विराटनगर— मोरङको रंगेली क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध ल्याउँदै गरेका एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, अररिया जिल्लाका २५ वर्षीय अभिषेककुमार मण्डल रहेको प्रहरीले जनाएको छ।आइतबार राति करिब ८ः३० बजे इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले रंगेली नगरपालिका–५ भेडुवाथानमा चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एएच ८७९८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा मण्डलले भाग्ने प्रयास गरेका थिए। तर प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिन सफल भएको थियो।प्रहरीले मोटरसाइकलमा र
चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ ।कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । मह
कैलाली— बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा आइतबार बिहान बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्।महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस बिहान करिब ७ः१० बजे अचानक ब्रेक फेल भई सडकको बायाँतर्फको नालीमा पल्टिएको प्रहरीले जनाएको छ। बस खप्तड छेडेदह गाउँपालिका–५ दोगडी निवासी ४३ वर्षीय खडक बुढाले चलाइरहेका थिए।दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। घाइतेमध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पता
काठमाडौं । बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनकी संस्थापक देवी खड्काले द्वन्द्वकालीन यौन हिंसापीडित महिलाहरू अझै पनि ट्रमाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको बताएकी छन् ।शुक्रबार द्वन्द्वमा यौन हिंसा उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पीडित महिलाहरूको आत्मविश्वास पहिलेभन्दा बलियो भए पनि ट्रमा जीवनभर साथ रहने बताएकी छन् । उनले भनिन्, ‘केही पाएर होइन, हाम्रो आत्मागत अवस्था अलि बलियो भएको छ । हामी अलि स्टेबल भएका छौँ । यसको मतलव ट्रमाबाट मुक्त भयौँ भन्ने होइन । ट्रमा हाम्रो साथी हो, यो जिन्दगीभरी हुन्छ । ट्रमालाई थोरै जितिरहेका छौँ ।’ उनले केही उपलब्धि हासि
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’ निर्माण गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले पार्टी संगठन विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको भन्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन आईटी आर्मी चाहिएको बताए । उनले भने,‘हाम्रो पार्टी अहिले नयाँ सिराबाट अगाडि बढ्न खोजिरहेको छ । सबैले सोच्ने बेला पनि भएको छ । अहिले सदन, सडक र सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने मुडमा
काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । कार्यदललाई पाथीभरा मन्दिर जाने केवलकार निर्माण सम्बन्धमा लामो समयदेखि देखिएका विवाद तथा समस्या पहिचान गरी सोको समाधानका लागि १५ दिनभित्र सुझाव पेस गर्न समयसीमा
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सपना र समयको दस्तावेजका रूपमा रहेको बताएका छन् ।शुक्रबार चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार एवं दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले कुनै देशलाई वास्तविक रूपमा बुझ्न त्यस देशको इतिहास मात्र होइन, त्यहाँका चलचित्रहरू पनि हेर्न आवश्यक हुने धारणा व्यक्त गरे । उनले भने, ‘चलचित्रको बारेमा कुरा गर्दा सामान्यतया यो एउटा मनोरञ्जनको माध्यम हो भन्ने हामीले बुझेका छौं । तर वास्तवमा चलचित्रलाई गहन अध्ययन गर्ने हो भने
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै निजी विद्यालयमा लगाइएको कर र व्यक्तिगत कर छुट सुविधाबारे प्रष्ट्याएका छन् । उनका अनुसार सामुदायिक विद्यालयमा करको व्यवस्था लागू हुँदैन भने निजी विद्यालयमा हाल तीन प्रतिशत कर लगाइएको छ । साथै निजी विद्यालयमा आफ्ना बालबालिकाको शिक्षामा गरिएको खर्चमध्ये वार्षिक २५ हजार रुपैयाँसम्म करकट्टी गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए ।उनले भने, ‘शिक्षामा लगाइएको कर सामुदायिक स्कुलहरूमा होइन। निजी स्कुलहरूमा अहिलेलाई तीन प्रतिशत लगाइएको छ । तर आफ्ना बालबालिकाहरूको लागि नीजि स्कुलमा गरिएको २५ हजार रु
काठमाडौं । एशियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर करिब १५ अर्ब रुपैयाँभन्दा बढी बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडीबीका अनुसार उक्त ऋणबाट सञ्चालन हुने एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फत १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।परियोजनाले शहरी क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल तथा फोहरपानी व्यवस्थापन प्रणालीलाई समेत सुदृढ बनाउने लक्ष्य राखेको छ । परियोजनाअन्तर्गत नगरपालिकाहरूमा खानेपानी वितरण प्रणाली विस्तार, ढल व्यवस्थापन पूर्वा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले प्रसारण ट्रान्समिसन लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि मन्त्रालयको बजेट तथा वार्षिक कार्यक्रमबारे छलफलका क्रममा उनले ट्रान्समिसन लाइनमा पनि निजी क्षेत्रले लगानी गर्न पाउने भयो भने प्रसारण लाइन अझ विस्तार हुने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठका अनुसार हाल पीपीपी सार्वजनिक–निजी साझेदारी मोडलमा करिब २० अर्ब रुपैयाँको एउटा प्रसारण लाइन परियोजना अघि बढिरहेको छ। उनका अनुसार एकातिर उपभोक्ताले विद
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.