समाज

    Showing 2,851-2,860 of 10,003 items.
  • बाजुरामा प्रतिनिधि सभा निर्वाचन मतदान अधिकृतलाई तिन चरणमा तालिम दिइदैँ

    बाजुरा— फागुन २१ गते हुने लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा आइतबार नियुक्त भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बिहीबारबाट एक दिने अभिमुखीकरण तालिम दिइने भएको छ ।फागुन १४ गते बिहीबार बुढी नन्दा नगरपालिका, हिमाली, स्वामिकार्तिक खापर गाउँपालिका र जगेडामा रहेका गरी ८८ जन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।त्यस्तै, फागुन १५ गते खप्तड छेडे दह, जगन्नाथ गाउँपालिका, त्रिवेणी नगरपालिका र अस्थायी मतदान केन्द्रका ७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण गरिने निर्वाचन कार्यालय बाजुराका निर्वाचन

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 450 पटक पढिएको
  • निर्वाचन सुरक्षार्थ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा थप सुरक्षाकर्मी परिचालन

    काठमाडौं—  निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा थप सुरक्षाकर्मी परिचालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा सुदूरपश्चिम प्रदेश प्रहरी धनगढीबाट सुदूरपश्चिम प्रदेशका नौओटै जिल्लामा थप प्रहरी परिचालन गरिएको छ ।  प्रदेश प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीमा ६३२, कञ्चनपुरमा २२७, अछाममा ३३९, बाजुरामा ११८, डोटीमा २२३, बैतडीमा २४२, डडेलधुरामा १४०, दार्चुलामा ३३  र बझाङमा ३५८ थप प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 475 पटक पढिएको
  • युपिआरको चौथो चक्रमा नेपाललाई विभिन्न देशबाट महत्वपूर्ण सुझाव

    काठमाडौं— संयुक्त राष्ट्र संघ मानवअधिकार परिषदको विश्वव्यापी आवधिक समीक्षा (युपिआर) चौथो चक्रमा नेपालले बुझाएको प्रतिवेदनमा विभिन्न देशहरुले महत्वपूर्ण सुझाव दिएका छन् ।मंगलबार युपिआरको चौथो चक्रमा नेपाललाई गर्भपतनमा निरपराधिकरण, प्रजनन स्वास्थ्य अधिकार, सम्मानजनक प्रसूति सेवा, बृहद् यौनिक शिक्षा र समग्र यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सेवामा रहेर महत्वपूर्ण सुझाव प्राप्त भएको महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) र सेन्टर फर रिप्रोडक्टिभ राइट्सले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा जानकारी दिइएको हो ।प्राप्त सुझावबारे सञ्चारकर्मीसँग अन्तक्रिया गर्न आयोजित कार्यक्रम अधिवक्ता रोशना प्रधानल

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 443 पटक पढिएको
  • चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार

    काठमाडौं— भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार बर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी वासिन्दा हुन् ।नेपाली दूताबास दिल्लीमा आएको निवेदनका आधारमा किन इन्डिया, वाल कल्याण समिति र हिमान्चल प्रहरीको टिमले चार बर्षदेखि बन्धक किशोरीलाई उद्धार गरिएको इन्डिया सामाजिक संस्थाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।जोशीले दिएको जानकारी अनुसार दुई महिनाको प्रयासपछि निज किशोरीलाई सकुशल उद्धार गरिएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई दिल्ली ल्याइने भएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 491 पटक पढिएको
  • संखुवासभाको चैनपुर बजारमा अध्यक्ष घिसिङसहित घनश्याम राई घरदैलो कार्यक्रममा

    काठमाडौं— संखुवासभाको चैनपुर बजारमा आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आफ्ना पार्टीका उम्मेदवार घनश्याम राईसहित घरदैलो कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 500 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । भने चाँदीको घटेको छ ।आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 494 पटक पढिएको
  • टी–२० विश्वकपः आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने

    काठमाडौं— आईसीसी टी–२० विश्वकपको (सुपर ८) को पाँचौं खेलमा आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।श्रीलंकाको क्यान्डीस्थित पल्लेकेलेमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई हराउँदै इङ्ल्याण्डले सेमिफाइनल समीकरण बलियो बनाउँदा १ अंक जोडेको पाकिस्तानलाई यो जितले अर्को चरण पुग्न सहज बनाउने छ ।इङ्ल्याण्ड र पाकिस्तानका लागि समूह २ को आफ्नो दोस्रो खेल सेमिफाइनलको बाटो तय गर्न निकै निर्णायक हुनेछ । पाकिस्तानविरुद्ध विजयी भए इङ्ल्याण्डको सेमिफाइनल यात्रा लगभग पक्का हुनेछ । यी दुईबीच ट्वेन्टी ट्वेन्टी ढाँचाको क्रिकेटमा इङ्ल्याण्डको पल्ला

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 489 पटक पढिएको
  • आजवाट होली पर्व आरम्भ,बसन्तपुरमा चीर ठड्याइयो

    काठमाडौं— फागु पर्व अर्थात रंगहरुको उत्सव होली आज (मंगलबार) देखि औपचारिक रुपमा सुरु भएको छ ।काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यकालगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको हो ।आज बिहान ७ः१३ बजेको शुभसाइतमा पारेर बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चीर ठड्याएका हुन् । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८/१९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 488 पटक पढिएको
  • स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी

    काठमाडौं— बिहानको समयलाई स्वस्थ जीवनशैलीको आधार मानिन्छ । तर कतिपय मानिसका दैनिक बिहानका बानीहरू भने स्वास्थ्यका लागि उल्टै हानिकारक बन्ने गरेका छन् ।विज्ञहरूका अनुसार दिनको सुरुवात कस्तो हुन्छ भन्ने कुराले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा पनि ठूलो प्रभाव पार्छ । स्वास्थ्य विशेषज्ञ तथा विश्व स्वास्थ्य संगठन का विभिन्न अध्ययनहरूले पनि अस्वस्थ बिहानका बानीहरूले दीर्घकालीन रोगको जोखिम बढाउन सक्ने देखाएका छन् ।बिहान उठ्नेबित्तिकै मोबाइल चलाउने बानीधेरै मानिस उठ्नेबित्तिकै मोबाइल हेर्ने गर्छन् । यसले आँखामा तनाव बढाउनुका साथै मस्तिष्कलाई अचानक सूचना चापमा पार्छ । यस्तो बानीले चिन्ता, तनाव र ध्

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 511 पटक पढिएको
  • धादिङमा बस दुर्घटनाः ज्यान गुमाएका १९ जनाकै सनाखत

    काठमाडौं— धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग आइतबार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित १९ जनाको सनाखत भएको जानकारी दिएको छ ।आइतबार राति पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १२३१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५भैँसीगौडास्थित पृथ्वी लोकमाग सडकबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो ।दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १४ जनाको काठमाडौंको ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भ

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 476 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.