समाज

    Showing 2,151-2,160 of 11,162 items.
  • बडीमालिका जाने क्रममा एक जनाको मृत्यु

    बाजुरा— बाजुराको धार्मिक आस्थाको धरोहर भू-स्वर्ग बडीमालिका जाने क्रममा एकजना तीर्थयात्रीको मृत्यु भएको छ । भैरहवा स्थायी घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५६ वर्षीय विश्वराज पन्थीको मृत्यु भएको हो ।मृतक पन्थीसहित ३ जनाको टोली बडीमालिका दर्शनको लागी जाने क्रममा बडीमालिका नगरपालिका वडा नम्बर ८ स्थित खारेको जंगलमा पुग्दा पन्थी एक्कासि बेहोस भएका थिए ।बेहोस भएका उनलाई सोही टोलीले उद्धार गरी जिल्ला अस्पताल पु¥याई उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए ।उनले दिएको जानकारी अन

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 446 पटक पढिएको
  • माधव नेपाल भन्छन मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो

    काठमाडौं— पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता नेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको योगदान नेपाली कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताएका छन् ।मदन–आश्रितको रहस्यमय निधन भएको ३३ वर्ष पूरा भएको अवसरमा श्रद्धाञ्जली सन्देश जारी गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले उक्त घटनाबाट अपूरणीय क्षति व्यहोरेको उल्लेख गरे ।उनले जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार तथा लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनका कुशल नेतृत्वकर्ता भएको बताए ।उनले भने, ‘जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सि

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 492 पटक पढिएको
  • वैज्ञानिकहरूको नयाँ खोजः ऊर्जा अभावले बढ्न सक्छ डिमेन्सिया

    काठमाडौं— अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कको ऊर्जा उत्पादन प्रणालीमा हुने गडबडीले डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्यामा प्रत्यक्ष भूमिका खेल्न सक्ने संकेत दिएको छ । अनुसन्धानकर्ताहरूले मस्तिष्कका कोशिकाभित्र रहेका‘माइटोकन्ड्रिया’लाई अस्थायी रूपमा सक्रिय बनाउँदा डिमेन्सियाग्रस्त मुसामा स्मरणशक्ति सुधारिएको बताएका छन् ।वैज्ञानिक जर्नल नेचर न्यूरोसाइन्समा प्रकाशित अध्ययन अनुसार फ्रान्सको मर्म बोर्डो विश्वविद्यालयको न्यूरोसेन्टर माजेन्डी तथा क्यानडाको मोन्कटन विश्वविद्यालयका वैज्ञानिकहरूले संयुक्त रूपमा अनुसन्धान गरेका हुन् । अनुसन्धान टोलीले माइटोकन्ड्रियाको गतिविधि अस्थायी र

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 440 पटक पढिएको
  • नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

    ललितपुर— वाणिज्य एवं अर्थशास्त्रीहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणमा जोड दिँदै सम्पन्न भएको छ । मेगा कलेज कुमारी पाटीमा २ दिनसम्म चलेको सम्मेलनले नेपालमा व्यवस्थापन, वाणिज्य र व्यापारका विद्यार्थीहरूलाई विश्व स्तरीय पहुँच वृद्धि गर्नुपर्ने निर्णय समेत गरेको छ ।सम्मेलनको निष्कर्षका रूपमा प्रस्तुत गरिएको ८ बुँदे घोषणापत्रमा सरकारले निजी क्षेत्रसँग मिलेर आर्थिक रूपान्तरणको अभियानलाई सार्थकता दिनुपर्ने उल्लेख छ ।आयोजक मेगा कलेज कुमारीपाटीका प्राचार्य डा।घनश्यामप्रसाद साहले नेपाली प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूले सम्मेलनबाट बौद्धिक लाभ

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 454 पटक पढिएको
  • विश्व दूरसञ्चार दिवस मनाइँदै

    काठमाडौं— आइतबार (आज) विश्व दूरसञ्चार दिवस विविध कार्यक्रम गरी मानाइँदै छ । हरेक वर्ष मे १७ मा विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ ।अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 433 पटक पढिएको
  • कैलालीमा नदिमा डुबेर एक जनाको मृत्यु

    कैलाली— कैलालीमा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील बम रहेका छन् ।शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका बमको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।प्रहरीले डुबेकै स्थानबाट अशक्त अवस्थामा फेला पारेपछि उपचारका लागि निसर्ग अस्पताल पु¥याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 452 पटक पढिएको
  • विश्व उच्च रक्तचाप दिवस मनाइँदै

    काठमाडौं— आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखका दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ ।यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 479 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।मधे

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 444 पटक पढिएको
  • मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिँदै

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।गत २२ गते जनमत पार्टी संसदीय दलका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ ।हाल नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालको २६, नेकपा माओवादी र नेकपा एसको ७-७ जना सांसद गरी कुल ६२ जना सांसद सरकारको पक्षमा रहेका छन् । सरकारलाई विश्वासको मतका लागि ५२ जना सांसदको समर्थन भए पुग्ने छ ।प्रदेश सभामा एमाल

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 524 पटक पढिएको
  • रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक मेला

    रामेछाप— रामेछापको रामेछाप नगरपालिकाले प्रारम्भिक बाल विकासको लागि अभिभावक मेला आयोजना गरेको छ ।प्रारम्भिक बाल विकासको बारेमा शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई जानकारी दिई सचेत बनाउन कार्यक्रम आयोजना गरिएको हो ।बालबालिकाको वृद्धि र विकासमा विद्यालयीय र परिवारको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा जानकारी दिन मेला आयोजना गरिएको रामेछाप नगरपालिका शिक्षा शाखा प्रमुख रामसिंह डडालले जानकारी दिए ।सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले सहकार्य गरेको सो कार्यक्रममा रामेछाप नगरपालिका भित्रका विभिन्न ३४ वटा विद्यालय, नगरपालिकाको स्वास्थ्य शाखा लगायतले प्रारम्भिक बाल विकाससँग सम्बन्धित विभिन्न

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 524 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.