समाज

    Showing 1,091-1,100 of 11,160 items.
  • लागूऔषध सहित सात जना पक्राउ

    काठमाडौं— लागूऔषध सहित सात जना पक्राउ परेका छन् ।  ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय विक्रन्त शाही, २२ वर्षीय बुद्ध गुरूङ, २० वर्षीय बज्रदेव महर्जन, ३० वर्षीय सुजन महर्जन र सोही ठाउँ बस्ने दाङ घर भएका २५ वर्षीय नबिन बुढाथोकी रहेका छन् । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।वीरगंज महानगरपालिका-१६ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्

    • प्रकाशित मितिः असार २०, २०८३
    • 498 पटक पढिएको
  • इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

    काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि नेपाल आयल निगम ले असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। त्यसअनुसार उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि घटाउन विभागले अनुरोध गरेको हो।मन्त्री यादवले इन्धनको मूल्य घटेको लाभ आम उपभोक्तासम्

    • प्रकाशित मितिः असार २०, २०८३
    • 591 पटक पढिएको
  • राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने

    काठमाडौं— राहदानी विभागले राहदानी जारी गर्ने प्रणाली स्तरोन्नति गर्दै नयाँ प्रणाली लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा प्रभावित हुने भएको छ।विभागले बिहीबार जारी गरेको जरुरी सूचनाअनुसार आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन गरिनेछ। यसअघि नै प्रणाली परिवर्तनका क्रममा सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जानकारी विभागले सार्वजनिक गरिसकेको थियो।सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने

    • प्रकाशित मितिः असार २०, २०८३
    • 419 पटक पढिएको
  • राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सेवा सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

    काठमाडौं— राष्ट्रिय वाणिज्य बैङ्क ले आजदेखि अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ।सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार ग्राहकलाई सहज, छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले बैङ्कले डिजिटल माध्यमबाट कर्जा आवेदन दिने व्यवस्था सुरु गरेको जनाएको छ।बैङ्कका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार अब सेवाग्राहीले घरबाटै अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन्। यसबाट कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे हुने अन्योल अन्त्य हुने विश्वास बैङ्कले लिएको छ।रेग्मीले कर्जा प्रक्रियालाई अझ सरल, पारदर्शी र झन्झटरहित बनाउन यो सेवा

    • प्रकाशित मितिः असार २०, २०८३
    • 486 पटक पढिएको
  • गोडैता नगर अस्पताल सञ्चालनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउन मन्त्रालयसँग आग्रह

    सर्लाही— सर्लाहीको गोडैता नगरपालिकाले नवनिर्मित गोडैता नगर अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ।शुक्रबार गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई मन्त्रालयमै भेटेर आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन आग्रह पत्र बुझाएका हुन्। नगर प्रमुख यादवले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको व्यवस्था गरिदिन मन्त्रालयसमक्ष अनुरोध गरेका थिए।आग्रह पत्र बुझ्दै मन्त्री मेहताले आवश्यक प्रक्रिया पूरा गरी केही समयभित्र अस्पताल सञ्चालनका लागि आवश्यक स्व

    • प्रकाशित मितिः असार २०, २०८३
    • 492 पटक पढिएको
  • मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

    काठमाडौं— संवैधानिक परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ।सरकारी वकिलबाट सेवा सुरु गरेका कार्की पछि न्याय प्रशासनतर्फ आबद्ध भएका थिए। सिफारिससँगै उनले रजिस्ट्रार पदबाट राजीनामा दिएर संसदीय सुनुवाइ प्रक्रिया पूरा गर्नुपर्नेछ।परिषद्ले पूर्वडीआईजी डा। राजीव सुब्बा र निर्वाचन आयोगका अवकाशप्राप्त उपन्यायाधीवक्ता गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा पनि सिफारिस गरेको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अवकाशपछि आयोग नेतृत्वविहीन हुँदै आएको थियो। हाल कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी पनि अर्को साता उमेरहदका कारण अवकाशमा

    • प्रकाशित मितिः असार २०, २०८३
    • 504 पटक पढिएको
  • सांसदको दबाबपछि कोशी सरकार ब्याक, १ अर्ब पुनः बाँडफाँट गर्दै बजेट संशोधन

    विराटनगर— बजेट वितरणमा आफ्नै दलका सांसददेखि प्रतिपक्षसम्मको तीव्र विरोध खेपेको कोशी प्रदेश सरकारले अन्ततः बजेट संशोधन गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा १ अर्ब रुपैयाँ पुनः बाँडफाँट गर्ने तथा रातोकिताबमा रहेका त्रुटि सच्याउने प्रतिबद्धतासँगै करिब १० दिनदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन हुने वातावरण बनेको हो।आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले शुक्रबार प्रदेशसभामा सम्बोधन गर्दै बजेट निर्माणका क्रममा देखिएका कमजोरी स्वीकार गर्दै सांसदहरूले उठाएका जायज माग सम्बोधन गरिने बताए।उनका अनुसार विभिन्न मन्त्रालयबाट १ अर्ब रुपैयाँ समपर्बण गरी छुटेका योजना समेटिने,

    • प्रकाशित मितिः असार २०, २०८३
    • 546 पटक पढिएको
  • वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    काठमाडौं— वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो।नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्दै नारायणी अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो।मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहु

    • प्रकाशित मितिः असार २०, २०८३
    • 468 पटक पढिएको
  • मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं— देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको छ।आज दिनभर हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदू

    • प्रकाशित मितिः असार २०, २०८३
    • 533 पटक पढिएको
  • सहकारीको रकम फिर्ता नगरे सम्पत्ति जफत, बैंक खाता रोक्का र विदेश यात्रा प्रतिबन्ध

    काठमाडौं / सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी पहिलो संशोधन विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित गर्दै सहकारी क्षेत्रमा देखिएका नीतिगत विषयहरुलाई सुधारको प्रक्रिया अगाडि बढाएको हो । विशेषगरी वचत फिर्ता, नियमन, दर्ता प्रक्रिया र कार्यक्षेत्रका सम्बन्धमा व्यापक सुधार गर्ने भएको छ । सहकारीको बचत रकम अपचलन तथा हिनामिनामा संलग्न सञ्चालक र व्यवस्थापकहरूलाई कडा कानुनी दायरामा ल्याउनेगरी विधेयक ल्याइएको छ ।  दोषी सञ्चालकहरूको सम्पत्ति जफत गरेर तथा ऋण असुली प्रक्रियालाई तीव्र बनाएर पीडित बचतकर्ताहरूको

    • प्रकाशित मितिः असार १९, २०८३
    • 194 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.