समाज

    Showing 2,951-2,960 of 4,897 items.
  • न्यायालय बिचौलियाको घेरामा, सेटिङमा अभियुक्त हाजिर गरेको आरोप

    रौतहट ६ असार। पूर्व मन्त्री महमद आफताब आलमलाई सफाई दिने पुनरावेदन अदालतका दुईजना न्यायाधीश न्याय परिषदमा तानिएको बेला रौतहटस्थित न्यायालय बिचौलियाको घेरामा परेको चर्चा चुलिएको छ। स्थानिय कटहरिया नगरपालिका ५ अन्तर्गत नवविवाहिता हत्या प्रकरणका मुख्य आरोपी तथा आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई सेटिङ अनुसार प्रहरीमा हाजिर गराएको आरोप लागेको छ  । नवविवाहिता हत्या प्रकरणमा प्रहरीले अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै पीडित पक्षले  न्यायका लागि अपिल समेत गरेका छन्। कटहरिया नगरपालिका–५ मा वैशाख २८ गते भएको सानिया प्रविनको मृत्यु प्रकरणमा पीडित परिवारले न्यायका लागि पहल गर

    • प्रकाशित मितिः असार ६, २०८२
    • 114 पटक पढिएको
  • विराटनगरमा मिटरब्याज आतंक : ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन

    विराटनगर - सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद रौनियारविरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले मोरङ जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका छन्।उनीहरूका अनुसार मन्टु जेलबाट छुटेपछि पनि पुरानै शैलीमा त्रास फैलाउन थालेपछि १२ जना सर्वसाधरणले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन्।उनले चिठीमार्फत् पैसा माग्दै धम्की दिने, कानुनी कारबाहीको डर देखाएर मानसिक दबाब दिने र प्रत्यक्ष भेटमै अभद्र व्यवहार गर्ने कार्य दोहोर्‍याइरहेका छन्। यही आरोपसहित १२ जना पीडितले संयुक्त रूपमा जि

    • प्रकाशित मितिः असार ६, २०८२
    • 183 पटक पढिएको
  • अविरल वर्षसंगै आएको बाढीले ३४ वटा बाख्रा बगायो

    कैलाली—  कैलालीको मोहन्याल गाउँपालिकामा कोटाखोलामा आएको बाढीले ३४ वटा बाख्रा बगाएको छ। आज बिहान बाख्रा चराउन लग्दा उक्त खोलाले बाख्रा बगाएको भन्ने खबर प्राप्त भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ। घटनाबारे थाहा पाएपछि प्रहरी टोली घटनास्थलमा गएको छ। घटनाबारे विस्तृत जानकारी आउन् बाँकी छ। प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको छ। पानीसँगै विपद्का घटना हुनसक्ने जोखिमलाई मध्य नजर गर्दै सावधानी अपनाउन प्रहरीले अनुरोध पनि गरेको छ । 

    • प्रकाशित मितिः असार ६, २०८२
    • 69 पटक पढिएको
  • मृत आमासँग १६ दिनसम्म नवजात शिशु जीवित भेटियो

    कैलाली— जिल्लाको गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने २५ वर्षीया तुलसी नाथ मृत फेला परेकी छन् । नाथ मृत भेटिएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनास्थलमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोली पुगेको जानकारी दिए ।नाथ घर नजिकै मृत फेला परेकी हुन् । मृतक नाथको १६ दिनको नवजात शिशु भने सकुशल अवस्थामै भेटिएका छन् ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 185 पटक पढिएको
  • बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    जनकपुर । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यकारी निर्देशकको रूपमा कार्यरत रहँदा सार्वजनिक रकम हिनामिना गरेको अभियोगमा पूर्व निर्देशक बलराम ठाकुरसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्रअनुसार ठाकुरले २०७५ साल मंसिर ५ गतेदेखि २०७९ मंसिर ४ गतेसम्म कार्यकालमा योजनाबद्ध तरिकाले सार्वजनिक रकम दुरुपयोग गरेका थिए । स्कर्पियो गाडी खरिद तथा विक्रीको प्रक्रिया र यात्री निवास मर्मत तथा सौन्दर्यीकरणका नाममा करोडौं रुपैयाँ हिनामिना गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । आयोगका अनुसार ठाकुरले बा १३

    • प्रकाशित मितिः असार ६, २०८२
    • 190 पटक पढिएको
  • बाढीमा फसेका पाँच जनाको उद्धार

    बनेपा— वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण खोलाको बीचमा फसेका पाँच जनाको उद्धार गरिएको छ।बिहीबार राति रोशी खोलामा आएको बाढीका कारण नमोबुद्ध नगरपालिका–५ लासकोटमा पाँच जना, एउटा जेसिबी र एउटा टिप्पर खोलाको बीचमा फसेका थिए।पाँच जना मानिस खोलाको बीचमा फसेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको प्रहरी टोली, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलामा फसेका उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।सुरक्षा टोलीले ओखलढुङ्गा दुधकोशी गाउँपालिका– ४ का मजदुर काम गर्ने सागर राई, नमोबुद्ध नगरपालिका– ५ का टिप्पर च

    • प्रकाशित मितिः असार ६, २०८२
    • 143 पटक पढिएको
  • देवरले गरे भाउजूको विभत्स हत्या

    काठमाडौं— मकवानपुरको थाहा नगरपालिका—१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको विभत्सरूपमा हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले देवर नाता पर्ने ३५ वर्षीय बिमलमान गोपालीले धारिलो हतियार प्रहार गरी तुलमायाको हत्या गरेका जानकारी दिए।खुकुरीले टाउको र घाँटीमा वीभत्स तरिकाले प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि उनी फरार भएकामा अपराह्न खुकुरीसहति पक्राउ परेका प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः असार ५, २०८२
    • 205 पटक पढिएको
  • मितेरी बचत ठगी प्रकरणः कम्बोडियामा पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान सुरु

    काठमाडौं— मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले ४२ वर्षीय भण्डारीलाई पक्राउ गरी बुधबार राति काठमाडौं ल्याएको हो। उनलाई अब ठगीसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।सिआइबीका अनुसार भण्डारीले मितेरी सहकारीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूलाई झुक्याएर रु १४ करोडभन्दा बढी रकम विदेश लगिएको अनुसन्धानबाट खुलेको छ।गुरुङले अपचलन गरेको रकम थाइल्याण्ड

    • प्रकाशित मितिः असार ५, २०८२
    • 178 पटक पढिएको
  • जबरजस्ती करणीको आरोपमा बैतेश्वर गाउँपालिका उपाध्यक्षको भाइ पक्राउ

    भक्तपुर— दोलखाको बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीका भाइ सुरेन्द्र उप्रेती जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।भक्तपुरको ठिमीस्थित प्रहरी वृत्तले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढाइएको छ।हाल घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन। प्रहरीले अनुसन्धानको क्रममा पत्ता लागेका थप तथ्यहरू पछि सार्वजनिक गरिने जनाएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 251 पटक पढिएको
  • टिपरको ठक्करबाट एक जनाको मृत्यु

    विराटनगर— मोरङको विराटनगर महानगरपालिका–३ स्थित भित्री सडकखण्डमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।असार ४ गते दिउँसो को.१ क ९५३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक र पछाडि सवार व्यक्ति घाइते भएका थिए।दुर्घटनामा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ निवासी २० वर्षीय स्कुटर चालक पृतम बजगाई र पछाडि सवार ५० वर्षीय सुसिल बजगाई घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर, चिकित्सकले सुसिल बजगाईलाई अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए।दुर्घटनापछि टिपर चालक मोरङ कानेपोखरी गाउँपालिका–३ का

    • प्रकाशित मितिः असार ५, २०८२
    • 220 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा