काठमाडौँ / नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित भएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न महाधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।महासङ्घको वरिष्ठ उपाध्यक्षमा उमाकान्त शर्मा, प्रथम उपाध्यक्षमा पूर्णचन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, तृतीय उपाध्यक्षमा धर्म बस्याल, महासचिवमा सुरेश खत्री, उपमहासचिवमा कणिन्द्र भट्ट, सचिवद्वयमा महेशराज पौडेल र यादवलाल श्रेष्ठ, कोषाध्यक्षमा सुनिल थापा र सहकोषाध्यक्षमा राजेश पराजुली निर्वाचित भएका छन् ।त्यस्तै प्रदेश नं. १ को स
बाँके / जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिए ।उनका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुई थान, छोरा ओमप्रकाश थारूको घरबाट एक थान बारबोर बन्दुक र भाइ लालबहादुर थारूको घरबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद एक किलो, सटगनमा लाग्ने खोका ५० वटा,
बिर्तामोड / झापामा शनिबार दिउसो छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । कमल गाउपालिका –१ बालुबारीमा पौने १० बजे ना१त६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका –४ का २७ बर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । ट्रिपर र चालक सोही स्थान बस्ने चित्र कार्की प्रहरीको नियन्त्रणमा रहेको छन् । त्यस्तै झापा बाह्रदशी गाउपालिका –५ कनकन मार्गमा मे११प ८४५१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदाँ चालक ४३ बर्षीया कलस
झापा(रासस) / मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् ।वैदेशिक रोजगारीका लागि कतार, साउदी अरब, कुवेत तथा मलेशिया लगायत पुगेका मोरङका १० युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केराखेती लगाएका छन् ।उक्त केरा खेतीबाट वार्षिकरुपमा प्रतिबिघा तीन लाख रुपैयाँ सम्म आम्दानी गर्ने लक्ष्यका साथ कार्य गरिरहेको सोम केराखेती कृषि फार्मका धनी सोमनाथ चापगाईले जानकारी दिए । वैदेशिक रोजगारीमा तीन वर्षदेखि पाँच वर्षसम्म काम गरी स्वदेश
बिर्तामोड / धरानका एक युवालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ रमाइलो चौंकका ३३ बर्षीय पेम्वा शेर्पा रहेका छन् । शुक्रबार राती खटिएको प्रहरी टोलीले शेर्पालाई लागुऔषध नाइट्रोजन–१५१ ट्याव्लेट, स्प्यास्मोप्रोक्सिन–६४ ट्यावलेट र डिलेक्स डिसि–१२ वोटल सहित पक्राउ गरेको हो । पक्राउ परेका शेर्पालाई हिरासतमा रखिएको र थपअनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
खोटाङ / खोटाङमा भिरबाट लडी एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसीको तुवाचुङ नगरपालिका –११ मापाचुलीका ५६ बर्षी राम बहादुर कार्की रहेका छन् । कार्कीका शुक्रबार बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भिरबाट लडि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
गलेश्वर / आध्यात्मिक र वातावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालीगण्डकी नदी मानवीय दोहनका कारण सङ्कटमा पर्दै जान थालेको छ ।हिन्दूधर्मावलम्बीले भगवान् विष्णुको अंश मानेर पुज्ने शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा लामो समयदेखि अवैधरुपमा दोहन हुँदै आए पनि सम्बन्धित निकाय भने मौन छन् । अवैधरुपमा नदीको उत्खनन गरी नदीजन्य वस्तुको चोरी निकासी हुने क्रम बढ्दै गएपछि कालीगण्डकीबाट बहुमूल्य शिला शालिग्राम लोप हुँदै गएको छ भने कालीगण्डकीको अस्तित्वसमेत सङ्कटमा परेको छ । नदीजन्य पदार्थको अवैध उत्खननले कालीगण्डकी सभ्यतामै समस्या र सङ्कट पर्न थालेको र बहुमूल्य शिला शालिग्रामसमेत लोप हुँद
बर्दिया / बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो । बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन् ।बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीयको भनाइ छ । “दुई महिनायता मात्र धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ भने केही दिनअघि मात्र घोठियामा एक जनाको बाघको आक्रमणबाट ज्यान गएको छ”
बिर्तामोड / उपभोक्ता अधिकार संरक्षण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सदैव क्रियाशील रहेको जनाएको छ । शुक्रबार यहाँ आयोजित कार्यक्रममा विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक बजार अनुगमनलाई निरन्तरता दिइएको बताएका छन् । “दिनमा तीन÷चार टोलीलाई बजार अनुगमनमा खटाएका छौँ । विभागको क्षमताअनुसार हामीले बजारलाई व्यवस्थित बनाउने कोशिस गरिरहेका छौँ”, विभागका पर्याप्त जनशक्ति नहुँदा अनुगमनलाई व्यापक बनाउन नसकिएको उनको गुनासो थियो ।सुशासन र बजार अनुगमनलाई प्रभावकारी बनाउन अधिकारकर्मी, सचेत उपभोक्ता र सम
काठमाडौँ / नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ ।प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ । उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुल्न आएको छ ।उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बस्ने गरेको पत्ता लागेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ गरी अनुस
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.