समाचार

    Showing 9,071-9,080 of 19,621 items.
  • विराटनगरमा कोशी विचार उत्सव–२०२५

    मोरङ । वीणा फाउण्डेशनले विराटनगरमा ‘कोशी विचार उत्सव–२०२५’ आयोजना गर्ने भएको छ । फाउण्डेशनद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन १५ देखि १७ गतेसम्म कोशी विचार उत्सव आयोजना हुने जानकारी दिइएको हो । उक्त उत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रदेशको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक लैङ्गिक, शैक्षिक, भाषिक, साहित्य, राजनीतिक, पर्यटन, उद्योग, व्यवसाय, औद्योगिक अवस्था, पत्रकारिता, जलवायु परिवर्तन, स्वास्थ्य र अन्य विषयमा विज्ञहरूद्वारा विचारविमर्शका माध्यमबाट देखिएका समस्या समाधान गर्नुका साथै समुचित प्रचारप्रसार गरिने फाउण्डेशनका अध्यक्ष वरुण झाले जानकारी

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 395 पटक पढिएको
  • चौध करोड लागतमा मनाङमा पुल बन्दै

    मनाङ । जिल्लाको माथिल्लो क्षेत्रमा पछिल्लो समय पूर्वाधार विकासले प्राथमिकता पाउन गालेको छ । ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित धार्मिक एवं पर्यटकीय स्थान मिलेरेप्पा गुफासम्म जाने खण्डअन्तर्गत भ्राका नजिकै रहेको मस्र्याङ्दी नदीमाथि मोटरेबल पुल निर्माण गरिने भएको हो । सहरी विकास मन्त्रालयले मोटरेबल पुल निमार्णका लागि रु १४ करोड ४९ लाख ४६ हजार बजेट विनियोजन गरेसँगै पुल निर्माण प्रक्रिया अघि बढ्ने सुनिश्चित भएको जिल्लास्थित पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले बताए ।उनका अनुसार यसअघि सांसद टेकबहादुर गुरुङको समन्वयमा ङिस्याङ–५ को मुङजेबाट मिलेरेप्पा गुफासम्म जाने पाँच मिटर चौडाइ र करिब

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 128 पटक पढिएको
  • प्रचण्डद्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन

    तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन् ।उनले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन् । तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ । सोही क्रममा उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराएका थिए । साथै सोही क्रममा उनले स्थानीयसँग भेटघाट गरेका थिए ।

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 212 पटक पढिएको
  • भक्कापछि प्रचण्डले ढिक्रीको स्वाद लिए

    दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले  थारुको परिकार ढिक्रीको स्वाद लिएका छन । दाङ पुगेका प्रचण्डले शनिबार मर्निङ वाक गर्ने क्रममा थारु समुदायको परिकार ढिक्री खाएका हुन । दाङको घोराही–धारापानी मर्निङ वाक पछि प्रचण्डले नेता तथा कार्यकर्ताको साथमा बसेर ढिक्री खाएका छन । चिसो  बढेकाले  प्रचण्डले आगो समेत तापेका छन् । थारु समुदायको परिकार ढिक्री कुनै चाडपर्व र समारोहमा बनाउने गरिन्छ । यो विशेष गरी चामलको पिठोको ढिक्री बनाउने प्रचलन छ भने त्यसको अलवा गहुँ, जौँ र मकैको पिठोको पनि बनाउने गरिन्छ । विभिन्न थरिका अन्नबाट ढिक्री बनाएर खाने प्रचलन

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 154 पटक पढिएको
  • चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

    इनरूवा (सुनसरी) । केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरूवा सहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका कारण इनरूवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय मनोज यादवले बताए ।दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए ।चिसोका

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 255 पटक पढिएको
  • आजको मौसमः कोशीमा मन्द शीतलहर

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 130 पटक पढिएको
  • शुक्लाफाँटामा भू उपयोग अध्ययन

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा भूमिको वर्गीकरण अनुसारको उपयोगका संभावना पहिचान गर्नका लागि अध्ययन अगाडि बढाइएको छ । नगरपालिका र राष्ट्रिय भूमिअधिकार मञ्च नेपालको सहकार्यमा स्थानीय भूपरिवेश अध्ययनका लागि समुदायको सुझाव सङ्कलनकार्य भइरहेको छ ।हालसम्म नगरपालिकाका–१२ वडाका ७१ टोलमा छलफल गरी सुझाव सङ्कलनकार्य गरिएको मञ्चका श्रोत व्यक्ति नरिराम लोहारले बताए ।  स्थानीय बासिन्दाले भोगचलनका आधारमा जग्गा न्यूनतम शुःल्कमा दर्ता गरी जग्गाधनी पूर्जा उपलव्ध गराउनुपर्ने, माटो परीक्षण गरी सुहाउदो बालीको पकेट क्षेत्र निर्धारण गरिनुपर्ने, किसानलाई उन्नतजातको बीउ, मल, कृषि औजार अनुदानमा उपलव्ध गराउ

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 107 पटक पढिएको
  • शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

    बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन । बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उनीहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् । सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहेकी छन् । चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 199 पटक पढिएको
  • राष्ट्रिय गौरबको खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’ हुँदै

    खाँदबारी (सङ्खुवासभा) । राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमालय माबिको शुक्रबार हिरक महोत्सवको उद्घाटन गर्दै माघ १४ गते सोमबार सडक ब्रेक थ्रु गरिने जानकारी दिए । ब्रेक थ्रुपछि खाँदबारी किमाथाङ्का सडक जोडिने छ ।कोशी राजमार्ग अन्तर्गतको खाँदबारी किमाथाङ्का सडक अन्तर्गत च्याम्ताङ्ग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको मन्त्री खड्काले बताए । नेपाली सेनाले चट्टानी भिर फुटाइसकेकाले ब्रेक थ्रुसँगै सडकको स्तर उन्नती र चौँडा बनाउने काम गरिने उनले बताए ।यो खण्डमा सेनाले डबल ल्याण्डको १० दशमलब

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 276 पटक पढिएको
  • कार्बन व्यापारको डेढ अर्ब रकम भित्र्याउन कानुनी सकस

    काठमाडौँ । नेपालले विश्व बैङ्कसँग भएको सम्झौताअनुसार कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गरेपनि कानुनी अल्झनका कारण उक्त रकम भित्र्याउन ढिलाइ भएको छ । सरोकारवालाले उक्त रकम भित्र्याउनका लागि विश्व बैंकसँग आवश्यक वार्ता र छलफल गरी समाधान गर्न सुझाव दिएका छन् । पब्लिक पोलिसी पाठशालाले आज यहाँ आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी नीति संवादमा सांसद तथा यस क्षेत्रका विज्ञले विश्व बंैकसँग आवश्यक परामर्श र छलफल गरेर समस्या समाधान गर्न सुझाव दिएका हुन् ।सुरुमा उक्त रकम वन विकास कोषमार्फत आउने गरी सम्झौता भएको थियो । तर अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधानअनुसार त्यस्तो रकम राष्ट्रिय

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 258 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा