काठमाडौं— महिला उद्यमशीलता प्रवद्र्धन तथा सशक्तिकरणलाई लक्षित गर्दै महिला उद्यमी महासंघ नेपालले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ।महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २० देखि २२ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा मेला सञ्चालन गरिने जानकारी दिएको हो ।यस वर्षको मेलाले देशभरका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीहरूलाई एकै मञ्चमा ल्याउने लक्ष्य राखेको छ ।महासंघका अनुसार मेलाको मुख्य उद्देश्य महिला उद्यमीहरूका उत्पादन तथा सेवाको प्रदर्शन, प्रवद्र्धन र बिक्रीका लागि प्रभावकारी प्लेटफर्म उपलब
काठमाडौं— जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।जेनजी मुभमेन्ट नेपालले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनको सिद्धान्तविपरीत भएको आरोप लगाइएको छ ।‘देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिएको उक्त प्रतिवेदन लुकाएर राख्नु स्वीकार्य हुन सक्दैन,’ वक्तव्यमा उल्लेख गरिएको छ ।आन्दोलनले सरकारमाथि राज्यसत्ताको दुरुपयोग भएको गम्भीर आरोप लगाउँदै सत्यतथ्य सार्वजनिक गर्ने जनअधिकारबाट नागरिकलाई वञ्चित गरिएको दाबी गरेको छ ।जेनजी मुभमेन्ट ने
मुगु— लामो समयदेखि हवाई सेवाको अनियमितताले सास्ती खेप्दै आएका मुगुवासीका लागि अब सहज हुने भयको छ। रारा विमानस्थल (ताल्चा) मा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ।नेपालगञ्जबाट हप्तामा चार पटक(आइतबार, मंगलबार, बिहीबार र शुक्रवार—उडान हुने व्यवस्था मिलाइएको छ। साथै, बिहीबारका दिन सुर्खेतबाट पनि ताल्चा विमानस्थलसम्म उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज नवीनकुमार विष्टले जानकारी दिए।नियमित उडान सुरु भएसँगै विशेषगरी बिरामी बोकेर बाहिर लैजानुपर्ने बाध्यता झेलिरहेका स्थानीयलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। आपत्कालीन स्वास्थ्य सेवाका लागि समयमै जहाज नपाउँदा ज्यान गुमा
मकवानपुर— मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।सोमबार घाँस काट्न गएकी सोही वडाको जातिपोखरी निवासी वीरेन्द्र वाइवाकी ९ वर्षीया छोरी लमिना वाइवाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।घाँस काट्न गएको र फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा आज भिरबाट लडेर लमिनाको मृत्यु भएको अवस्थामा फेला परेको बोगटीले बताए ।मृतक बालिकाको शव परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं— नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ कार्यान्वयनमा आएयता आमाको नामबाट नागरिकता प्राप्त गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह मन्त्रालयका अनुसार नयाँ व्यवस्था लागू भएदेखि हालसम्म दुई हजार ९४८ जनाले आमाको नामलाई मुख्य आधार बनाएर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको यो नियमावली राजपत्रमा प्रकाशित भएपछि नागरिकता वितरणमा रहेका कयौँ पुराना कानुनी र व्यावहारिक जटिलताहरू हटेका हुन्।यसपटक नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३ सहित नियम ५, ७, ८ र १४ मा महत्त्वपूर्ण संशोधन गरिएको छ भने मूल नियमावलीमा नियम १६ (क) थ
कैलाली— जिल्लाको धनगढीमा ‘सुधावती तेल’ सम्बन्धी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको छ। कल्पसन्द न्यूरोप्याथिक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को आयोजनामा भएको कार्यक्रममा तेलको उपयोगिता, उत्पादन प्रक्रिया र बजार विस्तारबारे जानकारी दिइएको हो।धनगढी उपमहानगरपालिका–७ जाखोरतालस्थित अस्पतालका सञ्चालक दिपेन्द्र थापाले छिट्टै सेवा सञ्चालन गर्ने तयारी रहेको बताए। उनका अनुसार ‘सुधावती तेल’ न्यूरोप्याथिक तथा आयुर्वेदिक पद्धतिमा आधारित रहेको तथा विभिन्न दीर्घरोगहरूको उपचारमा सहयोग पुग्ने दाबी गरिएको छ।कार्यक्रममा प्रमुख अनुसन्धानकर्ता कमल जोशी ले २०६१ सालदेखि उक्त तेलमाथि अनुसन्धान हुँदै आएको
जनकपुर— जनकपुरधाममा जेन–जी मुभमेन्ट अलायन्सको सदस्यहरुले शान्तिपूर्ण धर्ना दिएका छन् ।जेन–जी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरी बहादुर कार्कीको नेतृत्वमा गठित आयोगले सरकार समक्ष प्रतिवेदन हस्तान्तरण गरेपनि हालसम्म सार्वजनिक नभएकोमा दबाब दिन जेन–जी मुभमेन्टका सदस्यहरुले शान्तिपूर्ण धर्ना दिएका हुन् । उनीहरुले मंगलबार (आज) जनकपुरधामको जनक चोकमा प्लेकार्ड बोकेर शान्तिपूर्ण धर्ना दिएभने प्रतिवेदन सार्वजनिक गर्न नारासमेत लगाएका छन् ।जेनजी आन्दोलनपछि गठन भएको सरकारको म्यानडेटमा उक्त आन्दोलनको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने उल्लेख रहेको जेनजी मुभमेन्ट अलायन्सका धनुषा जिल्ला प्रत
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामी अझै पहिचान हुन नसकेको बताएका छन् ।मंगलबार विश्व क्षयरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले क्षयरोग उपचार गरेर निको पार्न सकिने रोग भए पनि विभिन्न कारणले अझै प्रभावकारी रूपमा पहिचान र उपचारको दायरा विस्तार गर्न नसकिएको उल्लेख गरेका हुन् ।उनका अनुसार समाजमा अझैपनि केही स्तरमा भेदभाव कायम रहनुका साथै स्वास्थ्य क्षेत्रबाहिरका सरोकारवालाहरूको भूमिका पर्याप्त रूपमा समेट्न नसकिएको अवस्था छ ।उनले भने, ‘क्षयरोग रोग उपचार गरेर निको हुने रोग हुँदाहुँदै केही कारणले डिस्क्रिमिनेसन हुनसक्छ
काठमाडौं— संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सम्पन्न भएपनि प्राविधिक काम बाँकी रहेको बताएका छन्।मंगलबार नयाँ संसद भवनस्थित बहुउद्देश्यीय हलको अवलोकन गर्दै उनले हालको प्राविधिक तयारी भोलि बेलुकासम्म पूरा हुने अपेक्षा गरिएको छ । उनले सुरक्षा व्यवस्थापनको काम भने सम्पन्न भइसकेको जानकारी दिए ।उनले भने, ‘भौतिक पूर्वाधारको काम सकिएपनि प्राविधिक काम बाँकी छ । जुन भोली बेलुकासम्म तयार हुन्छ । सुरक्षाको व्यवस्थापनको काम पनि सकिएको छ । राम्रो र गुणस्तर सेवामा चाँही समस्या देखिएको छ । सभामुखको कुर्सी, सचिवालय स्थानदेखि सबै सानो आकारमा छ ।’गिरीले सेवा तथा ग
रौतहट— रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ ।चैत ७ गते माछा मार्ने क्रममा बेपत्ता भएका सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतानको शव मंगलबार फेला परेको हो।गत बुधबार बिहान करिब साढे १० बजेतिर नदीमा डुबेर बेपत्ता भएका स्याङतानको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो।इलाका प्रहरी कार्यालय चन्द्रपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा खटिएको टोलीले बिहीबार र शुक्रबार पनि निरन्तर खोजी कार्य जारी राखेको थ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.