काठमाडौं— नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।समितिले सूचना जारी गर्दै पुस २ गते निर्वाचन समिति समक्ष मनोनयन फारम पेस भएका तथा मनोनयनका लागि दस्तुर बुझाएका सदस्यको मनोनयन कायम गरी अन्तिम नामावली प्रकाशन गरेको हो ।निर्वाचन समितिले विधान बाहिर गएर काम गरेकाले यथास्थितिमा निर्वाचनका गतिविधि अघि नबढोस् भन्दै डा.अजयकुमार मिश्रले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनको पक्षमा अन्तरिम आदेश दिएपछि निर्वाचन रोकिएको थियो ।सार्वजनिक सूचना अनुसार संघको वर्तमान कार्यसमितिसँग छलफल गरी यथाशीघ्र निर्वाचन आ
काठमाडौं— साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । देशमा चुनावी माहोल तातिएसँगै लगानीकर्ताको मनोबल उच्च भएर त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पनि देखिएको हो । अघिल्लो कारोबार दिन आइतबार बढेर बन्द भएको नेप्से परिसूचकले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिँदै मजबुत उकालो यात्रा तय गरेको हो ।मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ७.८२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले उकालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । आइतबार ८ अर्ब
म्याग्दी— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट राजीनामा दिएका महावीर पुनले गृहजिल्ला म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।म्याग्दीको बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार सबैभन्दा पहिले पुनले मनोनयनपत्र दर्ता गरेका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी घर भएका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।विद्यमान अव्याहारिक नीति, नियम र कानुनलाई परिमार्जन गरेर सुशासन, रोजागरी सिर्जना र समृद्धिका लागि आफू स्वतन्त्र उम्मेदवार बनेको पुनले बताए ।ब
सिउल— गैर आवासीय नेपाली संघ दक्षिण कोरियामा विगत केही समयदेखि देखिएको सांगठनिक अन्योल र विभाजन अन्ततः समाप्त भएको छ । एनआरएनए आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठको कोरिया भ्रमणका क्रममा दुवै पक्षाबीच एकता भएको हो । कोरियाको विवाद मिलाउने उद्देश्यका साथ जापानबाट गएका अध्यक्ष श्रेष्ठले दुवै पक्षबीच लगातार वार्ता गरेका थिए ।अन्ततः ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै कोरियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन दुई समानान्तर समितिबीच मंगलबार ‘बृहत् एकता सहमति पत्र’मा हस्ताक्षर भएको अध्यक्ष श्रेष्ठले कोरियाबाट जानकारी दिए ।१० औं महाधिवेशनबाट निर्वाचित पार्वती लामा नेतृत्वको का
काठमाडौं— उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गराएका छन् ।मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूलाई क्षेत्र नम्बर ३ का जनताले धेरै माया र विश्वास गर्ने बताउँदै भारी मतकासाथ आफूले जित हासिल गर्ने दाबी गरे ।उनले भने,‘नेपाली जनताले माया गर्नुभएको छ । विश्वास गर्नुभएको छ । त्यसैले मलाई विश्वास गर्नुहुन्छ, जिताउनुहुन्छ भन्ने कुरामा पूर्ण विश्वास छ । सबैले जित्छु भन्ने सम्भावना बोकेर नै आउनुहुन्छ । उहाँहरुलाई शुभकामना दिनुपर्छ
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार राजिव खत्रीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले उम्मेदवारी दर्ता गराएका हुन् । खत्री पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन कार्यालय झापा पुगेर ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गराएका हुन् ।यस क्षेत्रमा ओलीले जित्दै आएका छन् । यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले समेत उम्मेदवारी दर्ता गराएका छन् । शाह पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं— नेपाल जनादेश पार्टीकी उम्मेदवार शोभा पाठकले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएकी छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले उम्मेदवारी दर्ता गराएकी हुन् ।उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारका निकायहरुले अन्यायको आवाज नसुनेपछि अब सदनमै गएर आफ्नो आवाज उठाउनको लागि उम्मेदवारी दर्ता गराएको बताइन् ।उनले भनिन्, ‘अन्यायको आवाजको लागि बोल्नुपर्नेछ । अन्यायको विरुद्ध हिजो सडकमा बोल्दै आएको थिएँ र सरकारका निकायहरुले नसुनेपछि मैले अब सदनमै गएर आफ्नो आवाज उठाउनुपर्छ भनेर नै उम्मेदवारी दर्ता गराएकी हुँ ।’सोही क्षेत्रमा एमालेका महेश बस्
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचको लागि आफ्नो उम्मेदवारी दिएका छन् ।मंगलबार सर्लाही ३ बाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् ।
चितवन— रेनु दाहालले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएकी छन् ।मंगलबार चितवन क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।त्यसअघि दाहालले मंगलबार बिहान भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन् । दाहाल यसअघि दुई पटक भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित समेत भएकी थिइन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.