काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरूसँग सहकार्य प्रस्ताव गरेको छ ।प्रहरी महानिरीक्षक तथा सेनाद्वारा सञ्चालित स्वास्थ्य संस्थाका प्रमुखहरूसँग आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा पालो कुर्नुपर्ने अवस्था हुँदा सुरक्षा निकायका अस्पतालमा ‘अपरेसन वार्ड’ खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्यको प्रस्ताव गरेका हुन् ।मन्त्री पौडेलले भने, ‘सङ्घीय अस्पतालहरूमा ‘सिफ्ट’ थप्ने तथा अतिरिक्त समयमा काम गरी बिरामीको चाप व्यवस्थापन भइरहेको छ । सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अ
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्र गरेका छन् ।धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलकामा उनले समस्या समाधानका लागि एकीकृत खानेपानीका यो वर्ष बोलपत्र अह्वान गर्ने तयारी भएको जानकारी दिए । मन्त्री यादवले भने, ‘जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप–महानगरपालिकाले गर्नुपर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रूपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ ।’लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्
गण्डकी । उहिलेदेखि भन्दै आइएको ‘हरियो वन नेपालको धन’ भनाइलाई यहाँको एक सामुदायिक वनका उपभोक्ताले थप चरितार्थ गरेका छन् । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ लक्ष्मी देउरालीस्थित वनपाले सामुदायिक वन समूहले लप्सीबाट अतिरिक्त आम्दानी गर्दै हरियो वन नेपालको धन नै भएको पुष्टि गरेको हो ।सामुदायिक वन क्षेत्रबाट काठ, घाँस दाउरा, जडीबुटीजस्ता वनजन्य वस्तु मात्र होइन, लप्सी फलको सदुपयोग गर्दै उत्पादन गरेका विभिन्न परिकारको बिक्रीबाट राम्रो आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने सो सामुदायिक वन यतिखेर सबैका लागि उदाहरणीय बनेको छ । वन र आसपास क्षेत्रमा उत्पादित लप्सीको फलबाट प्रशोधन गरी अचार, माडा, अमिलो र
बलेवा (बागलुङ) । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरू आबद्ध छन् । उनीहरू गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् । यस आमा समूहमा आबद्ध अधिकांशले १६ देखि १८ वर्षमा विवाह गरेका हुन् । बालविवाह गरेका उनीहरूले आगामी दिनमा अरूले बालविवाह नगरून् भनेर पनि मासिक रूपमा गाउँमा कसैको उमेर नपुगी विवाह भए÷नभएको विषयमा छलफल गर्ने गरेको आमा समूहकी अध्यक्ष शोभा कुँवरले बताइन् । ‘हाम्रो गाउँमा आमाहरूको स्वास्थ्य अवस्था कमजोर छ, अधिकांश बालविवाह गरेकाहरू छन्,’ कुँवरले भनिन्, ‘अब कम्तीमा बालविवाह नहोस् भनी २० वर्षअघि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको सुधार देखिएको छ । परिसूचक पाँच दशमलव ०८ अङ्कले बढेर दुई हजार छ सय १३ दशमलव ०८ को विन्दुमा कायम भएको हो ।आज तीन सय ११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार आठ सय ४० पटक खरिदबिक्री हुँदा रु छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ बराबरको कारोबार भएको छ ।आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ३५, वित्त एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ४८ र व्यापार समूह दुई दशमलव १० प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ ।विकास बैंक शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्
पोखरा । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सातै जनालाई धरौटीमा छाड्नुको आधार र कारण मागेको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलाशले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित सातै जनालाई छाड्नुको आधार र कारण मागेको हो ।उक्त इजलाशले लामिछाने लगायतका प्रतिबादीहरुलाई छाड्नुको ‘कैफियत प्रतिवेदन’ पेश गर्न पनि जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ ।जिल्ला अदालत कास्कीले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिए
काठमाडौं । नेपाल बार एसोसिएसनले यहि फागुन ३ गतेदेखि ५ गतेसम्म ‘पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’को आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बारले फागुन ४ गते सम्मेलनको उद्घाटन गर्ने जानकारी गराएका हुन् । उक्त सम्मेलनमा एसियाका सदस्य तथा गैर सदस्यहरू समेत गरि ३६ भन्दा बढी देशका तीनसय भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विशेष आतिथ्यता हुनेछ ।सम्मेलनको विषयवस्तु ‘मानव अधिकारको सहनशीलताः प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ रहेको छ जसले समसामयिक मानव अधिकार मुद्दाहरुलाई सम्बो
काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ ।सोमबार प्रतितोला रु एक लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु एक लाख ५८ हजार एक सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदी प्रतितोला रु १५ बढेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ६० मा खरिदबिक्री भएकामा आज रु एक हजार आठ सय ७५ मा किनबेच भइरहेको छ ।अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४ दशमलव ५६ अमेरिकी डलर बढेर दुई हजार सात सय २७ दशमलव ७६ अमेरिकी डलर कायम भएको छ ।
भोजपुर । जिल्लामा खोरेत रोग उन्मूलनका लागि खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लालाई खोरेत रोगमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालनको तयारी थालिएको हो । अभियानमार्फत खोरेत रोग नियन्त्रणका लागि यो वर्ष ८३ हजार बढी पशुलाई खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताए ।अभियानलाई जिल्लाभर सफल रूपमा सञ्चालनका लागि पहिलो चरणमा जिल्ला प्राविधिक समिति गठन भइसकेको उनले बताए । यो कार्यक्रमलाई नौवटै स्थानीय तहमा सञ्चालनका लागि अब जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय समिति, पालिका प्रमुखको संयोजकत्वमा पालिकास्तरीय स्थानीय
पथरी (मोरङ) । पथरी शनिश्चरे वडा नं ८ का सुप्रिम विक र पर्वत चौधारी सहित विद्यार्थीको दैनिकी फेरिएको छ । उनीहरूले विद्यालयमा सिकेको सीपले गाउँघरमा समेत सहयोग पाएको छ । उनीहरू पथरी शनिश्चरे–८ को बुद्ध माविमा कक्षा ९ र १० मा अध्ययन गर्छन् । अध्ययनसँगै इलेक्ट्रि«कसिटी, प्लम्बिङ पशुपालन तालिम लिँदै आएका छन् ।सो विद्यालयमा सुरु गरेको पशुपालन, इलेक्ट्रि«कसिटी, प्लम्बिङ, फेसन डिजाइन, नृत्य र गायनले विद्यार्थीमा सीपको विकास भएको छ । विद्यालयमा शिक्षासँगै सिकेको सीप कार्यक्रमले विद्यार्थी पर्वत चौधारीलाई आत्मबल बढेको छ । उनीले विद्यालयमा इलेक्ट्रि«ोनिक विषयको तालिम लिइरहेका छन् । अहिले उनी गाउँघरक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.