बाजुरा / प्रसिद्ध धार्मिक स्थल बडीमालिकामा जनैपूर्णिमा मेलाका अवसरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी तीर्थयात्री लाभान्वित भएका छन्।त्रिवेणी नगरपालिकाले भदौ ५ देखि १२ गतेसम्म सञ्चालन गरेको शिविरमार्फत बडीमालिका, नाटेश्वरी र त्रिवेणी क्षेत्रमा गरी १ हजार १६९ जनालाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिएको हो। शिविरमा ज्वरो, रुघाखोकी, लेक लाग्ने समस्या लगायतका बिरामीको उपचार गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।मेलाका क्रममा लेक लागेर बिरामी परेका दुई जनालाई थप उपचारका लागि अस्पताल र हेलिकप्टरमार्फत सुर्खेत पठाइएको थियो। समुद्री सतहबाट करिब ४,२०० मिटर उचाइमा रहेको बडी
काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५५, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८५, हर्न निषेधमा १९, लेन क्रसमा ५, अवस्था ठिक नभएको १६, एकतर्फीमा ५ र अन्यमा ३३५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, घण्टाघर लाइनस्थित खड्का होटेल असहाय तथा विपन्न नागरिकका लागि संकलन गरेको ७ लाख १८ हजार ६१८ रुपैयाँ बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।स्वर्गीय शिवराज खड्काको योजनाअनुसार करिब तीन वर्षअघि होटेल परिसरमा राखिएको चन्दा बाकसमा उक्त रकम संकलन भएको हो । चन्दा बाकस प्रहरी, प्रशासन, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, स्थानीय व्यक्तित्व तथा खड्का परिवारका सदस्यको रोहवरमा खोली रकम गणना गरिएको थियो । संकलित रकममा खड्का होटेल परिवारले थप १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
बर्दिबास / नेकपा एमाले मधेस प्रदेश कमिटीले रसुवालगायत बाढी प्रभावित जिल्लामा २०० जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ।प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा बर्दिबासमा बसेको सचिवालय बैठकले मधेस प्रदेशका आठवटै जिल्लाबाट २५/२५ जनाका दरले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो। बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै प्रभावितको राहत र पुनर्स्थापनाका लागि पार्टी केन्द्रमार्फत केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरिएको छ।यससँगै बैठकले किसानलाई मल, बीउ र कीटनाशकको सहज आपूर्ति, स्व
काठमाडौं / रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि सर्लाहीको गोडैता नगरपालिकाका बाल क्लब तथा युवा क्लबका सदस्यहरूले राहत संकलन अभियान सञ्चालन गरेका छन्।गोडैता नगर बाल क्लब सञ्जाल र गोडैता युवा क्लब सञ्जालले स्थानीय बजारका पसल तथा व्यवसायीहरूसँग सहयोग जुटाएर नगद र खाद्यान्न संकलन गरेका थिए। संकलितमध्ये १३ हजार ७५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले बालबालिका र युवाहरू स्वस्फूर्त रूपमा अभियानमा सहभागी भएका हुन्। उनीहरूको यो पहलले विपद्को समयमा युवा पुस्ता र ब
काठमाडौं / रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ८९४ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन् । बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ७८८ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ ।रास्वपाका प्रवक्ता जगदीश खरेलले आइतबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति रवि लामिछानेको निर्देशनअनुसार केन्द्रदेखि प्रदेश, जिल्ला तथा स्थानीय तहसम्मका पार्टी पंक्ति प्रभावित क्षेत्रमा खटिएको बताए ।उनले भने,‘भोटेकोशी बाढी र त्यसको प्रभावपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण ध्यान खोजी, उद्धार र राहतमा केन्द्रित भएको छ । केन्द्रीय नेतृत्वदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म रहेका नेतृत
काठमाडौं / नेपाली युवाद्वारा स्थापित डिजिटल कम्पनी फिरिरी भेन्चर्सले बाढी प्रभावित क्षेत्रमा १० लाख रुपैयाँ बढीको राहत सामग्री उपलब्ध गराएको छ ।गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई फिरिरीले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हो । कम्पनीले सामाजिक संस्था हामी नेपालीमार्फत उक्त राहत सामग्री उपलब्ध गराएको जनाएको छ । कम्पनीका प्रवन्ध निर्देशक कुशल खड्काका अनुसार राहत सामग्री प्रभावित क्षेत्रमा पुगिसकेको छ । राहत सामग्रीमा नौ सयवटा नयाँ टिसर्ट, खानेपानी र खाद्यान्न सामग्री रहेका छन् ।प्रवन्ध निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रका नागरिकको सहयोगार्थ थोरै भएपनि आफू
काठमाडौं / भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ । शव सुरक्षित राख्न कम्तीमा एक हजार जनासम्मको क्षमता भएको फ्रिजर र पर्याप्त डीएनए परीक्षण किट आवश्यक परेको भन्दै सरकारले विभिन्न देशसँग सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले आइतबार आयोजित पत्रकार सम्मेलनमा शव व्यवस्थापन तथा पहिचानका लागि फ्रिजर र डीएनए परीक्षण किट तत्काल आवश्यक रहेको बताए ।‘शवहरू थुप्रै संकलन गरिसकेका छौँ र डिकम्पोज हुन सुरु भइसकेको छ । जनस्वास्थ्य जोगाउन र शव सुरक्षित राख्न अहिले फ्रिजर र डीएनए टेस्टिङ किट सबैभन्दा ठूलो आवश्यकता बनेको छ
काठमाडौं / भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार दिउँसोसम्म बाढीपहिरोमा मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीसँग भेट गरेका छन्। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक्समा लेखेका छन्, ‘राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गर्नुभयो। टोलीले नेपाली समकक्षीसँग मिलेर डीएनए नमुना विश्लेषण गर्नेछ र हालै आएको बाढीपहिरोम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.