समाज

    Showing 2,981-2,990 of 11,162 items.
  • सुनचाँदीको मूल्यमा वृद्धि

    काठमाडौं— नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तीन हजार एक सय रुपैयाँले बढेको छ ।आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्यमा पनि आज बढेको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 348 पटक पढिएको
  • अण्डाको मूल्यमा वृद्धि

    चितवन— अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर आजदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो।नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ९३० वटा बराबर रु ४६५ कायम गरिएको छ, जुन यसअघिको रु ४५० बाट रु १५ ले वृद्धि हो । त्यसैगरी मझौला अण्डाको मूल्य रु ४१५ तोकिएको छ, जुन यसअघि रु ४०० थियो।सङ्घका अनुसार पछिल्लो समय कुखुरामा देखिएको रोग र बढ्दो गर्मीका कारण उत्पादनमा कमी आएको छ । साथै नयाँ वर्षको पूर्वसन्ध्यादेखि पर्यटकीय गतिविधि बढेसँगै बजारमा अण्डाको माग उच्च भएको छ। सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबा

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 377 पटक पढिएको
  • तामाकोसी जेटबोटसँगै अब र्याफ्टिङ पनि

    रामेछाप— रामेछापको सदरमुकाम स्थित तामाकोसी नदीमा अब जेटबोटसँगै अब र्याफ्टिङ पनि सञ्चालन हुने भएको छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्राको मनोरञ्जन दिन तामाकोसी मरिण एड्भाञ्चार प्रालिले सो परीक्षणका रूपमा सो सेवा सुरु गरेको हो ।एक वर्ष अघि परीक्षणको रूपमा तामाकोसी जेटबोट सञ्चालन गरेको प्रालिले नयाँ वर्ष २०८३ बाट र्याफ्टिङ पनि परीक्षणको रूपमा सुरु गरेको कम्पनीका सञ्चालक सागरहरि अधिकारीले जानकारी दिए ।अधिकारीका अनुसार अहिले जेटबोट मन्थलीको करमबाटदेखि मन्थली घाटको पुलसम्म सञ्चालन भइरहेको छ । यसलाई विस्तार गरी करमबोटदेखि खुर्कोटसम्म जेटबोट सञ्चालन गर्ने योजना कम्पनीले बनाएको छ । त्यसको लागि नदीका

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 367 पटक पढिएको
  • नयाँ वर्ष २०८३ः समाजवादी रूपान्तरणतर्फ अग्रसर हुन खनालको आह्वान

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै देशलाई समाजवादी रूपान्तरणतर्फ अघि बढाउन आह्वान गरेका छन्।नयाँ वर्षको सन्देश दिँदै नेता खनालले २०८२ साललाई “उथलपुथलपूर्ण वर्ष” का रूपमा उल्लेख गर्दै देश अहिले नयाँ चुनौती र सम्भावनाहरूको संघारमा उभिएको बताएका छन्। उनले देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा नवजागरण, एकता, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।खनालले २०६२–०६३ को जनआन्दोलनपछि प्राप्त उपलब्धिहरू गणतन्त्र स्थापना, संविधान निर्माण तथा वामपन्थी सरकार गठन , उल्लेख गर्दै त्

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 384 पटक पढिएको
  • मानसिक यातनाबाट प्रभावितहरुको संख्या बढी: एकद्वार संकट व्यवस्थापन केन्द्र

    जनकपुर— धनुषास्थित प्रादेशिक अस्पताल जनकपुरमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रले दोस्रो चौमासिक समन्वय बैठक सम्पन्न गरेको छ । सो बैठकमा अन्तिम ९ महिनामा उक्त केन्द्रमा आएका बिरामी(पिडितहरुको) तथ्याङ्क प्रस्तुत गरिएको छ भने विद्यमान समस्याहरुको बारेमा छलफल गरिएको छ ।सोमबार प्रादेशिक अस्पताल जनकपुरधामको बैठक कक्षमा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार ९ महिनामा एकद्वार संकट व्यवस्थापन केन्द्रमा आएका बिरामी (पिडित)हरु मध्ये ५० प्रतिसत जति मानसिक यातनाबाट पिडित भएकाहरु रहेका छन् । एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा २०८२ साउन महिना देखि चैतसम्ममा जम्मा ८८१ जना पिडितहरुको आएका छन् । जसमध्य

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 366 पटक पढिएको
  • संघीयतामाथि अझै चुनौती, सहकार्यबाटै समाधान खोज्न मुख्यमन्त्री कार्कीको सन्देश

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै संघीय शासन प्रणाली कार्यान्वयनमै अझै चुनौती रहेको बताएका छन् । केन्द्रीकृत मानसिकता कायम रहँदा प्रदेश संरचनाले अपेक्षित गति लिन नसकेको उनले जनाए ।मुख्यमन्त्री कार्कीले संविधान जारी भएको एक दशकपछि पनि व्यवहारमा संघीयता मजबुत बनाउन आवश्यक प्रयास अझै अपुग रहेको बताए । यस्तो अवस्थामा सहकार्य, समन्वय र सहअस्तित्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको धारणा छ ।उनले प्रदेश सरकारले छोटो अवधिमा गरेका कामहरू प्रभावकारी भए पनि लोकप्रियतावादी प्रवृत्तिका कारण ती कामहरू पर्याप्त रूपमा स्थापित हुन न

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 392 पटक पढिएको
  • नाइजेरियन टोलीमाथि मोरङको रोमाञ्चक जित, इटहरी गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित

    विराटनगर— युवा समाज मोरङले जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै १६औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सोमबार राति सम्पन्न उद्घाटन खेलमा मोरङले संघर्षपूर्ण जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।खेल सुरु भएको चौथो मिनेटमै श्रीजन गौतमले गोल गर्दै मोरङलाई अग्रता दिलाए। विपक्षी डिफेन्डरबाट रिबाउण्ड भएको बललाई सदुपयोग गर्दै उनले सुरुवाती दबाबलाई गोलमा परिणत गरेका थिए। तर, पहिलो हाफको ३५औं मिनेटमा डिबोला हामजामले बराबरी गोल फर्काउँदै नाइजेरियन टोलीलाई खेलमा फर्काए। डेबिड ओलवोको फ्रिकिक नियन्त्रण गर्न नसक्दा आएक

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 373 पटक पढिएको
  • आजदेखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुँदै ८ देखि ११ बजेसम्म सञ्चालन

    काठमाडौं—  साझा यातायातले आजदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ।आज साँझदेखि पहिलो चरणमा काठमाडौं उपत्यकाको लगनखेलदेखि बुढानीलकण्ठसम्म, बुढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टदेखि थानकोटसम्मको रुटमा साझा यातायात मार्फत रात्रिकालिन विद्युतीय बस सेवा सञ्चालनको शुभारम्भ हुँदैछ ।हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने गरी समय तालिका मिलाइएको छ।दक्षिण रुटअन्तर्गत लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 397 पटक पढिएको
  • प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

    काठमाडौं—  प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२/८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको छ ।सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सारेका थिए ।छलफलमा धादिङ–१ बाट निर्वाचित सांसद आशिका तामाङले सि

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 375 पटक पढिएको
  • नयाँ वर्षमा राष्ट्रिय चुनौती सामना गर्न एकजुट हुन गगन थापाको आह्वान

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान गरेका छन ।नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै जारी गरिएको शुभकामना सन्देशमा सो कुरा बताएका हुन।उनले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको संरक्षण र सुदृढीकरणका लागि सबैको दृढ संकल्प आवश्यक रहेको उल्लेख गरे ।थापाले आफ्नो सन्देशमा भनेका छन, “नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै भविष्यका चुनौतीहरू सामना गर्न हामी एकताबद्ध हुनुपर्छ। नवीन अवसरहरूको सदुपयोग गर्दै सुशासन र आर्थिक विकासको मार्गमा दृढ

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 354 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.