समाज

    Showing २,८०१-२,८१० of ११,१६२ items.
  • प्रहरी हिरासतमा युवाको ज्यान गयो, कारण अन्तरजातीय विवाह

    रामेछाप— सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएको छ ।वैशाख ३ गतेदेखि प्रहरी हिरासतमा रहेका विकले हिजो थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको छ । घटनाको समयमा श्रीकृष्ण थुनुवा कक्षमा एक्लै थिए ।काठमाडौंमा बस्दै सवारी चालकको काम गर्दै आएका विकले खोटाङ निवासी एक युवतीसँग गत चैत २८ गते प्रेम विवाह गरेका थिए । युवती १७ वर्षकी बालिका भएको भन्दै युवतीका परिवारले काठमाडौं प्रहरीमा जबरजस्ती करणीको उजुरी दिएपछि श्रीकृष्णलाई काठमाडौंमा पक्राउ गरी खुर्कोट प्रहरीको जिम्मा लगाइएको थियो। उनी गत शुक्रबारदे

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ५१२ पटक पढिएको
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    काठमाडौं— नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ । हिजो ५ हजा १९० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४७६ पटक पढिएको
  • नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

    काठमाडौं— नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा साढे ३३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन भित्रिएको छ ।भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो । यस अवधिमा १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिको तुलनामा यस वर्ष स्मार्टफोन आयातको ग्राफ निकै माथि देखिएको छ । विभागका अनुसार गत वर्ष चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो ।उक्त समयमा १५ लाख ८४ हजार थान स्मार्टफ

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४७२ पटक पढिएको
  • मेनपावर सुधारको रोडम्याप सार्वजनिक

    काठमाडौं— वैदेशिक रोजगार क्षेत्रको संरचनात्मक सुधारका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारसमक्ष विस्तृत नीतिगत सुझावसहित औपचारिक पत्र बुझाएको छ ।संघका अध्यक्ष भुवनसिंह गुरुङको अग्रसरतामा तयार गरिएको उक्त पत्रलाई मेनपावर व्यवसाय सुधारको स्पष्ट रोडम्यापका रूपमा हेरिएको छ ।पत्रमा वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शि व्यवस्थित र श्रमिकमैत्री बनाउने लक्ष्यसहित बहु आयामिक सुधार प्रस्ताव गरिएको छ । विशेषतः कामदार पठाउँदा लाग्ने लागत नियन्त्रण र वित्तीय पारदर्शिता कायम गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।सङ्घले गन्तव्य मुलुकअनुसार अधिकतम लागत निर्धारण गरी कडाइका साथ कार्यान्वयन गर्न सुझाव द

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ५२५ पटक पढिएको
  • ३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्सः नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

    काठमाडौं—  सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्रलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र प्रविधियुक्त बनाइएको जनाएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ ।‘विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन—अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ५०२ पटक पढिएको
  • माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

    काठमाडौं— माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख १७ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर खुला गर्न लागेको हो ।कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् कुल २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको थियो । यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।प्रभावित क्षेत्रका बासिन्दाहरूलाई पनि अति प्रभावित र अन्य प्रभावित गरी दुई समूहमा विभाजन गरेर छुट्टाछुट

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ५३४ पटक पढिएको
  • इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबीः इस्लामावादमा निर्णायक वार्ता हुँदै

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्वमा संयुक्त राज्य अमेरिका अत्यन्तै बलियो स्थितिमा रहेको दाबी गरेका छन् । ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सैन्य शक्ति र कूटनीतिक क्षमता निकै कमजोर भइसकेको बताएका छन् ।सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन,‘हामीले इरानसँगको युद्ध ठूलो अन्तरले जितिरहेका छौं । हाम्रो सेनाले अद्भुत काम गरेको छ । ‘उनले अमेरिकी सञ्चारमाध्यमहरूले भने गलत प्रचार गरिरहेको आरोप लगाए । ट्रम्पका अनुसार इरानको जलसेना पूर्ण रूपमा ध्वस्त भएको छ, वायुसेना कमजोर भएको छ र उनीहरूका एन्टी–मिसाइल उपकरणहरू बाँकी छैनन् ।ट्रम्पले अमेरिकाले

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४९५ पटक पढिएको
  • दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    सर्लाही— पछिल्लो समय सर्लाही जिल्लामा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि देखिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पछिल्ला दुई महिनामा ३३ जनाले आत्महत्या गरेका छन् ।प्रहरी तथ्यांकअनुसार चैत महिनामा मात्रै १८ जनाले आत्महत्या गरेका छन, जसमा ६ जना बालिका, ७ जना महिला र ५ जना पुरुष रहेका छन् । यसअघि फागुन महिनामा १५ जनाले आत्महत्या गरेका थिए ।आत्महत्या गर्नेहरूमध्ये १६ वर्षमुनिका बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ, जसले घटनाको गम्भीरता थप बढाएको छ । अधिकांश घटनामा झुण्डिएर आत्महत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।लगातार बढ्दो घटनाले जिल्लामा मानसिक स्वास्थ्य समस्या, पारिवारि

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४७० पटक पढिएको
  • नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

    काठमाडौं— चालु आर्थिक वर्ष (आव) २०८२/८३ को नौ महिना अर्थात चैत सम्म नेपालबाट साढे १० अर्ब रुपैयाँ भन्दा धेरैको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्त सम्म नेपालले १० अर्ब ७० करोड रुपैयाँको ५ हजार २ सय ९५ मेट्रिक टन अलैँची निर्यात गरेको हो ।गत आवको सोहि अवधिमा नेपालले ६ अर्ब २६ करोड रुपैयाँको ३ हजार ४४४ मेट्रिक टन मात्रै अलैँची निर्यात गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४९९ पटक पढिएको
  • रातो मछिन्द्रनाथको जात्रा आजदेखि सुरु हुँदै

    काठमाडौं— रातो मछिन्द्रनाथको जात्रा आजदेखि सुरु हुने भएको छ । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा आजबाट सुरु हुने भएको हो ।वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु हुन्छ । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तस्बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पु¥याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४७१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.