समाज

    Showing 1,011-1,020 of 11,160 items.
  • करिब १६५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ

    मकवानपुर / करिब १६५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ परेका छन् ।मनहरी गाउँपालिका-९ खरङगास्थित पर्सा राष्ट्रिय निकुन्ज कोर क्षेत्रबाट लागूऔषध गाँजा करिब १६५ किलोग्राम सहित २ जना सोमबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-३ पँलासे बस्ने ५१ वर्षीय बिक्रम स्याङ्तान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका हुन् ।  श्री सबुज गण प्रतापपुर सुरक्षा पोष्टबाट खटिएको नेपाली सेनाले उनीहरूलाई ११ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस सम्

    • प्रकाशित मितिः असार २३, २०८३
    • 265 पटक पढिएको
  • गृहमन्त्री गुरुङको आकस्मिक अनुगमन अभियान, सीमा र प्रहरी प्रशासनमा बढ्यो दबाब

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले पूर्वसूचना नदिई सीमा नाका, जिल्ला प्रशासन कार्यालय तथा प्रहरी इकाइहरूमा आकस्मिक अनुगमनलाई तीव्र बनाएपछि सुरक्षा प्रशासनमा हलचल बढेको छ।तस्करी नियन्त्रण, सीमा सुरक्षाको वास्तविक अवस्था र सरकारी सेवा प्रवाहको प्रभावकारिता प्रत्यक्ष रूपमा बुझ्न गृहमन्त्री गुरुङ लगातार विभिन्न जिल्लाको स्थलगत निरीक्षणमा जुटेका छन्। पछिल्लो चरणमा उनले धनकुटा र झापाको काँकडभिट्टा सीमा नाकाको निरीक्षण गर्दै सुरक्षा व्यवस्था, राजस्व चुहावट रोकथाम तथा नागरिकलाई प्रदान गरिने सेवाबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका छन्।यसअघि उनले पर्सा–बारा सीमावर्ती क्षेत्रमा समेत गोप्य रूपमा पुगेर

    • प्रकाशित मितिः असार २३, २०८३
    • 480 पटक पढिएको
  • प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरिन् ।जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन

    • प्रकाशित मितिः असार २३, २०८३
    • 231 पटक पढिएको
  • प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पोख्रेल पुर्पक्षका लागि थुनामा

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध गालीगलौज तथा आपत्तिजनक अभिव्यक्ति प्रयोग गर्दै युट्युब सामग्री (कन्टेन्ट) बनाएको आरोपमा रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।पाँचथरको फागुनन्द गाउँपालिका–६, आङसाराङका पोखरेलविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि अदालतले उनलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो।पोखरेललाई यसअघि २०८२ चैत २६ गते पक्राउ गरिएको थियो। त्यसबेला उनको पक्राउको सार्वजनिक रूपमा विरोध भएपछि प्रहरीले उनलाई दुई दिनपछि परिवारको जिम्मा लगाएर रिहा गरेको थियो।पछि उनीविरुद्ध जिल्ला अदालत पाँचथरमा विद्युतीय

    • प्रकाशित मितिः असार २३, २०८३
    • 474 पटक पढिएको
  • सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

    काठमाडौं / प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन्।मंगलबार बसेको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुम्बु ओलीले प्राविधिक व्यवस्थाको नाममा महिलालाई संयोजक बन्नबाट वञ्चित गर्न नहुने बताइन्। उनले समितिमा पाँच जना महिला सदस्य रहेको उल्लेख गर्दै संयोजकमा महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। प्राविधिक व्यवस्थाले समान अवसरमा बाधा पु¥याउने हो भने त्यस्तो व्यवस्था नै सच्याउनुपर्ने

    • प्रकाशित मितिः असार २३, २०८३
    • 242 पटक पढिएको
  • सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा

    काठमाडौं /  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा सिँचाइ, उत्पादन, कृषि सेवा र बजारी करणलाई एउटै योजनाअन्तर्गत अघि बढाउने विषयमा छलफल भएको हो ।छलफलका क्रममा मन्त्री श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तारमा ठूलो लगानी गरिरहेको उल्लेख गर्दै त्यसपछि आवश्यक पर्ने उन्नत बीउ, मल, प्

    • प्रकाशित मितिः असार २३, २०८३
    • 193 पटक पढिएको
  • चिकित्सा शिक्षा आयोगले पायो नयाँ उपाध्यक्ष, देवेन्द्र खत्री नियुक्त

    काठमाडौं— चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।नवनियुक्त उपाध्यक्ष खत्रीलाई बुधबार शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।यसअघि आयोगको उपाध्यक्ष पद रिक्त भएपछि आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीले कार्यवाहक उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका थिए।सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झास

    • प्रकाशित मितिः असार २३, २०८३
    • 472 पटक पढिएको
  • मौद्रिक नीतिको समीक्षा सार्वजनिक, अर्थतन्त्रमा सुधारका संकेत

    काठमाडौं / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले विश्व अर्थतन्त्रमा देखिएका राजनीतिक तनाव र अनिश्चितताका बीच पनि नेपालको आन्तरिक अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको देखाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपालको उपभोक्ता मुद्रास्फीति नियन्त्रणमै रहेको छ । सो अवधिमा औसत उपभोक्ता मुद्रास्फीति २ दशमलव ६६ प्रतिशत मा सीमित भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, बाह्य क्षेत्र पनि सबल अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ । देशको विदेशी विनिमय सञ्चिति थप बलियो बन्दै गएको र हालको सञ्चितिले १९ दशमलव  २ मह

    • प्रकाशित मितिः असार २३, २०८३
    • 220 पटक पढिएको
  • भारतका प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च सम्मान प्रदान

    एजेन्सी— इन्डोनेसियाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान ‘बिन्टाङ आदिपूर्ण’ले सम्मान गरेको छ। भारतको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएको हो।पोस्टमा लेखिएको छ, ‘आज बिहान मलाई इन्डोनेसियाको सर्वोच्च सम्मान पनि ठुलो स्नेहका साथ प्रदान गरिएको छ। यो सम्मान लाखौँ भारतीयहरूको हो, इन्डोनेसियाका जनताको भावना हो, अनि भारत र इन्डोनेसियाबिचको ऐतिहासिक र सौहार्दपूर्ण सम्बन्धको हो। म राष्ट्रपति प्रबोवो, इन्डोनेसियाली सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।’मोदी तीन-राष्ट्र भ्रमणअन्तर्गत पहिलो चरणमा सोमबार इन्डोनेसिया पुगेका हुन्

    • प्रकाशित मितिः असार २३, २०८३
    • 1,096 पटक पढिएको
  • धान रोपाइँ: गत वर्षभन्दा झण्डै १३ प्रतिशतले कम

    काठमाडौं / देशभर चालु आर्थिक वर्ष २०८३/८४ को असार २२ गतेसम्म कुल धान रोपाइँ ३२ दशमलव ३८ प्रतिशत मात्रै सम्पन्न भएको छ । यो गत वर्षको सोही अवधिको ४५ प्रतिशत रोपाइँको तुलनामा १२ दशमलव ६२ प्रतिशत बिन्दुले कम हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १३ लाख ७ हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ४ लाख ४३ हजार ५५९ दशमलव ०९ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७ दशमलव ९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकी प्रदेशमा ४१ प्रतिशत, कर्णाली प्रदेशमा ४० दशमलव ५ प्रतिशत, लुम्बिनी प्रदेशमा ३ दशमलव

    • प्रकाशित मितिः असार २३, २०८३
    • 195 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.