समाज

    Showing 1,421-1,430 of 11,160 items.
  • पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै देशको आम्दानी बढाउन सकिन्छ पर्यटनमन्त्री

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै यसबाट देशको आम्दानी बढाउन सकिने बताएका छन् ।बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले पर्यटनलाई सामाजिक र आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाइने बताए । मन्त्री पौडेलले भने, ‘पर्यटन भनेको खुसीको खोजमा जाने काम हो । त्यो खुसी बेचेर हामीले पर्यटनबाट आम्दानी गर्ने हो । त्यसैले बजेट समेटे पनि नसमेटिए पनि सबै सांसदहरूमा खुसीको हासो हास्न अनुरोध गर्छु ।’ उनका अनुसार पशुपति र लुम्बिनी क्षेत्रका आफ्नै आन्तरिक कोष रहने भएकाले ती आयोजनाहरूलाई सम्

    • प्रकाशित मितिः असार ३, २०८३
    • 213 पटक पढिएको
  • खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं,अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्न नसक्ने भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति लिएको बताएका छन् ।आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारिएको बताए । उनले भने, ‘निजी क्षेत्रलाई उत्साहित नगरीकन यो अर्थतन्त्र अगाडि जाँदैन भन्ने हाम्रो पार्टीको अर्थ–राजनीतिक दर्शनअनुसार

    • प्रकाशित मितिः असार ३, २०८३
    • 182 पटक पढिएको
  • आन्तरिक वाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

    काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेपछि विश्वभरका धेरै एयरलाइन्सले भाडादर बढाएका छन् । तर नेपालका आन्तरिक वायुसेवा कम्पनीहरू भने यात्रु आकर्षित गर्न छुट योजनामार्फत प्रतिस्पर्धामा उत्रिएका छन् ।विशेषगरी मलमास र वर्षायामका कारण यात्रुको चाप घटेपछि विभिन्न एयरलाइन्सले आफ्ना वेबसाइट, मोबाइल एप तथा डिजिटल प्लेटफर्ममार्फत विशेष छुट योजना सार्वजनिक गरेका हुन् । यस क्रममा बुद्ध एयरले धनगढी उडानमा १ हजार २०० रुपैयाँ, सुर्खेत र नेपालगञ्जमा १ हजार रुपैयाँ, भद्रपुरमा ८०० रुपैयाँ तथा भैरहवामा ६५० रुपैयाँसम्मको छुट उपलब्ध ग

    • प्रकाशित मितिः असार ३, २०८३
    • 208 पटक पढिएको
  • ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न थप १६ सय साइट निर्माणको तयारी

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार साइट निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको गुनासो धेरै आउने गरेको र त्यसको समाधानका लागि मन्त्रालय गम्भीरतापूर्वक लागिपरेको बताए । उनले दूरसञ्चार सेवाको विस्तार तथा स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा नेपाल टेलिकममार्फत मन्त्रालयको बजेट

    • प्रकाशित मितिः असार ३, २०८३
    • 187 पटक पढिएको
  • कालीगण्डकी नदीमा बाँध बनेपछि संकटमा माझी–बोटे समुदाय

    गण्डकी । कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध बनेपछि माझी र बोटे समुदायको परम्परागत जीविकोपार्जन संकटमा परेको छ। पहिले माछा मारेर परिवार चलाउने समुदाय अहिले माछा अभावका कारण पेसा छाड्न बाध्य भएको छ।स्थानीयका अनुसार बाँध निर्माणपछि नदीमा माछाको संख्या घटेको छ। जाल थाप्दा पनि माछा नपर्ने अवस्था आएको उनीहरू बताउँछन्।माछा मार्ने काम छाडेर स्टिमर चलाउन थालेकाहरू पनि अहिले समस्यामा छन्। सडक विस्तार भएपछि जलयात्रामा यात्रु घटेका कारण आम्दानीसमेत कम भएको छ।स्थानीय माझी तथा बोटे समुदायले डुङ्गा सयर सञ्चालनको अनुमति र वैकल्पिक रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

    • प्रकाशित मितिः असार ३, २०८३
    • 180 पटक पढिएको
  • सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ मन्त्री तिमिल्सिना

    काठमाडौं । सूचना तथा सञ्‍चार मन्त्री डा विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे ।मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतामाथि कसैले कुनै कदम उठाएको भए सरकारले त्यसविरुद्ध आवश्यक कारबाही गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले पत्रकारहरूको हकहित संरक्षणका लागि स्थापना भएका संस्था तथा संगठन खारेज गर्ने प्रयास अन्तर्राष्ट्रिय श्रम तथा प्रेस स्वतन्त्रतासम्बन्धी मान्यताविपरीत भएको भन्ने विषयमा आफू स्पष

    • प्रकाशित मितिः असार ३, २०८३
    • 192 पटक पढिएको
  • काठमाडौंमा प्रहरीको ‘स्वीप अपरेसन’, १४ सय १० जना नियन्त्रणमा

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ महिनाभर सञ्चालन गरेको ‘स्वीप अपरेसन’मा १ हजार ४१० जनालाई नियन्त्रणमा लिएर विभिन्न कानुनी कारबाही गरेको जनाएको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा १ हजार २१८ पुरुष, १९९ महिला र अन्य ३ जना रहेका छन्। अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले राजधानीका विभिन्न क्षेत्रमा अभियान चलाइएको थियो।प्रहरीले ठमेल क्षेत्रबाट युगाण्डा, भियतनाम, थाइल्यान्ड, बंगलादेश र केन्याका २१ विदेशी महिलालाई नियन्त्रणमा लिएर निष्कासन (डिपोर्ट) गरेको जनाएको छ। उनीहरूलाई स्वदेशी तथा विदेशी नागरिकलाई दुःख हैरानी दिने गतिविधिमा संलग्न रहेको आरोपमा क

    • प्रकाशित मितिः असार ३, २०८३
    • 189 पटक पढिएको
  • राहदानी घोटालामा अख्तियारको अर्को प्रहार, थप दुई जना पक्राउ

    काठमाडौं । राहदानी छपाइसम्बन्धी अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ।पक्राउ पर्नेमा राहदानी छपाइसँग सम्बन्धित जर्मन कम्पनीका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्। अख्तियारले उनीहरूमाथि अनुसन्धान अघि बढाउन विशेष अदालतबाट तीन दिनको म्यादसमेत प्राप्त गरेको छ।यसअघि नै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी पक्राउ परिसकेका छन्। पछिल्ला पक्राउले राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धान उच्च तहसम्म पुगे

    • प्रकाशित मितिः असार ३, २०८३
    • 114 पटक पढिएको
  • सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत निश्चित लाभांशदर भएको २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको छ ।असार ३ गते सम्पन्न सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो । अब बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएपछि संस्थागत लगानीकर्तालाई परिपत्र विधिमार्फत शेयर बिक्री गर्नेछ । वितरणयोग्य मुनाफा भएको वर्षमा मात्र लाभांश दिने व्यवस्था रहेको उक्त शेयर दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ । हाल बैंकको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

    • प्रकाशित मितिः असार ३, २०८३
    • 215 पटक पढिएको
  • आन्तरिक रोजगारी प्रवद्र्धनका लागि आगामी दशकलाई ‘नेशनल इम्प्लोयमेन्ट प्रमोशन’ दशक घोषणा गर्ने तयारी श्रममन्त्री यादव

    काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवद्र्धनलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले रोजगार क्षेत्रको सुधारका लागि व्यापक नीतिगत परिवर्तनको तयारी भइरहेको जानकारी दिए ।मन्त्री यादवले सांसदहरूले दिएको सुझावप्रति आभार व्यक्त गर्दै सरकारले अपेक्षा गरेको लक्ष्य र सबैको साझा उद्देश्य रोजगारी सिर्जना र प्रवद्र्धन नै रहेको उल्लेख गरे । उनले आन्तरिक रोजगारीलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आगाम

    • प्रकाशित मितिः असार ३, २०८३
    • 171 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.