समाज

    Showing २,५२१-२,५३० of ११,१६२ items.
  • बागमती गोल्डकपः पहिलो खेल आयोजक र बागमती यूथ क्लबबीच हुँदै

    मकवानपुर— मकवानपुरमा बागमती गाउँपालिकामा आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आज(विहीबार)देखि सुरु हुने भएको छ ।प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती यूथ क्लब भिड्दै छन् । खेल आज दिउँसो ३ः३० बजे बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुनेछ ।प्रतियोगिता अन्तर्गत भोलि वैशाख १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृति क्लब, १९ गते विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी, काठमाडौं, २० गते बाई पाएका ललितपुरको चर्च ब्वाइजले आयोजक र बागमती यूथ क्लब बिच प्रतिस्पर्धा हुनेछ ।यस्तै २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ४८१ पटक पढिएको
  • प्रशासनिक जटिलता हटाउन सरकारको पहल, अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौं— प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदम चालेको दाबी गरेका छन् ।आज सामाजिक सञ्जालमा उनले लेखेका छन,‘सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदम चालेको छ । २०८३ वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेशहरू प्रमाणीकरण गर्नु पठाएको हो ।’उनले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै कुनै स्वार्थका लागि नभई नागरिकको हितका लागि भएको बताए ।उनले सार्वजनिक सरोकारका निर्णयहरू निश्चित समयभित्रै सम्पाद

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ४७४ पटक पढिएको
  • राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने

    काठमाडौं— सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४ बजे राष्ट्रपति पौडेलले संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन् ।सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यले अध्यादेश सिफारिस गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ४७४ पटक पढिएको
  • माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

    काठमाडौं— माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ ।कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो । निष्काशन गरिएको शेयरमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । प्रभावित क्षेत्रभित्र पनि अति प्रभावित र अन्य प्रभावित क्षेत्रका बासिन्दाबीच छुट्टै अनुपातमा बाँडफाँट गरिने व्यवस्था गरिएको छ ।यस्तै, सर्वसाधारणका लागि छ

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ५१५ पटक पढिएको
  • कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

    सुर्खेत— कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३ लिटर प्रतिसेकेन्ड आपूर्ति भइरहेको छ, जसका कारण २६४ लिटर प्रतिसेकेन्ड पानी अपुग भएको हो ।सुर्खेत उपत्यका खानेपानी संस्थानका अनुसार झुप्रा मुहानसहित विभिन्न स्रोतहरूमा पानीको मात्रा घट्दै जाँदा आपूर्ति प्रभावित भएको हो । संस्थानका कार्यालय प्रमुख डम्मरबहादुर गौतमका अनुसार सामान्य अवस्थामा १६३ लिटर प्रतिसेकेन्ड आपूर्ति क्षमता भए पनि खडेरीका कारण हाल स्रोतहरू सुक्दै जाँदा आपूर्ति घटेर ८३ लिटर प्रतिसेकेन्डमा सीमित भएको छ ।हाल वीरेन्द्रनगरमा तीन दि

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ४४४ पटक पढिएको
  • हावाहुरीपछि लहानमा सक्रिय लायन्स क्लब, २५ परिवारलाई राहत

    लहान— गत वैशाख ५ गते आएको भीषण हावाहुरीबाट प्रभावित लहान–२१ का २५ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । जिल्ला ३२५ एफ को एमर्जेन्सी फण्डको सहयोग तथा लहानस्थित विभिन्न लायन्स क्लबहरूको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।एलसी लहान सहर, एलसी लहान फूलबारी, एलसी लहान सनशाइन र एलसी लहान बुद्धको संयुक्त पहलमा आयोजित कार्यक्रममा लहान–२१ का वडाध्यक्ष राजकुमार यादवको सहजीकरण रहेको थियो । हावाहुरीका कारण घरबारविहीन तथा आंशिक रूपमा क्षति पुगेका परिवारलाई लक्षित गर्दै दैनिक उपभोग्य सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।प्रति परिवार ३० केजी चामल, २ केजी सेतो मटर, २ केजी नुन, १ लिटर तेल, ५ केजी आलु, एकरए

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ४४२ पटक पढिएको
  • मुगुमा तरकारी खेतीबाट महिलाहरू आत्मनिर्भरः मौसमी र बेमौसमी उत्पादनले आम्दानीमा उल्लेख्य वृद्धि

    मुगु— हिमाली जिल्ला मुगुको दुर्गम क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा तरकारी खेतीले उल्लेखनीय परिवर्तन ल्याएको छ । पहिले सिजनमा मात्र हरियो तरकारी उपभोग गर्ने स्थानीय बासिन्दा अहिले भने मौसमी र बेमौसमी दुवै प्रकारका तरकारी उत्पादन गरी आत्मनिर्भर बन्न थालेका छन् ।स्थानीय सरकार र छाँया नेपाल नामक संस्थाको साझेदारीमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत पालिकाका १ देखि ९ वडासम्मका नागरिकलाई व्यावसायिक तरकारी खेतीतर्फ प्रोत्साहिन गरिएको हो । यसले ग्रामीण महिलाहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ ।मुगुम कार्मारोङ गाउँपालिका–९, छायल गाउँकी नन्दा देवी रोकाया यस परिवर्तनको

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ६२१ पटक पढिएको
  • अब अनलाइनबाटै धितो बन्धकी हुने

    काठमाडौं— नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो कदम चालिएको हो ।अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले गर्ने धितो रोक्का तथा फुकुवाका सम्पूर्ण कार्यहरू फेसलेस र समयबद्ध रूपमा डिजिटल प्रणालीमार्फत मात्र सञ्चालन हुनेछन् । विभागले जारी गरेको परिपत्र अनुसार यो व्यवस्थालाई दुई चरणमा कार्यान्वयन गरिनेछ ।विभागसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेका र भू–सेवा केन्द्रको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरूका ल

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ४७० पटक पढिएको
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

    काठमाडौं— विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।बैठक आज बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनको विषयमा छलफल हुने छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ४९४ पटक पढिएको
  • निःशुल्क आँखा उपचारः लहानलाई मोतिया बिन्दुमुक्तु बनाउने अभियानले सार्थकता पाउँदै

    सिरहा— आर्थिक अभावका कारण उपचार गराउन नसकेर दृष्टि गुमाइरहेका विपन्न नागरिकहरूका लागि सिरहाको लहान नगरपालिकाले निःशुल्क आँखा उपचार महाअभियान सञ्चालन गरेको छ । सगरमाथा चौधरी आँखा अस्पतालसँगको प्राविधिक सहकार्यमा सञ्चालित यस अभियानले वर्षौँदेखि अन्धकारमा बाँचिरहेका सयौँ नगरवासीको जीवनमा उज्यालो फर्काएको छ ।वैशाख १२ गते लहान नगरपालिका–१७ मा सञ्चालित निःशुल्क आँखा जाँच शिविरबाट मोतियाविन्दु पहिचान भएका ४७ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । प्रतिव्यक्ति करिब ९ हजार रुपैयाँ लाग्ने शल्यक्रिया र औषधिको सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोरेको छ ।निःशुल्क उपचार पाउनेहरूमा सोही वडाका ६० वर्षीय हरि सदा

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ४५७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.