समाज

    Showing 171-180 of 11,160 items.
  • भोटेकोशीको बाढीले त्रिशूलीमा उर्लियो पानी, धादिङका बस्ती जोखिममा

    धादिङ / त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण धादिङका तटीय क्षेत्रमा जोखिम बढेको छ । बाढी मलेखुबाट तलतर्फ बढ्दै कुरिनटार आसपास पुग्न लागेको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् । उनका अनुसार बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाएको उनले बताइन् । यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिइन् । कुराकानीमा  उनले भनिन्, ‘अब मलेखुबाट तल लाइसक्यो। अब लगभग कुरिनटार पुग्ने जस्तो भइसक्यो बाढी । बाढी एकदम ठुलो छ । अब बस्तीहरू चाहिँ सार्ने काम भइराखेको छ, मानवीय क्षति अहिलेसम्म भएको छैन । भौतिक क्षति

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 126 पटक पढिएको
  • रसुवामा आएको भीषण बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह

    काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित रूपमा आएको ठूलो बाढीपछि भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।बुधबार सामाजिक सञ्जालमार्फत थापाले बाढीका कारण रसुवाको अवस्था गम्भीर र चिन्ताजनक बनेको बताए । उनले तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अपिल गरे ।‘रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ,’ उनले भने, ‘यस विपदको अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु ।

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 94 पटक पढिएको
  • अपडेट: रसुवाको बाढीले विद्युत् संरचनामा क्षति, आपूर्ति अवरुद्ध

    काठमाडौं / रसुवा जिल्लामा आएको आकस्मिक बाढीले नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेशन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीका कारण जनधनसँगै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्राधिकरणले जनाएको छ।प्राधिकरणले प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्ध

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 156 पटक पढिएको
  • राष्ट्रिय विपद् जोखिम प्राधिकरणले भन्यो– भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ

    काठमाडौं / रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।प्राधिकरणले बुधबार विशेष सतर्कताका लागि अनुरोध जारी गर्दै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरेको हो । प्राधिकरणका अनुसार खोज तथा उद्धारको आवश्यकता परेमा वा कुनै प्रकारको सहायता आवश्यक भएमा १००, १२३४ र १११४ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।त्यस्तै, सम्भावित जोखिमलाई मध

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 142 पटक पढिएको
  • रसुवाको बाढीपछि रविको अपिल: उद्धारलाई पहिलो प्राथमिकता दिन आग्रह

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह गरेका छन् ।बुधबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को अवस्थामा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नेता, सदस्य तथा शुभेच्छुकलाई आग्रह गरे ।‘रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढंगले अघि बढ्न म पार्टीका सम्पूर्ण नेता, सदस्य तथ

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 124 पटक पढिएको
  • रसुवा बाढी: उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल  (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको बताएका छन् । विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहत कार्य अघि बढाइएको उनले उल्लेख गरेका छन् । अतिरिक्त एम्बुलेन्स तथा मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया पनि अघि बढिस

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 129 पटक पढिएको
  • मंगला देवी सिंहको योगदानले लोकतान्त्रिक आन्दोलनमा महिलाको भूमिका स्थापित गर्यो: प्रकाशमान सिंह

    काठमाडौं / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय मंगला देवी सिंहले पुर्याएको योगदानको स्मरण गर्दै महिलाको समान सहभागिताबिना समाजको समग्र विकास सम्भव नहुने बताएका छन् ।बुधबार स्वर्गीय मंगला देवी सिंहको ३०औँ स्मृति दिवसका अवसरमा शोभा भगवतीमा आयोजित कार्यक्रममा बोल्दै उनले २००७ सालमा प्रजातन्त्र स्थापना गर्नेदेखि त्यसपछिका हरेक राजनीतिक आन्दोलनमा महिलाको महत्वपूर्ण योगदान रहेको बताए । उनले समाजलाई साइकलका दुई पांग्रासँग तुलना गर्दै महिला र पुरुष दुवैको समान सहभागिताबाट मात्रै समाज अघि बढ्न सक्ने बताए । महिलाले पुरुषसरह राजनीतिक, सामाजिक तथा नागरिक अधिकारका ल

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 69 पटक पढिएको
  • रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन सञ्चारमन्त्रीको आग्रह

    काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।‘भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको दुःखद समाचार प्राप्त भएको छ, उनले लेखेका छन्, ‘सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरो

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 106 पटक पढिएको
  • वरिष्ठ गायिका मीरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३

    ललितपुर / सरु संगीत घर, टिकाथली, ललितपुरले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार–२०८३ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली आधुनिक गीत–संगीतको क्षेत्रमा विगत ६ दशकदेखि पुर्याउँदै आएको अतुलनीय योगदानको कदरस्वरूप राणालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाली गीत–संगीतको क्षेत्रमा योगदान पुर्याउने महिला कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित पुरस्कारका लागि पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ ।संगीतकार कोमल निरौलाको संयोजकत्वमा गठित स्वतन्त्र छनोट समितिले राणाको नाम पुरस्कारका लागि सर्

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 146 पटक पढिएको
  • कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छ: मन्त्री चौधरी

    काठमाडौं / कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताएकी छन् ।कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आयोजित छलफलमा मन्त्री चौधरीले कृषि क्षेत्रमा आधारभूत विषयलाई सरल र किसानमैत्री ढंगले बुझाउन आवश्यक रहेको बताएकी हुन् ।‘कृषि पढेका युवालाई बैंक तथा वित्तीय संस्थामा रोजगारीका अवसर उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्, ‘यसले कृषि क्षेत्रका जनशक्तिलाई रोजगारीसँग जोड्नुका साथै बैंकबाट कृषि कर्जा प्रवाह

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.