समाज

    Showing 1,831-1,840 of 11,162 items.
  • कस्तो संयोग! जन्मदिनकै दिन बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वाग्ले

    काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । संयोगले आज वाग्लेको जन्मदिन पनि परेको छ । १९७४ मे २९ मा गोरखाको बुङकोटमा जन्मिएका वाग्ले आजबाट ५२ वर्ष लागेका छन् । विक्रमसंवत् अनुसार भने उनको जन्मदिन जेठ १६ (भोलि) हो ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 421 पटक पढिएको
  • चौथो सातामा ‘लालीबजार’: ‘फ्यामिली’ दर्शकको साथ

    काठमाडौं— गत वैशाख २५ देखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ ले चौथो सातामा प्रवेश गरेको छ । चौथो सातामा प्रवेश गर्दै गर्दा अन्य नयाँ नेपाली फिल्म भन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ । फिल्म हेर्न परिवार नै दर्शक बनेर हल आउन थालेका छन् । फिल्म प्रदर्शन भएदेखि नै निरन्तर दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिईरहेका कलाकार रवीन्द्रसिंह बानियाँले परिवार नै दर्शक बनेर हल आउने क्रम बढिरहेको बताए ।उनले भने, ‘हाम्रो कानूनी विवादले गर्दा फिल्म परिवारले हेर्न मिल्दैन की भन्ने दर्शकमा परेको रहेछ, त्यसैले पहिला धेरै दर्शक एक्लै हेर्न आउनुभयो । फिल्म त परिवारले नै हेर्नुपर्ने रहेछ भन्ने लागेपछि अहिल

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 414 पटक पढिएको
  • चलचित्र ‘मालती मंगले’ को अस्ट्रेलिया प्रदर्शन अधिकार ‘सोल्ड आउट’

    काठमाडौं— नेपालमा व्यावसायिक रूपमा प्रदर्शन भई हाल अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘मालती मंगले’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ ।निर्माण पक्षले दिएको जानकारीअनुसार अस्ट्रेलियामा यस चलचित्रको प्रदर्शन अधिकार माउन्ट पुमोरी इभेन्ट्सले खरिद गरेको हो ।रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन् । कथावस्तु र प्रस्तुति दुवै दृष्टिकोणले उत्कृष्ट मानिएको यस चलचित्रक

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 515 पटक पढिएको
  • हेटौंडा–५ मा डोजर चल्यो, स्थानीय आक्रोशित

    हेटौडा— हेटौंडा उपमहानगरपालिका–५ क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका घरटहरा हटाउने क्रममा शुक्रबार डोजर प्रयोग गरिएको छ ।सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत उपमहानगरपालिकाले उक्त कदम चालेको जनाएको छ ।उपमहानगरपालिकाका अनुसार लामो समयदेखि सूचना जारी गरिँदै आएको र स्वेच्छाले संरचना हटाउन आग्रह गरिएको भएपनि अटेर भएपछि डोजर प्रयोग गर्न बाध्य भएको हो ।नगर प्रशासनले सडक विस्तार, नाला व्यवस्थापन तथा सार्वजनिक उपयोगका लागि आवश्यक जग्गा खाली गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको स्पष्ट पारेको छ ।बिहानैदेखि सुरु गरिएको उक्त कार्यमा नगरप्रहरी, नेपाल प्रहरी त

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 414 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।आज सुनको मूल्य प्रतितोलामा  पाँच हजार ६ सय रूपैयाँले बढेर दुई लाख ९० हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 499 पटक पढिएको
  • गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा अध्यक्ष ओलीको जोड

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शमा ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिएका छन् ।गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनामार्फत राज्य सञ्चालन हुने व्यवस्था सुरु हुनु गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् ।सन्देशमा अध्यक्ष ओलीले गाउँगाउँमा स्थानीय सरकारको उपस्थिति, राज्यका साधनस्रोतमा नागरिक पहुँच विस्तार, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको प्रतिनिधित्व वृद्धि, नागरिक स्वतन्त्रता, खुला अभिव्यक्ति, सेवामा डिजिटल पहुँच तथा सडक–सञ्चार विस्तारलाई गणतन्

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 416 पटक पढिएको
  • राष्ट्रपति पौडेलबाट गणतन्त्र दिवस विशेष समारोहलाई सम्बोधन

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका छन्।गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको उनले बताए। 

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 438 पटक पढिएको
  • नरेश रोकाया भनछन गणतन्त्रको नारा घन्काउँदा भीमसेन दाहाललाई मेरै अगाडि गोली लागेको स्मृतिमा ताजै छ

    काठमाडौं— गणतन्त्रलाई नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि भएको नेकपा एमालेका केन्द्रीय सदस्य नरेश रोकायाले बताएका छन् ।उनले १०४ वर्षे राणा शासन र २३९ वर्षसम्म कायम राजतन्त्रको निरंकुशताबाट पिल्सिएका निमुखा जनताले बल्ल अधिकार प्राप्त गरेको उल्लेख गर्दै यो व्यवस्थाप्रति आफूलाई निकै गौरव र खुसी रहेको बताए ।पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस) मा अध्ययनरत रहँदा आफू विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा रहेको स्मरण गर्दै रोकायाले २०६१ माघ १९ को शाही ‘कू’ विरुद्ध आफूहरूले कडा प्रतिरोध गरेको बताए । तत्कालीन शाही नेपाली सेनाको दमन र गोलीबारीका बीच पनि आफूहरू पछि न

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 420 पटक पढिएको
  • मन्त्री पौडेल भन्छन हिमाल चढ्नु भनेको आत्माको यात्रा हो

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले सगरमाथा आरोहण केवल भौतिक उचाइ प्राप्त गर्ने विषय नभई आत्माको गहिराइसम्म पुग्ने आन्तरिक यात्रा भएको बताएका छन् ।शुक्रबार ७३ औँ सगरमाथा दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सगरमाथा चढाइलाई मानव साहस, ध्यान, आत्मबल र आध्यात्मिक चेतनासँग जोडेर व्याख्या गरेका हुन् ।उनले सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै नेपालले हरेक वर्ष सगरमाथा दिवस मनाउँदै आएको बताए ।‘सगरमाथा चढ्नु भनेको के हो भनेर सगरमाथा नचढेकालाई थाहा हुँदैन । हामी त अनुम

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 471 पटक पढिएको
  • आज सगरमाथा दिवस मनाइँदै

    काठमाडौं— आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ सगरमाथा दिवस मनाइँदैछ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानवले सफलतापूर्वक आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष मे २९ मा यो दिवस मनाउने गरिन्छ।सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका थिए। त्यसयता सगरमाथा नेपालको पहिचान, गौरव र पर्यटनको प्रमुख आधारका रूपमा स्थापित हुँदै आएको छ।नेपालमा रहेका हिमशृङ्खलामध्ये सगरमाथा विश्वभरका पर्वतारोहीको प्रमुख आकर्षणको केन्द्र मानिन्छ। हालसम्म हजारौँ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 408 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.