काठमाडौं— बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेका बेला अनुमति बिना ड्रोन नउडाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन भइरहेका छन्। सोही क्षेत्रमा केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति बिना ड्रोन उडाइरहेको पाइएको भन्दै प्राधिकरणले ध्यानाकर्षण गराएको हो।प्राधिकरणका अनुसार अनधिकृत रूपमा ड्रोन उडाउँदा उद्धारका लागि परिचालित हेलिकोप्टरसँग हवाई क्षेत्रमा जोखिम बढ्नुका साथै खोज तथा उद्धार कार्य
काठमाडौं— बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ मार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ ।बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो । सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।क्यामेरा र अक्सिजन सुरुङभित्र पठाउने कार्य सुरु भएको बताइएको छ । क्यामेरामार्फत सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पु¥याउन यो प्रयास महत्त्वपूर्ण मानिएक
काठमाडौं— प्रतिकूल मौसम र रातको अँध्यारोका बिच पनि बाढीका कारण माथिल्लो त्रिशुली— ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धारको कोसिस भइरहेको छ । अविरल वर्षा र अप्ठ्यारो परिस्थितिबिच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास गरिरहेका छन् ।रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको छ । घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसीबीलगायतका भारी एक्स्क्याभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूसम्म पुग्ने
काठमाडौं— विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवाका लागि दुईवटा सवारीसाधन नुवाकोटतर्फ परिचालन गरिएको छ ।महानगरपालिकाले आज बिहान ६ बजे काठमाडौंमा रहेका दुईवटा गाडी महानगर प्रहरीसहितको टोली लिएर नुवाकोटतर्फ प्रस्थान गरेका हुन् ।बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकलाई आवश्यक सहयोग तथा सुरक्षित स्थानान्तरणमा सहजीकरण गर्ने उद्देश्यले महानगरले टोली परिचालन गरिएको हो ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९० रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १०९ रुपैया
काठमाडौं— देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ।हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। बागमतीका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेश र सुदूरपश्चिमका एक–दुई स्थानमा समेत मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका वि
काठमाडौं— रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजी गर्दै परिवारजन नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको ब्यारेकसम्म पुगेका छन्।बाढीपछि विभिन्न स्थानमा खोजीका क्रममा फेला परेका शवहरू पहिचान तथा व्यवस्थापनका लागि सेनाको ब्यारेकमा ल्याउने गरिएको छ। आफन्तहरू आफ्ना परिवारका सदस्यको अवस्था बुझ्न तथा फेला परेका शवमध्ये आफ्ना आफन्त भए–नभएको पहिचान गर्न ब्यारेकमा पुगिरहेका छन्।ब्यारेकमा ल्याइएका केही शव सड्न थालेपछि दुर्गन्ध फैलिएको छ। शव पहिचान तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र आफन्तहरूले मास्क लगाएर काम गरिरहेका छन्।बाढीमा ठूलो संख्यामा मानिस बेपत्ता भएपछि आफन्तहरू
काठमाडौं— बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद गर्दा थप ३०० रुपैयाँ छुट उपलब्ध गराउने तथा राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने व्यवस्था गरेको बताएको छ ।कम्पनीले जारी गरेको सूचनामा भदौ १० गते भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरोबाट भएको जनधनको अपूरणीय क्षतिप्रति आफूहरू सुरुदेखि नै गम्भीर रहेको उल्लेख गरेको छ ।बुद्ध एयरले यात्रुहरूलाई टिकट खरिद गर्नुअघि आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत हवाई भाडादर खोज्न अनुरोध गरेको छ । कम्पनीका अनुसार वेबसाइट तथा मोबाइल एपमा पहिलेकै जस्तो सहज एवं
काठमाडौं— त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८३ भदौ १२ गते बसेको बैठकको निर्णय नं। अनुसार विश्वविद्यालयअन्तर्गत कार्यरत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिने भएको हो ।निर्णयअनुसार उपकुलपति, रजिस्टार र रेक्टरको एक महिनाको पारिश्रमिक, प्राध्यापक तथा प्रशासनतर्फका सो सरहका कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबर, उपप्राध्यापक तथा उपप्रशासक र शाखा
काठमाडौं— भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज (शनिबार) बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी यातायात मात्र सञ्चालन भइरहेको छ । बाढीपहिरोको जोखिम बढेपछि नागढुंगा–मुग्लिङ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो । लेदोका कारण अवरुद्ध भएका विभिन्न स्थानमा सफाइ भएपछि सडक सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय बाढीपहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.