समाज

    Showing 2,381-2,390 of 10,003 items.
  • सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला

    काठमाडौं— सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ ।कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति पाएकोमा यस चरणमा २८ लाख ५० हजार कित्ता स्थानीयका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ । स्थानीयतर्फ बझाङको बुंगल नगरपालिकाका वडा नं. १, २ र ४ का अति प्रभावित तथा अन्य वडाका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।स्थानीयका लागि आईपीओ छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 393 पटक पढिएको
  • आजदेखि याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुला

    काठमाडौं— याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता शेयरमध्ये ७ लाख कित्ता स्थानीयका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ ।स्थानीयतर्फ सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका वडा नं.१ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम स्थानीयका लागि ७ हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २१ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।स्थानीयका लाग

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 432 पटक पढिएको
  • फन रन २०२६ सफलतापूर्वक सम्पन्न, महिला सशक्तीकरण र समावेशितामा जोड

    ललितपुर— हायर ग्राउन्ड नेपालद्वारा आयोजित फन रन २०२६ शनिबार जावलाखेल फुटबल मैदानमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा २,००० भन्दा बढी सहभागीको उत्साहजनक उपस्थिति रहेको थियो ।अन्तर्राष्ट्रिय महिला महिनाको अवसरमा आयोजना गरिएको ५ किलोमिटर फन रनरवाकले विभिन्न उमेर समूह र पृष्ठभूमिका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउँदै महिला सशक्तीकरण, समावेशिता, समानता र सामाजिक एकताको सन्देश प्रवाह गरेको छ ।कार्यक्रमले लैङ्गिक असमानता न्यूनीकरण तथा सामाजिक र संरचनात्मक अवरोधहरू हटाउने विषयमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो ।मञ्जली शाक्य बज्राचार्य, ललितपुर महानगरपालिकाकी उपमेयरले आफ्नो गरिमामय उपस्थ

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 440 पटक पढिएको
  • आज विश्व पानी दिवस मनाइँदै

    काठमाडौं— आज विश्व पानी दिवस मुलुकभर मनाइँदै छ ।पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार विश्व पानी दिवस मुलुकभर मनाइने भएको हो ।जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी पानी दिवस मनाउन लागेको हो ।विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मन

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 443 पटक पढिएको
  • नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

    मुगु— मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ र ७ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कपठा ब्ल्याङ्केट वितरण गरिएको छ ।शनिबार ‘नगर प्रमुखसँग ज्येष्ठ नागरिक कार्यक्रम’ अन्तर्गत नगर प्रमुख श्री विष्णु कुमार भामको विशेष उपस्थितिमा ज्येष्ठ नागरिकलाई चिसो मौसमबाट जोगिन सहयोग पुग्ने उद्देश्यले ब्ल्याङ्केट प्रदान गरिएको हो ।कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा नगरवासीहरूको समेत सहभागिता रहेको थियो ।नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा तथा हेरचाहलाई प्राथमिकतामा राख्दै हरेक वर्ष यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चिसो मौसममा ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग पुयाउने उद्देश्यले गरिएको यो पहल

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 447 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन

    काठमाडौं— उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ ।पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो ।चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकै पटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो ।‘चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 375 पटक पढिएको
  • शिक्षक, अभिभावक, समुदाय र जनप्रतिनिधि बिचको समन्वयबाट शिक्षामा सुधार हुन्छः योगेशकुमार खड्गी

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले शिक्षक, अभिभावक, समुदाय र जनप्रतिनिधिबीचको समन्वयबाट मात्र शिक्षामा दिगो सुधार सम्भव हुने बताएका छन् ।वडा २७ द्वारा आयोजित एक दिने “शिक्षक पुनर्ताजगी कार्यक्रम” लाई सम्बोधन गर्दै उनले शिक्षकलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा उल्लेख गरे। उनका अनुसार शिक्षकले पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीमा नैतिकता, अनुशासन र जीवनोपयोगी सीप विकास गरिरहेका छन् ।संघीय संरचनापछि माध्यमिक शिक्षा स्थानीय तहको मातहतमा आएसँगै वडा र विद्यालयबिचको सहकार्य अझ सुदृढ हुनुपर्ने उनले जोड दिए । साथै, शिक्षकको क्षमता अभिवृद्धि, तालिम तथा आवश्यक

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 463 पटक पढिएको
  • बिचार: प्रतिनिधित्वको शून्यता र मधेशको मौन पीडा

    - देवेन्द्रकिशोर ढुङगाना (बरिष्ठ पत्रकार)नेपालको लोकतान्त्रिक अभ्यासको मूल मर्म भनेकै समावेशिता, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय हो। तर व्यवहारमा यी मूल्य मान्यताहरू कति कार्यान्वयन भएका छन् भन्ने प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ। विशेषगरी मधेशी दलित समुदायको संसदमा शून्य प्रतिनिधित्वले हाम्रो राजनीतिक संरचना र सोचप्रणालीमाथि गम्भीर प्रश्न खडा गरी दिएको छ। करिब ६ प्रतिशत जनसंख्या ओगट्ने यस समुदायको प्रतिनिधित्व न्यूनतम ७ देखि १७ जनासम्म हुनुपर्ने अवस्थामा शून्यमा झर्नु केवल संयोग होइन, यो संरचनागत विभेदको स्पष्ट संकेत हो।लोकतन्त्रमा प्रतिनिधित्व  संख्या होइन, आवाजको उपस्थिति हो।

    • प्रकाशित मितिः चैत ७, २०८२
    • 330 पटक पढिएको
  • कानमा चोट लागेको अवस्थामा महिलाको शव भेटियो, घटना शंकास्पद

    गुल्मी— गुल्मीमा एक महिलाको शव फेला परेको छ। घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ। मालिका गाउँपालिका– ७ घर भएका ४४ वर्षीया विमला सुनार मृत फेला परेकी हुन्। उनको शव मालिका ५ स्थित सडकमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। मृत फेला परेकी महिलाको कानमा चोट देखिएको छ। प्रहरीका अनुसार छापाहिले राङ्लास्थित राङ्लाबाट पैंयाखर्क जाने भित्री सडक खण्डमा उनी अचेत अवस्थामा फेला परेकी थिइन्।उनको मृत्यु भएपछि मात्रै आफूहरुलाई जानकारी आएको प्रहरीले जनाएको छ। घटनाको जानकारीपछि प्रहरी चौकी इस्माबाट प्रहरी टोली घटनास्थल पुगेको छ। शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल लगिएको छ। ट

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 473 पटक पढिएको
  • कञ्चनपुरमा आमाहत्याका आरोपी श्रेष्ठलाई सात दिन म्याद थप

    कञ्चनपुर— कञ्चनपुरमा ७५ वर्षीय आमाहत्याका आरोपी गर्ने ५५ वर्षीय हरिप्रसाद श्रेष्ठमाथि सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।दोधारा चाँदनी नगरपालिका–४ स्थित माननिय चोकमा छुट्टै घरमा छोरी सँगै बस्दै आएकी ७५ वर्षीय कान्छी आमा बिन्द्राको हत्याको आरोपी हरिप्रसादमाथि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको हो ।गत मङ्गलबार हँसिया प्रहारबाट बिन्द्राको घटनास्थलमै ज्यान गएको थियो भने, उनका ५० वर्षीय छोरी भगवती देवी माझी गम्भिर घाइते भएका थिए।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीका अनुसार, कान्छी आमाको हत्या गरेर श्रेष्ठ फरार

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 483 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.