काठमाडौं— नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलमा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं— गायक बिजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका छन् । गायक लामालाई न्यूयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागाले सम्मान गरेका हुन् ।भोटेकोशी समाज अमेरिकाको आयोजनामा सम्पन्न ल्होसार साँझ २०२६ मा गायक लामाले आफ्ना चर्चित गीतहरु ‘नखानु पानी तोङ्बाको’, ‘भोली फर्कि आउँछु आउँदिन’, ‘खासा बजार’लगायतका गीतहरु प्रस्तुत गरेका थिए । सयौँको संख्यामा उपस्थित दर्शकहरु पनि गायक लामासँगै झुमेको दृश्य लोभलाग्दो थियो ।सो अवसरमा भोटेकोशी समाज अमेरिकाका अध्यक्ष अक्बर स्याङतानले भव्य रुपमा कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरे । उनले भोलीका दिनमा पनि आफ्नो कला संस्कृति र परम्परा जोगाउन यस्तो किसिमक
काठमाडौं— मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगा हरियाली सामुदायिक जङ्गलको भित्री बाटोबाट करिब १७१ किलो गाँजासहित एकजना प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार बिहान लागू औषध गाँजा करिब १७१ किलो २१ ग्रामसहित राक्सिराङ गाउँपालिका–४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीले भाबरबाट मनहरितर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक अक्कल प्रसादलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा— सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा मनाइएको छ । श्रद्धा, भक्ति र उत्साहका साथ मनाइने यस महान पर्वमा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।गोलबजारका विभिन्न पोखरी तथा नदी किनारहरूमा बिहानैदेखि व्रतालुहरू भेला भई अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।व्रतालु महिलाहरूले परम्परागत भेषभूषामा सजिएर विधिपूर्वक पूजा सम्पन्न गरेका थिए भने पुरुष र युवाहरूले व्यवस्थापनमा सक्रिय भूमिका निभाएका थिए । पूजास्थलहरूमा सरसफाइ, सजावट तथा सुरक्षा व्यवस्थापन राम्रोसँग मिलाइएको थियो । स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाहरूको सहकार्यमा कार्यक्रम व्यवस्
मुगु— मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरिरहेको आरोपमा प्रहरीले तीन जना व्यापारीलाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार उपभोक्तालाई झुक्याएर मासु बिक्री भइरहेको सूचनाका आधारमा बजार क्षेत्रमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यापारीहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन ।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ । साथै, उपभोक्तालाई सचेत रहन र शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ । यस घटनाले स्थानीय बजारमा खाद्य वस्तुको गुणस्तर र पारदर्शितामाथि प्रश्न उठाएको छ ।
मुगु— जुम्ला जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले २०८२ चैत १० गते मंगलबार स्वास्थ्य जाँच गरिएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय तथा जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले ६२ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको हो । परीक्षणका क्रममा सामान्य शारीरिक जाँचसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याको पहिचान गरिएको थियो ।कारागार जस्तो सीमित वातावरणमा लामो सम
काठमाडौं— नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ ।बुधबार सामाजिक सञ्जामार्फत साम्बाले अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्।चिकित्सकको निगरानीमा भोलिदेखि रिह्याब सुरु हुने उनले जनाएकी छन्।खाडी क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण उपचारका लागि कतार जान नसकिएको अवस्थामा वैकल्पिक रूपमा न्युजिल्यान्डमै शल्यक्रिया गरिएको हो।यसले खेलाडीको स्वास्थ्य व्यवस्थापनमा लचिलोपन र समयमै निर्णयको महत्व पनि देखाएको छ।कठिन समयमा वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदाय, साथै उनको क्लब क्लब
रामेछाप— रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ । अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ ।संघको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष बाहेकका सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि भने दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।मंगलबार स्वतन्त्र उम्मेदवारका रूपमा वर्तमान महासचिव कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीसँग प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा निकट व्यवसायीहरूको संयुक्त प्यानलबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार
काठमाडौं— काठमाडौं महानगरपालिका–१६ बालाजु चोकबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १८ ग्राम, ५६ हजार नेपाली रुपैयाँ र २ हजार ८०० भारतीय रुपैयाँसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनुषा, धनुषा धाम नगरपालिका–९ घर भएका १९ वर्षीय आदित्य मण्डल, ४१ वर्षीय शम्भु कार्की र भारत सितामणि घर भएका २७ वर्षीय जितु कुमार रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, पथरी शनिश्चरे नगरपालिका–२ छिमेकीलाईबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २१० मिलिग्राम र नियन्त्रित लागू
रौतहट— प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वमा मंगलबार दिउँसो होटेलको कोठा नम्बर १०२ मा छापा मारिएको थियो। अवैध सुनको किनबेच भइरहेको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले खानतलासी गर्दा नक्कली सुनका टुक्राहरू र अन्य उपकरणहरू फेला पारेको थियो ।प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर नगरपालिका–१
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.