समाज

    Showing २,५५१-२,५६० of ११,१६२ items.
  • सर्लाहीमा टाउको र शरीर छुट्टिएको अवस्थामा मानव कङ्काल फेला

    सर्लाही— सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला परेको प्रहरीले जनाएको छ ।घाँस काट्न गएका स्थानीयवासीले भरत ताल छेउमा कङ्काल देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले यस सम्बन्धि अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४२४ पटक पढिएको
  • महावीरले गरे सम्पत्ति विवरण सार्वजनिक, ३ तोला सुन

    काठमाडौं— म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत रहेका पुनले बुधवार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । पुनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गरेका छन् । त्यो सुन इष्टमित्रले श्रीमतीलाई उपहार दिएको पुनले जनाएका छन् । साथै, उनले नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको, राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रहेको खुलाएका छन् । उक्त रकम चुनावी चन्दा भनेका छन् । कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी, १५ आना चार पैसा रहेको

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४६९ पटक पढिएको
  • इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

    काठमाडौं— यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो ।यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार गरिएको विभागले जनाएको छ । भाडा वृद्धिको मुख्य कारण डिजेलको बजार मूल्यमा भएको भारी बढोत्तरीलाई मानिएको छ । विभागको स्वचालित प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ भएमा भाडा समायोजन गर्ने प्रावधान छ ।पछिल्लो पटक भाडा समायोजन गर्दा डिज

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ५१५ पटक पढिएको
  • बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति

    बाजुरा— बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति भएको छ । हिजो साँझ तिर आएको वर्षात सँगैको हावाहुरी र चट्याङले यहाँका विभिन्न ठाउँमा क्षति पुयाएको हो ।बाजुरा जिल्लाको जगन्नाथ गा.पा. २ माथिल्लो हुनीमा अविरल वर्षाको कारण पहिरो गई भेडा र बाख्रा मरेका छन् ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेशबहादुर शाहीले दिएको जानकारी अनुसार, जगन्नाथ गा।पा। २ माथिल्लो हुनी बस्ने चैन बहादुर विष्टका ५४ वटा बाख्रा मध्ये पहिरोमा परी २ वटा मृत फेला र ९ वटा बेपत्ता भएका छन् ।त्यस्तै अमृत ल्वारका ५६ वटा बाख्रा मध्ये पहिरोमा परी ३ वटा मृत फेला र १४ वटा बेपत्ता भएको बताए । त्य

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ५२१ पटक पढिएको
  • पार्टीले ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको विष्णु पौडेलको स्वीकार

    काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गरेका छन् । २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले यो असफलताबाट शिक्षा लिँदै पुनः उठ्ने दृढता व्यक्त गरेका हुन् ।उनले भने, ‘हामीले धेरै सफलता र असफलता पार गरेका छौँ । यस पटक ठुलो धक्का व्यहोरेका छौँ, यसबाट हामीले शिक्षा लिन्छौं र हामी फेरी यसलाई चिरेर पुनः उठ्छौँ ।’उनले उग्र वामपन्थी सोचबाट लोकतान्त्रिक उपलब्धि गुम्न सक्ने चेतावनी दिए । उनले शान्तिपूर्ण जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संरक्षण गर्न सबै राजनीतिक शक

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४४७ पटक पढिएको
  • याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

    काठमाडौं— याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्काशन गरेको हो ।कम्पनीले २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा अब १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।यो आईपीओमा आवेदन दिने अवधि बैशाख २२ गतेसम्म (छिटो) र बैशाख ३० गतेसम्म (ढिलो) रहनेछ । केयर रेटिङ नेपालल

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४३४ पटक पढिएको
  • दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

    रामेछाप— रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने गरी गरेको निर्णय नमान्ने भएको छ । उक्त निर्णयलाई अव्यवहारिक ठहर गर्दै गाउँपालिकाले आइतबार पनि कार्यालय तथा विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।गाउँकार्यपालिकाको वैशाख १५ गतेको निर्णयअनुसार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूमा वैशाख १६ गतेदेखि आइतबारसमेत सेवा सञ्चालन हुने जनाइएको छ । कार्यालयहरू बिहान १० बजेदेखि नियमित रूपमा सञ्चालन गरिनेछ ।गाउँपालिकाले जारी गरेको सूचनामा हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूको

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४२४ पटक पढिएको
  • कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

    काठमाडौं— नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बैठक बोलाएका हुन् ।बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ ।बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४५३ पटक पढिएको
  • कर्णाली प्रदेशसभा सचिव खड्काद्धारा पदभार ग्रहण

    सुर्खेत— कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनबहादुर खड्का नियुक्त भएका छन् । नवनियुक्त सचिव अर्जुनकुमार खड्काले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार प्रदेशसभा सचिव नियुक्त भएक खड्कालाई कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पद तथा गोपनियताको शपथ गराईन् । सचिव खड्काले पदभार मंगलबार नै पदभार ग्रहण गरेका हुन् ।सचिव खड्काको सपथ ग्रहण समारोहमा कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कर्णाली प्रदेशसभाका नवनियुक्त सचिव खड्का ‎नेपाल सरकारका पूर्व सहसचिव हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९, का स्थायीबासी खड्कासंग संघीय संसद् सचिवालयमा पाँच वर

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४५५ पटक पढिएको
  • कर्णालीमा आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु, कार्यान्वयनयोग्य योजनामा जोड

    सुर्खेत— कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट निर्माण प्रक्रिया सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान समिति तथा विभिन्न उपसमिति गठन गरी तथ्याङ्क विश्लेषण र छलफल अघि बढाएको जनाएको छ ।आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले कर्णालीको आवश्यकता र मौलिकतामा आधारित, कार्यान्वयनमुखी बजेट ल्याउने तयारी भइरहेको बताए । आन्तरिक स्रोत सीमित भएकाले कार्यान्वयन गर्न सकिने योजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने उनको भनाइ छ ।उनका अनुसार प्रदेशको ‘योजना बैंक’ मा समावेश योजनामा मात्रै बजेट विनियोजन गरिनेछ । बजेट निर्माणलाई व्यवस्थित बनाउन मन

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४६९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.