समाज

    Showing 2,361-2,370 of 11,162 items.
  • बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

    मुगु— मुगुमा २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।जुम्ला जिल्ला पातारासी गाउँपालिका ५ का वडाध्यक्ष ४२ वर्षीय दत्त बहादुर बुढालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।पीडित महिलाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि प्रहरीले घटनाका आरोपितलाई पक्राउ गरेको हो । पीडित महिलालाई पटक–पटक धम्क्याउँदै र जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबु रेग्मीका अनुसार घटनाका आरोपितलाई पक्राउपछि थप अनुसन्धान भई रहेको छ । अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको समेत बताएका छन् ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 460 पटक पढिएको
  • नेपाल विविधताले भरिएको एउटा समृद्ध मुलुक होः मन्त्री तिमल्सिना

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल विविध भाषा, संस्कृति र पहिचानले भरिएको समृद्ध मुलुक भएको बताएका छन् ।गोरखापत्रको १२६औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले गोरखापत्रमा विभिन्न भाषामा सामग्री प्रकाशन हुँदै जानु गर्वको विषय भएको बताएका हुन् ।उनले भने, ‘नेपाल भनेको विविधताले भरिएको एउटा समृद्ध मुलुक हो । भाषा कारणले पनि समृद्ध छौं । सबै भाषाको सम्मान हुनु पर्दछ । गोरखापत्रमा विभिन्न भाषाहरू प्रकाशन हुँदै जानु हाम्रो लागि खिसी र गर्व दुवैको विषय हो ।’मन्त्री तिमल्सिनाले गोरखापत्रको १२५ वर्षभन्दा लामो इतिहास गौरवपूर्ण भएपनि वर्तमान अव

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 456 पटक पढिएको
  • संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

    काठमाडौं— सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको हो ।सचिवालयले बिहीबार सूचना जारी गर्दै संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिने जनाएको छ । तस्बिर खिच्ने कार्यक्रमसमेत भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ ।सूचनाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई बिही

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 439 पटक पढिएको
  • डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

    रामेछाप— वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा आए पनि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक नियम पालना गर्न तथा सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।साथै सुरक्षासम्बन्धी प्रहरीका सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न समेत अनुरोध गरिएको छ ।राजमार्गको अवस्थाबारे थप जानकारी आवश्यक परेमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।रोशीखोलाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग ४ दिनदेखि अवरुद्ध थियो ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 431 पटक पढिएको
  • जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा पाँचजना घाइते

    रामेछाप— सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बोलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् ।प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याप बोलेरो घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटना दुधौली नगरपालिका–१ राँगेस्थित सडक खण्डमा भएको प्रहरीले जनाएको छ ।फिक्कल गाउँपालिका–१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट–रातमाटेतर्फ बेहुला लिएर जाँदै गरेको गाडी अचानक नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए । दुर्घटनामा बेहुला भने सकुशल रहेको बताइएको छ ।दुर्घट

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 441 पटक पढिएको
  • संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने

    काठमाडौं— संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका हुन् ।बैठकमा प्रधानन्याधीशको सिफारिसको टुंगो लगाउने विषमा छलफल हुनेछ । बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर सहभगी हुने छन् ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 447 पटक पढिएको
  • रिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं— सुनसरीमा रिब १४८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडाबाट लागूऔषध गाँजा १४८ किलोग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बिरपुर बस्ने २१ वर्षीय मो.सदाम र १८ वर्षीय किशोर रहेका छन् ।इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 422 पटक पढिएको
  • सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनतालाई आशातीत तुल्याउने गरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् ।आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सेवाग्राहीका समस्या नागरिकका सरोकार र आम जनतालाई केन्द्रमा राखेर सेवा प्रणालीलाई सरल, सहज र परिणाममुखी बनाउन जोड दिएका हुन् ।सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले वर्तमान सरकारले नीतिगत तथा संरचनागत सुधारमार्फत सुशासन प्रवद्र्धन गर्दै सेवा प्रवाहलाई

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 428 पटक पढिएको
  • दुईवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज (बिहीबार) दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठक बस्न लागेको हो । आज बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।यस्तै, दिउँसो १ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणका साथै विविध विषयमा छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 416 पटक पढिएको
  • संविधान संशोधन कार्यदलद्वारा पूर्व महान्यायाधिवक्ताहरुसँग छलफल, शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्न सुझाव

    काठमाडौं— संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता र कानुनविद्बाट सुझाव संकलन गरेको छ ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई आमन्त्रण गरी छलफलसहित सुझाव संकलन गरेको हो ।छलफलमा पूर्वमहान्यायाधिवक्ता डा। युवराज संग्रौला, सविता भण्डारी, रमनकुमार श्रेष्ठ, महादेव प्रसाद यादव, मुक्तिनारायण प्रधान, अग्निप्रसाद खरेलका साथै संविधानसभा सदस्य सुरेश आले मगर, प्रतिनिधिसभा सदस्य पर्शुराम तामाङ र पूर्व कानुन सचिव राजीव गौतम सहभागी थिए ।उक्त अवसरमा शासकीय स्वरूप, निर्वाचन प्रणाली,

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 410 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.