देखिएका सम्पत्तिमाथि तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन माग गर्दै संगठनले सरकारमाथि दबाब सिर्जना गरेको हो । माईतीघरमा प्लेकार्डसहित उत्रिएका विद्यार्थीले मन्त्रीहरूको विलासी जीवनशैली र सार्वजनिक गरिएको सम्पत्ति विवरणबीच मेल नखाएको दाबी गरेका छन् ।प्रदर्शनकारीहरूले ‘सम्पत्ति देखियो—स्रोत कहाँ गयो?’, ‘मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार’, र ‘

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 497 पटक पढिएको
  • आईआरजीडीडी र जीआईआईए बीच टोकियोमा उच्चस्तरीय रणनीतिक परामर्श बैठक सम्पन्न

    काठमाडौं— इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी), नेपालले जापानको प्रमुख अन्तर्राष्ट्रिय मामिला, नीति अनुसन्धान तथा वैश्विक संवादमा समर्पित प्रतिष्ठित संस्था जापान इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्स (जीआईआईए) सँग उच्चस्तरीय रणनीतिक परामर्श सम्पन्न गरेको छ ।उक्त बैठक जीआईआईएका अध्यक्ष केनिचिरो सासाएको आतिथ्यमा सम्पन्न भएको थियो । उनको नेतृत्वले जीआईआईएलाई विश्व नीति संवाद र बौद्धिक आदान–प्रदानको अग्रणी संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आईआरजीडीडी प्रतिनिधिमण्डलको नेतृत्व नेपालका पूर्व राजदूत तथा आईआरजीडीडीकी अध्यक्ष डा। शर्मिला प्रमिला ढ

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 487 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.