समाचार

    Showing 9,071-9,080 of 25,668 items.
  • सर्पको डसाइबाट बालकको मृत्यु

    सुरुङ्गा (झापा) ३१ असोजः सर्पको डसाइबाट आज अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको मृत्यु भएको छ । उनलाई गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेको हो ।राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पु¥याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिनुभयो । 

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 280 पटक पढिएको
  • अभाव र गरिबी बिर्साउँदै दीपावली र छठ

    महोत्तरी, ३१ असोज : मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले दीपावली र छठपर्वको तयारी छ । रमझम र उज्यालोको पर्व दीपावली एवं त्यसलगत्तै आउने निष्ठाको महापर्व छठको तयारीले अहिले जताततै खुसी देखिन्छ । सधैँ गरिबी र अभावले गाँजेका गरिब बस्तीमा पनि यी पर्वले दुःख भुलाएझैँ लाग्छ । निरन्तर कडा परिश्रम गरे पनि सधैँ गुजाराको चिन्ता हुने बनिहारा (श्रमजीवी) पनि अहिले हाँसीखुसी पर्वको तयारीमा जुटेका छन् । यमपञ्चक पनि भनिने यसपालिको दीपावली पर्व यही आउने आइतबार सुरु हुँदैछ ।बाँसको चोया र झिक्राले भित्ता बेरेका कच्ची घर पनि अहिले लिपपोत र रङ्गरोगनले चिटिक्क बनाइँदैछन् । दीपावली पर्व नजिकिँदै गर्दा पराले

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 292 पटक पढिएको
  • निर्वाचनको सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा विहिबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्ताहरूसँगको छलफलमा निर्वाचनलाई सफल बनाउन आग्रह गरेका हुन् । उनले युवा पुस्ताले चलाएको आन्दोलनले देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको बताए । साथै, उनले चुनावलाई सामान्य रुपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रुपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई आग्

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 597 पटक पढिएको
  • टी–२० विश्वकप छनोटः उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

    काठमाडौं— टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ ।शुक्रबार ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ ।समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ । आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 462 पटक पढिएको
  • आजको मौसमः देशभर मौसम सफा रहने

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ ।त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 646 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटेको छ। शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडिय

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 555 पटक पढिएको
  • आज २०८२ साल असोज ३१ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल असोज ३१ गते शुक्रबार। मेषः दिन सामान्य छ । हरेक कुरामा अवरोध हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिमा घेराबन्दी हुनेछ । व्यापारमा घाटा हुने भएकाले लगानी गर्नु उचित हुन्छ ।वृषः दिन राम्रो छ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । राजनीतिमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।मिथुनः दिन राम्रो छ । बोलीको प्रयोग परोपकारमा गर्नु उचित हुन्छ । स्वास्थ्यमा सुधार हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।कर्कटः

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 631 पटक पढिएको
  • सञ्चारमन्त्री खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित

    काठमाडौँ, ३० असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले आज जमलस्थित राष्ट्रिय नाचघरमा अयोजना गरेको नाट्यसङ्गीत एवं सञ्चार सेवा सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री खरेललाई उक्त सम्मान प्रदान गरिएको हो । संस्थाका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीले मन्त्री खरेललाई दोसल्ला ओढाएर ताम्रपत्र र नगदसहित सम्मान गर्नुभयो ।सञ्चारमन्त्री खरेललाई पत्रकारिता विधामा खासगरी टेलिभिजन पत्रकारिताका माध्यमबाट मुलुक र जनताको आवाजलाई मुखरित गरी जनताको सच्चा पहरेदारी र पैरवी गरेबापत उक्त सम्म

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 280 पटक पढिएको
  • सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

    काठमाडौँ, ३० असोज : सगरमाथाको पहिलो सफल आरोहण दलका  सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ ।सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुग्नुभएको थियो । उहाँले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गर्नुभयो । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा हुनुहुन्थ्यो ।उहाँको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 356 पटक पढिएको
  • उच्च अदालतले भन्यो: रवि र छविको फाइल एकै साथ पेश गर्नु

    काठमाण्डौ । सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको फाइल एकै साथ पेश गर्न आदेश दिएको छ ।बिगोबमोजिमको रकम बुझाएर बाहिरै बसेर मुद्दा लड्न पाउनु पर्ने माग गर्दै लामिछाने र जोशीले दायर गरेको रिटमा अदालतले दुवैको फाइल एकैसाथ पेस गर्न आदेश दिएको हो ।यसअघि जिल्ला अदालतले लामिछाने र जोशी दुवैले समान रकमको जमानत पेस गरे पनि उनीहरूको व्यक्तिगत हिस्सामा कति बिगो पर्ने भन्ने स्पष्ट नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो ।जिल्लाको आदेशपछि उनीहरू उच्च अदालत पुगेका हुन् । जेनजी आन्दोलनपछि पनि लामिछाने र जोशी

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 505 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.