रुकुम पश्चिम— बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ।प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीका ४० वर्षीय सुरेश विकलाई आइतबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, राडीबजार क्षेत्रबाट पक्राउ गरिएको हो।बैंकिङ कसुर सम्बन्धी अनुसन्धानका क्रममा फरार रहेका विकलाई खोजतलासका क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए।प्रहरीका अनुसार उक्त मुद्दामा विकविरुद्ध ९ लाख ९५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। उनीविरुद्ध देवबहादुर खत्रीले जाहेरी दिएका थिए।पक्राउ परेका विकमाथि
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेपछि गुनासोको सुनुवाइ र शीघ्र समाधानलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राखेका छन् । उनको निर्देशनअनुसार मन्त्रालय र मातहतका निकायहरूमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने प्रयास तीव्र बनाइएको छ । यसक्रममा विद्युत् सेवासम्बन्धी गुनासो तथा समस्याको सुनुवाइका लागि सञ्चालनमा रहे
काठमाडौं— काठमाडौंमा 'फार्म हाउस'को आवरणमा लागुऔषध ट्रामाडोलको अवैध कारोबार गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले विशेष अपरेसन सञ्चालन गर्दै ट्रामाडोलसहित १३ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये विभिन्न फार्म हाउसलाई प्रयोग गरी भारतबाट लागुऔषध ल्याएर काठमाडौंका विभिन्न स्थानमा कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।एसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेकाहरू टोखा र चन्द्रागिरि क्षेत्रबाट नियन्त्रणमा लिइएका हुन्। उनीहरूले फार्म हाउसको नाममा लुकाइछिपाइ कारोबार गर्दै आएको आशंका गरिएको छ।प्रहरीले उनीहरूबाट करिब २ ल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आजको समाजमा ‘पपुलिजम’ र ‘एनार्किजम’ को प्रभाव बढिरहेको भन्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक विकास र भविष्यमुखी यात्रालाई सहयोग नगर्ने बताएका छन् ।नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पपुलिजम र एनार्किजम दुवैले समाजलाई तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र यथास्थितिमा राख्ने प्रयास गर्ने टिप्पणी गरे । उनले भने,‘आजको हाम्रो समाजमा जे कुराको हावा चलिरहेको छ, त्यो कुराले पनि हामी प्रभावित भइरहेका छौँ । हाम्रो समाजमा दुईवटा चिजहरूको जबर्जस्त प्रभाव छ पपुलिजम र एनार्किजम ।
काठमाडौं । सोमबारको प्रतिनिधि सभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर चर्को विरोध गरेका छन् ।सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी श्रम संस्कृती सहितले उठेर विरोध जनाए। विपक्षी एमाले सांसद पद्मा अर्याललाई सभामुख अर्यालले बोल्न दिएपछि प्रतिनिधिसभाको सोमबारको बैठक राष्ट्रियता र सीमा सुरक्षाको बहसले तात्यो । बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठे, विरोध जनाए र सरकारसँग जवाफ मागे ।राष्ट्रिय हितका संवेदनशील विषयमा सरकार किन गम्भीर देखिएको छैन ? भन्दै एकपछि अर्का सांसदले प्रश्न माथि प्रश्न उठाए
कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।उद्योग पयर्टन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा हेमराज बिष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले बताए । समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना भनेको नै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तिव्र विकास, शान्ति र प्रगति भएको बताएका छन् । लोकसेवा आयोगको ७६ औं वार्षिकोत्सवमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकुल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको बताएका हुन् । राष्ट्रपति पौडेलले भने, ‘स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान, जिम्मेवार तथा राष्ट्रपति समर्पित कर्मचारीले यो भूमिकालाई परिणामुखी बन
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले विभिन्न राजनीतिक आन्दोलनमा सहभागी युवामाथि लगाइएका मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनआन्दोलनमा सहभागी युवाहरूलाई कानुनी सास्ती दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।सांसद खतिवडाले जनआन्दोलनका शहीद र घाइतेहरूको त्याग र बलिदानकै जगमा वर्तमान सरकार बनेको उल्लेख गर्दै अहिले तिनै आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गर्ने र विभिन्न मुद्दामा फसाउने काम भइरहेको बताइन्।‘सरकारले झुट्टा मुद्दा खारेज गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म त्यसको कार्यान्व
काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानले आफ्ना सहसंयोजक अजय सोडारी र प्रवक्ता विर्जन विश्वकर्मालाई गृहमन्त्री सुदन गुरुङले प्रतिशोध साँधेको आरोप लगाएका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले राष्ट्रियताको विषयमा बोल्दा पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ । अभियानका सचिव प्रकाश बमले आफ्ना सहकर्मीहरुलाई वर्तमान सरकारले विना कारण पक्राउ गरेको आरोप लगाएका छन् । नेपालको सीमा सुरक्षा, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय हितको पक्षमा आवाज उठाउँदा गिरफ्तार गरिएको आरोप लगाउँदै बमले भने, ‘संवैधानिक अधिकारमा टेकेर गरिएको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर
झापा । बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने ‘बिर्तामोड रोजगार मेला’ मार्फत एक सय ६४ जना बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन् ।रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीच प्रत्यक्ष समन्वय गराउने उद्देश्यले सञ्चालन गरिएको मेलामा एक हजारभन्दा बढी आवेदकलाई आगामी दिनमा थप रोजगारीका अवसरसँग जोड्न पहल गरिने भएको छ ।बिर्तामोड उद्योग वाणिज्य संघसँगको सहकार्यमा बिर्तामोडस्थित अतिथि सदनमा शनिबारदेखि सञ्चालन भएको रोजगार मेलाको समापन समारोहमा मेलाका सहजकर्ता पाथवे नेपालका सेवक बजगाईले उक्त जानकारी दिए।उनका अनुसार मेलाको अवधिभर दुई हजार आठ सय ७१ जनाले अवलोकन गरेका थिए । विभिन्न क्ष
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.